Saturday, September 26News That Matters

Author: पूर्णपुष्टि

उदयपुरमा भब्य गाउँ/नगर भलिवल प्रतियोगिता हुने

उदयपुरमा भब्य गाउँ/नगर भलिवल प्रतियोगिता हुने

समाचार
पूर्णपुष्टि/गाईघाट, माघ ९ गते - उदयपुरमा पहिलोपटक ‘प्रथम स्पोर्टस कप गाउँ र नगरपालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता’ हुने भएको छ । उदयपुर स्पोर्टस क्लवको आयोजना तथा त्रियुगा नगरपालिका, जिल्ला खेलकुद विकास समिति र जिल्ला भलिवल संघको संयोजनमा प्रतियोगिता हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी माघ ११ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ । जिल्लाका आठ स्थानीय तहहरु सुनकोसी, रौतामाई, ताप्लि र उदयपुरगढी गाउँपालिका र त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिका अन्तर्गतका भलिबल समुहहरुले प्रतियोगितामा भाग लिने जनाइएको छ । स्थानीय थरुहट रंगशालामा हुने प्रतियोगितामा पहिलो हुनेले नगद ६५ हजार, दोश्रोले ३५, तेश्रोले २० र सर्वर, डिफेन्स, लिफ्टर, व्लकर, स्पाइकर, सर्वोत्कृष्ट विद्यामा २÷२ हजारका दरले नगद, मेडल, ट्रफी, शिल्ड पाउने मुल समारोह समितिका संयोजक तथ...
ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

ऐन नियम नबुझ्दा जनताका कामकारवाही प्रभावित

समाचार
पूर्णपुष्टि, माघ ५ गते । स्थानीय सरकार सञ्चालन कार्यविधीका बारेमा जनप्रतिनिधि नै अनविज्ञ रहँदा जनताका कामकारवाही प्रभावित बनेकाछन् । जनप्रतिनिधिको क्षमता अभिबृद्धी नहुँदा बनेका ऐन, कानुन कार्यन्वयनमा जटिलता र जनतासँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुन निर्माण नहुँदा कामहरु प्रभावित बन्ने गरेका हुन् । देश संघिय संरचना गएपनि स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई नयाँ संरचनाका बारेमा पूर्ण जानकारी नहुँदा कामकारवाहीमा समस्या उत्पन्न भएको भन्दै चौतर्फीरुपमा जनप्रतिनिधिहरुले आलोचना खेप्नु परेको छ । यसकासाथै कार्यान्वयनको प्रारम्भिकचरणमा रहेको संघियता व्यवस्थालाई सहज बनाउन र टिकाई राख्नका लागि उनीहरुको क्षमता अभिवृद्ध नगर्ने हो भने जनताका कामकारवाही अझ प्रभावित हुने देखिन्छ । यसैशिलशिलामा कानुनी प्रावधानका बारेमा जनप्रतिनिधिलाई जानकारी दिने उदेश्यले जिल्लामा पहिलोपटक रौतामाई गाउँपालिकाले स...
दलितबस्तीका ५ घरमा आगलागी, १७ लाखको क्षती

दलितबस्तीका ५ घरमा आगलागी, १७ लाखको क्षती

समाचार
पूर्णपुष्टि/उदयपुर, माघ १ गते । उदयपुरको रौतामाई गाउँपालिका १ नामेटार भन्ने ठाउँमा सोमबार बिहान दलितबस्तीका पाँच घरमा आगलागी भई क्षती भएको छ । अस्थाई प्रहरी पोष्ट भुट्टारका इन्चार्ज प्रहरी नायव निरिक्षक भिम श्रेष्ठका अनुसार स्थानीय रणबहादुर विक, कर्णबहादुर विक, मेघबहादुर विक, पर्शुराम विक र चक्रबहादुर विकको घरमा आगलागी भएको हो । आगलागीबाट माटो र काठले बनेको फुसको छानो भएको पाँचै घर जलेर नष्ट भएको छ भने घरभित्रका अन्नपात, लत्ताकपडा, खाध्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन् । स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएपनि क्षती हुनबाट जोगाउन नसकिएको बताइएको छ । प्रहरीका अनुसार ६५ बर्षिय रणबहादुरको ३ लाख, ७० बर्षिय कर्णबहादुरको ३ लाख २० हजार, ३५ बर्षिय मेघबहादुरको ३ लाख ५० हजार, ३५ बर्षिय पर्शुरामको ३ लाख ७० हजार र ३० बर्षिय चक्रबहादुरको ३ लाख ६० हजार गरी १७ लाख बराबरको क्षती भएको छ । आगला...
मदनको दुबै मृगौला फेल, सहयोगको अपिल (भिडियोसहित)

मदनको दुबै मृगौला फेल, सहयोगको अपिल (भिडियोसहित)

समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, माघ १ गते । नेपालीको पर्व माघे सक्रान्ति हाँसीखुसी मनाउदै गर्दा मदन राईको घरमा भने एकखालको पिर र चिन्ता छाइरहेको छ । स्थायी घर खोटाङ जिल्लाको छितापोखरी भई हाल उदयपुरको त्रियुगा नगरपालिका ११ मा बसोबास रहेका राईको दुईवटै मृगौला काम नलाग्ने भएको रिपोर्टका कारण उनको परिवारमा आज पर्वकै दिनपनि पिडा र चिन्ता छाएको हो । विरामी राईको मृगौला नै फेर्नुपर्ने अवस्था भएकाले त्यसका लागि ठूलो धनरासी आवश्यक पर्छ, जुन उनको परिवारको वस भन्दा धेरै परको कुरा हो । परिवारको गक्षले नभ्याउने भएपछि अब, खर्च जुट्ने हो की होइन, समयमै उपचार हुन सक्ने हो की होइन, नयाँ जीवन खोजिरहेका मदनले सञ्चोले स्वास फेर्न पाउने हो की हैन, यस्तैयस्तै पिर अनि चिन्ताले सताइरहेको छ । अन्य उपचारखर्च जसोतसो परिवारले धानिरहेको र सरकारले पनि सहयोग गरिरहेको छ तर, मृगौला दान मुख्य कुरा भएको छ । परिवारमा श्रीमतीले दिन...
दर्शकलाई भरपुर नचाए गायक दिपक लिम्बुले

दर्शकलाई भरपुर नचाए गायक दिपक लिम्बुले

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ३० गते । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवको अन्तिम दिन शनिबार साँझ दर्शकहरुले कठ्यांग्रिदो जाँडोको कुनै प्रवाह गरेनन् । कारण थियो, पहिलो नेपाली तारा लोकप्रिय गायक दिपक लिम्बुको आगमन र उहाँको बजोड प्रस्तुती । गायक लिम्बुको नामै सुनेर आउने स्रोता दर्शकहरुले महोत्सव खचाखच भरिएको थियो । गायक लिम्बुले साँझ आप्mना लोकप्रीय गीतहरु प्रस्तुत गर्दा महोत्सवको रौनकतानै अर्को भएको थियो । गायक लिम्बुले गीत गाउँदै जाँदा बेजोडरुपमा नाँच्न हौसिएका दर्शकहरु असिनपसिन बने । कठ्यांग्रीने चिसोले छुनसम्म नसकेको दर्शकहरुलाई व्यवस्थापन गर्न आयोजकलाई निकै हम्मे परेको आयोजक समिति सदस्य साईमा किराँतीले बताउनुभयो । मुटु मागेउ तिमले, मैले बाँच्नुपर्छ.... बोलको गीतबाट प्रस्तुती सुरु गरेका गायक लिम्बुले ढल्यो, ढल्क्यो जोवन मेरो, तिमितिरै...

महोत्सवबाट घरेलु उत्पादनको प्रचारप्रसारमा अवसर, करोडबढिको कारोवार

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, पुस ३० गते । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित प्रदेश नं. १, पहिलो घरेलु औद्योगिक महोत्सवले उद्यमीहरुलाई आप्mना घरेलु उत्पादन बजारीकरणका लागि प्रचारप्रसार गर्ने अवसर मिलेको उद्यमीहरुले बताएका छन् । पुस २१ देखि नौंदिनसम्म सञ्चालन महोत्सवमा आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा उदयपुरले डेडसय बढि स्टल उद्यमीहरुलाई निःशुल्क उपलब्ध गराएको थियो । उक्त स्टलहरुमा घरेलु उद्योगका उत्पादनहरु प्रदर्शन तथा विक्रीका लागि राख्ने अवसर मिलेकाले विशेषगरी प्रचारप्रसार भएको उद्यमीहरुले बताए । जिल्लाको आठ वटै स्थानीयत त्रियुगा, कटारी, चौदण्डीगडी, बेलका नगरपालिकाहरु, रौतामाई, उदयपुरगडी, ताप्ली र शुनकोशी गाउँपालिकाको सहयोगमा भएको महोत्सवमा प्रदेश नं. १ अन्तर्गतका जिल्लाका उद्यमीहरुले आप्mना उत्पादनहरु राखेका थिए । उनीहरुले दालमोठ भूजियादेखि अचारसम्म, ढाकाटोपीदेखि कम...
के मेरो देशको कपुरी क रट्नु गलत थियो ?

के मेरो देशको कपुरी क रट्नु गलत थियो ?

बिचार
रिना चामलिङ राई -कपुरी क, खरायो ख भन्दै कुहिरोभित्रको धुले स्कुलमा गुरुले २/३ फिटको आफू जत्रो सिर्कोनोले हातमा हिर्काउदै, भत्किएको कालो पार्टीमा चन्दन जस्तो सेतो चकले धस्तै रटाएको कपुरी क र खरायो ख मेरो लागि वरदान भनौ या अभिसाप ? सिगान पुच्दै तानमा बुनेको झोलामा भबिष्यामा ठुलो मान्छे बन्ने सपनाहरूलाई बोकेर बार–बार तारामण्डल देखिने स्कुलको छानोभित्र छरपस्ट भएका फर्निचरहरु, हात्तीछाप चप्पल बजाउदै पढेको अनि सिस्नो र ढिडोको डकारा गर्दै लिएको मेरो सपनाको शिक्षा साच्चै आज सपना मै सिमित भयो । पढेपछि जागीर खाइन्छ, ठुलो मान्छे भइन्छ भन्ने भनाइ आज मेरो लागि एकादेशको कथा जस्तै भएको छ । दोष कस्लाई दिउ ? जहाँ म जस्तो हजारौं युवाहरुको शिक्षा बिदेशी खाडिमा गैती र बेल्चामा ७०/८० सेल्सियस तापक्रममा बेचिएको छ । ५० देखि ६० लाख युवाहरुको शिक्षा केबल हरियो रंगले भरिएको राहदानी शिर्षकमा सिमित भय...
बालबालिका बारे अन्तरक्रिया

बालबालिका बारे अन्तरक्रिया

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २७ गते । केन्द्रिय वाल कल्याण समिति तथा जिल्ला वाल कल्याण समिति उदयपुरको आयोजनामा बुधबार बालबालिकाको हकहित संरक्षण तथा सम्बद्र्धनका लागि अन्तरक्रिया तथा जानकारी आदानप्रदान कार्यक्रम सम्पन्न भयो । जिल्लास्थित सरोकारवालाहरुसंग भएको अन्तरक्रिया तथा जानकारी आदानप्रदानमा केन्द्रिय वाल कल्याणसमितिको तर्फबाट बालबालिकाको हकहितका लागि अपनाउनुपर्ने सरकारी भूमिका बारे जानकारी राखिएको थियो । बाल हिंसा अन्त्यका लागि सबैपक्षको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको थियो । जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था, पत्रकार लगायतका सरोकारवालाहरुले जिल्लाको अवस्थाको बारेमा जानकारी राखेका थिए । जिल्लामा अझै पनि बालश्रम, बाल हिंसाका घटनाहरु घट्ने क्रम नरोकिएको भन्दै त्यसप्रति सम्बन्धीत निकायको ध्यान पुग्नुपर्ने सहभागिहरुले बताएका थिए ।...
बन डढेलो बारे अन्तरक्रिया

बन डढेलो बारे अन्तरक्रिया

समाचार
पूर्णपुष्टि/उदयपुर, पुस २७ गते । जिल्ला वन कार्यालय उदयपुरको आयोजना तथा सेक्टर वन कार्यालय गाईघाटको व्यवस्थापनमा बुधबार मोतिगडास्थित सेक्टर वनको कार्यालयमा वन डढेलो सम्बन्धी सरोकारवालासंग अन्तर क्रिया सम्पन्न भयो । कार्यक्रममा वन कार्यालयको तर्फबाट वन डढेलोबाट हुने हानी, नोक्सानीको बारेमा जानकारी राखिएको थियो । साथै वनलाई डढेलोबाट जोगाउन अपनाउनु पर्ने सावधानीको बारेमा जानकारी दिइएको थियो । डढेलोले प्राकृतिक सम्पदा, जैविका विविधता नष्ट हुने र यसले मानवीय जीवनलाई असर र प्रभाव पार्ने भएकोले वनलाई डढेलोबाट जोगाउनुपर्ने बताइएको थियो । खासगरी सुक्खा मौसममा वनलाई डढेलोबाट जोगाउन सचेतता अपनाउनुपर्ने बताइएको थियो । वनले विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुलाई सुक्खा मौसममा बन डढेलोबाट जोगाउन उपभोक्तालाई विशेष जागरुक र सचेत पार्ने काममा लाग्न अनुरोध गरेको थियो । सामुदायिक वन समुहका प्रतिनिध...
माओ जयन्ती ठिक कि, पृथ्वी जयन्ती ठिक ?

माओ जयन्ती ठिक कि, पृथ्वी जयन्ती ठिक ?

बिचार
(नीजि विचार) हिमालसिं राई । नेपालमा सानो समूहले मात्र पृथ्वी जयन्ती मनाएको पाइयो । जबरजस्ती सरकारी कर्मचारीबाट पृथ्वी जयन्ती मनाएको देखिन्छ । पार्टीहरुमा पनि चासो देखिएन । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारबाट राष्ट्रभरी सरकारी कार्यालय बन्द गराएर पृथ्वी जयन्ती त मनाउन थाले तर जनता सचेत र शिक्षित भएकोले अब चासो हराउन थालेको देखियो । २०७४ साल पुष २७ गते पृथ्वी जयन्ती मनाइएको थियो । म पनि यसो को को राष्ट्रपिता भनेर मान्दा रहेछन् भनेर वैठकमा निस्कें । पार्टीको कोही थिएन । जिल्ला प्रशसन प्रमुख र एसपी नवराज भट्ट र सैनिक प्रमुख र गैरसरकारी संस्थाका केही कर्मचारी प्रमुख पनि सबै होइनन् । पार्टी मध्यबाट नयाँ शक्तिका भैरव श्रेष्ठ र म थियौँ । मलाई चासो थिएन । तर साँच्चै नै पृथ्वीनारायण शाहलाई अझै मान्छन् त भनेर अध्ययन गर्न र हेर्न गएको थिएँ । कार्यक्रम सुरु भयो । यसो अनौपचारिक जस्तो भयो...