Wednesday, August 5News That Matters

Month: ५ दिन अगाडि

प्याराडाइजमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

प्याराडाइजमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई भव्य स्वागत, उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि/गाईघाट, साउन १५ । उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित प्याराडाइज सेकेन्डरी स्कुलले कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा नवप्रवेश गरेका विद्यार्थीलाई शुक्रबार विशेष समारोहबीच स्वागत गरेको छ । विद्यालयको व्यवस्थापनमा गाईघाटस्थित हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । सो अवसरमा विद्यालयका विभिन्न संकायका उत्कृष्ट विद्यार्थी, विभिन्न खेलकुद प्रतियोगिताका विजेता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने छात्रछात्रालाई पुरस्कृत गरिएको थियो। प्रमुख अतिथि उपमेयर राई, विशेष अतिथि बरुवा क्याम्पसका प्रमुख भीमबहादुर खड्का लगायतका अतिथिहरूले पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर राईले प्याराडाइज सेकेन्डरी स्कुलले उदयपुरको शैक्षिक क्ष...
कटारीमा पौडी खेल्ने क्रममा तीन बालकको डुबेर मृत्यु

कटारीमा पौडी खेल्ने क्रममा तीन बालकको डुबेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि/कटारी, साउन १४ उदयपुरको कटारी नगरपालिका–३, हडैयामा पौडी खेल्ने क्रममा डुबेर तीन बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलका अनुसार उनीहरू हडैया खोलामा पानी जमेर बनेको गहिरो खाल्डोमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी अस्पताल पुर्‍याएका थिए। तर, अस्पतालका चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका हुन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ। यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण छाएको छ।...
ढिम्कीमा फेला परेको शवको पहिचान खुल्यो

ढिम्कीमा फेला परेको शवको पहिचान खुल्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १४ उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित ढिम्की मन्दिर नजिकको झोलुङ्गे पुलमुनि आज बिहान फेला परेको अपरिचित पुरुषको शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आज बिहान करिब ९:४५ बजे फेला परेको शव रौतामाई गाउँपालिका–४ निवासी ३८ वर्षीय नरेश कुमार सुयालको रहेको पुष्टि भएको हो । मृतकको पहिचान उनकी आमा धन कुमारी सार्कीले गर्नुभएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
सिरहामा गोली चल्यो, दुई युवक गम्भिर घाइते, गाेली कस्ले चलायाे भन्ने कुरा नखुलेकाे प्रहरीकाे भनाइ

सिरहामा गोली चल्यो, दुई युवक गम्भिर घाइते, गाेली कस्ले चलायाे भन्ने कुरा नखुलेकाे प्रहरीकाे भनाइ

Breaking News 2, समाचार
पूर्णपुष्टि/सिरहा, साउन १४ । दुई समुदायबीच सिरहामा आज तनाव हुँदा गोली चलेको छ । गोली चल्दा दुई जना युवक गम्भिर घाइते भएका छन् । गोलबजारमा बिहीबार बिहानैदेखि भएको तनावका क्रममा दुई जनालाई गोली लागेको प्रहरीले जनाएको छ । गोली लागी गम्भिर घाइतेहुनेहरुमा सिरहाको तुलसीपुरका २० वर्षीय गणेश यादव र धनुषाको धारापानीका १९ वर्षीय सुभाष ठाकुर रहेको सुरक्षा स्रोतले जनाएको छ । उनीहरुको शरीरमा गोली लागेको जनाइएको छ । जसमध्ये गणेशको मृत्यु भएको भन्दै प्रदर्शनकारीहरूले शव राजमार्गमा राखेर प्रदर्शन गरिरहेको भएपनि चिकित्सकले उनको मृत्यु घोषणा गरिनसकेको प्रहरीले जनाएको छ । त्यसैगरी गम्भिर अवस्थाका सुभाषलाई गोलबजारमा प्राथमिक उपचारपछि थप उपचारका लागि धरान रिफर गरिएको प्रहरीले जनाएको छ । गोली कसले चलायो भन्ने कुरा खुल्न नसकेको सिरहका प्रहरी नायव उपरिक्षक एवम् सुचना अधिकारी रमेशबहादुर पालले बताएका छन् ।...
ढिम्कीमा पुरुषको शब फेला

ढिम्कीमा पुरुषको शब फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन १४ गते । उदयपुरको त्रियुगा नगरपालिका ११ ढिम्कीमा आज एक पुरुषको बेवारिसे शब फेला परेको छ । ढिम्कीको बरुवा खोला झोलुङ्गे पुल छेउमा एक पुरुष मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक विष्णु बहादुर खड्काका अनुसार मृतक पुरुष मधेसीमुलको जस्तो देखिन्छ । उसको पहिचान हुल्न सकेको छैन । आफन्तको खोजी गरी पहिचानको प्रयास भईरहेको छ । घटनास्थलको प्रकृति हेर्दा पुलबाट लडेको हुनसक्ने अनुमान गरिएको छ । टाउकोमा चोट देखिएको छ । छेउमा रक्सीको बोतल पनि फेला परेको छ । उनको साथमा परिचय खुल्ने कुनै पनि कागजात भेटिएको छैन । शबलाइ पाेष्टमार्टमका लागि उदयपुर अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ । साथै घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।...
नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

नेपाली खेलाडीहरुले दक्षिण कोरियामा ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना गर्दै

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/सोल (दक्षिण कोरिया), साउन १२ । बैदेशिक राेजगारीकाे सिलसिलामा दक्षिण कोरियामा रहेका नेपाली समुदायका ब्याडमिन्टन खेलाडीहरुबीच ब्याडमिन्टन प्रतियाेगिता भब्यरुपले हुने भएकाे छ । खेलकुदमार्फत एकता, स्वास्थ्य र आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्रेटर नेपाल ब्याडमिन्टन प्रतियोगिता–२०२६’ आयोजना हुने भएकाे हाे । नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरिया (स्थापना–२०२२) को आयोजनामा २०२६ अगस्ट १६ (आइतबार) ग्योङ्गी–दोको ओसान–सी, याङ्सान–म्योनस्थित याङ्सान इनडोर जिम्नेसियम मा प्रतियाेगिता सञ्चालन हुने आयोजक कमिटिका उपाध्यक्ष निकेश आले मगरले बताउनुभयाे । प्रतियोगितामा पुरुषतर्फ A, B र C लेभल डबल्स तथा महिलातर्फ खुला डबल्स विधामा प्रतिस्पर्धा गराइनेछ । पुरुषतर्फ टोली दर्ता शुल्क ₩100,000 (लगभग नेपाली दश हजार पाँचसय रुपैया) निर्धारण गरिएको छ भने महिला खुला डबल्समा निःशुल्क सहभागिता रहनेछ...
चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द,  आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

चिकित्सक आन्दोलनले उदयपुर अस्पतालमा ओपिडी सेवा बन्द, आन्दोलनकाे वाहानामा कर्मचारीसमेत वाहिरिदा सेवा प्रभावित

Breaking News 2, समाचार, स्वास्थ्य
उदयपुर, साउन १२ ।  विरगञ्जको नारायणी अस्पतालमा चिकित्सकमाथिको आक्रमण र बार्ताको क्रममा प्रहरीबाट भएको थप ज्यादतीको विरोध भन्दै उदयपुर अस्पतालको ओपिडी सेवा ठप्प पारिएको छ । नेपाल चिकित्सक संघले आव्हान गरे बमोजिम इमर्जेन्सीबाहेकका सेवा  चिकित्सकहरुले ठप्प पार्दा विरामीको उपचारमा प्रभाव परेको छ । चिकित्सकहरुकाे आन्दोलनका कारण उपचार सेवामा प्रभाव परेकाे  त्रियुगा नगरपालिका १०, बोक्सेकी चण्डिका पौडेलले बताइन् । विरामीहरुका लागि सेवा सुविधामा पनि सम्बेदनशिल नदेखिएकाे उनकाे भनाइ छ । सिकिस्त विरामीका लागि रहेकाे साैचालयमा पनि ताला लगाएकाे गुनासाे उनकाे छ । दैनिक चारदेखि पाँचसय जनासम्म विरामीले ओपिडी सेवाबाट उपचार सेवा पााउदै आएका थिए । आज आउने विरामीहरु उपचार सेवाबाट बन्चित बनेका छन् । ओपिडी बन्द भएपछि विरामीको चाप इमर्जेन्सी शाखामा परेको छ । आन्दोलनको बाहानामा उपचारमा नखटिएका चिकित्सकहरु हाम्...
तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण

तिब्रगतिका कारण हुने सडक दुर्घटना न्यूनीकरणका लागि ‘छोरीको प्रतीक्षा’ लघुचलचित्र निर्माण

Breaking News 2, समाचार
https://youtu.be/NelmzDj454I पूर्णपुष्टि/उदयपुर, साउन १२ । मदन भण्डारी लोकमार्गमा बढ्दो तिब्रगतिका कारण भइरहेको सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ‘छोरीको प्रतीक्षा’ नामक सडक सुरक्षा सचेतनामूलक लघुचलचित्र निर्माण गरिएको छ । लघुचलचित्रमा तिब्रगतिका कारण एक क्षणको लापरवाहीले कसरी परिवार, साथीभाइ र समाजले अपूरणीय क्षति व्यहोर्नुपर्छ भन्ने यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कथाअनुसार पुनम र सुनिता दुई मिल्ने साथी बजार जाने क्रममा मदन भण्डारी लोकमार्गमा स्कुटर तिब्रगतिमा चलाउँछन् । पुनमले बारम्बार सावधानी अपनाउन आग्रह गरे पनि सुनिताले आफ्नो आत्मविश्वास देखाउँदै गति कम नगर्दा अप्ठ्यारो घुम्तीमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुन्छ । दुर्घटनामा पुनमको उपचारकै क्रममा मृत्यु हुन्छ भने सुनिता गम्भीर घाइते हुन्छिन् । लघुचलचित्रको अन्तिम दृश्यमा बजार जानुअघि आफ्नी काखे छोरीलाई “फर्क...
हात्तिमारा खोलाको खोजीमा नागरिक प्रदर्शनी, सबैले भने – हात्तिमारा खाेइ ?

हात्तिमारा खोलाको खोजीमा नागरिक प्रदर्शनी, सबैले भने – हात्तिमारा खाेइ ?

Breaking News 2, समाचार
उदयपुर, साउन ८ गते । उदयपुरको सदरमुकाम गाईघाटमा ५५ विगाहा भन्दा बढि जग्गा अतिक्रमण गरी हात्तिमारा खोला नै गायव बनाएको भन्दै सोको खोजिका लागि सरकारलाई दवाव दिन आज गाईघाट मुख्यचौकमा नागरिक प्रदर्शनी भएको छ । “हात्तिमारा खोइ ? लेखिएका प्लेकार्डसहित प्रदर्शन गर्दै हात्तिमारा खोला संरक्षण अभियान, गाईघाटले मुख्यचौकमा प्रदर्शनी गरेको हो । प्रदर्शनीमा सयौंकको संख्यामा नागरिकहरु स्वतस्फुर्त सहभागि भई “हात्तिमारा खोइ” को नारा लगाएका थिए । सरकारले तत्काल छानविन गरी अतिक्रमण र विक्रीवितरण गरिएको खोलाको सरकारी सार्बजनिक जग्गाको खोजी गर्नुपर्ने माग उनीहरुले राखेका छन् । अभियानका संयोजक खेमनारायण यादवका अनुसार भु–माफिया र जग्गा दलालहरुले २०६४ सालदेखि अतिक्रमण गरी खोला पुरेर बेपत्ता पारेका छन् भने तत्कालिन सरकारी अधिकारीहरुसमेतको मिलेमतोमा सोझासिधा नागरिकहरुलाई विक्री वितरण गरेको अरोप अभियानताहरुको छ । ...
उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

उदयपुरमा ४९९ सदस्यीय नेपाली कम्युनिष्ट पार्टी कमिटि, आज नै सफत तथा प्रशिक्षण

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि/उदयपुर, साउन ७ । विभिन्न दलको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टीको ४९९ सदस्यीय उदयपुर जिल्ला कमिटि आज घोषणा भएको छ । पार्टी उदयपुर एकता भेलाको आयोजना गरी विनोद खड्काको संयोजकत्व तथा दोर्ण पौडेलको सहसंयोजकत्वमा बनेको जिल्ला कमिटिको सफत ग्रहणसमेत आज नै भएको छ । कमिटिलाई पार्टीको कोशी प्रदेश इन्चार्ज एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले सपथ गराएका हुन् । नयाँ कमिटि तथा कार्यकर्ताहरुलाई पार्टीका केन्द्र तथा प्रदेश तहका नेताहरुले प्रशिक्षणसमेत दिएका छन् । पार्टीका प्रदेश संयोजक हर्कबहादुर नेमवाङ (मिक्सो), प्रदेश सह इन्चार्ज सावित्राकुमार काप्mले, अर्का सहइन्चार्ज पर्शुराम बस्नेत लगायतका नेताहरुले प्रशिक्षण दिएका थिए । नेताहरुले प्रशिक्षणात्मक मन्तब्य दिदै अवको नेपाली राजनीतिक शक्तिको रुपमा उदाएको र पार्टीको शक्ति र सन्देशलाई गाउँटोलसम्म पुर्याउनु पर्ने बताए । नेपाली कम्युन...