Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

दुर्घटनामा १८ को मृत्यु, ४४ गम्भीर

दुर्घटनामा १८ को मृत्यु, ४४ गम्भीर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पौष । उदयपुरमा चालु आर्थिक बर्षमा दुर्घटनामा परी १८ को मृत्यु हुनुका साथै ४४ गम्भीर घाईते भएको छ । ८४ ओटा दुर्घटना संख्यामा १८ को मृत्यु र ४४ गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ । यता सामान्य घाईते हुनेहरुमा १२४ जना रहेको छ । यस बर्ष ट्रक ३ ओटा, टिपर ३, बस ३, जिपकार १६, ट्याक्टर ३, मोटर साईकल ७५ ओटा दुर्घटना भएको छ । पछिल्लो समय उदयपुरमा दुर्घटनाका संख्या तिव्र बन्दै गएको छ । मदन भण्डारी राजमार्गका कारण सवारी चाप बढे सँगै दुर्घटना बढेको हो ।...
उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादी पक्राउ

Breaking News 2, समाचार
पूणपुष्टि, पुष १६ । उदयपुरमा बन मुद्धाका १ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका—९ उत्तराई टोल बस्ने ५० बर्षीय लल्कु सदा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार आईतबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । जिल्ला अदालतले बन मुद्वामा ३ महिना कैद र रु. १ हजार ५ सय ५१ रुपैँया जरिवाना तोकेता पनि फरार रहेका सदालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सदालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।      ...
उदयपुरमा ट्याक्टरलाई अनिवार्य रिफ्लेक्टर स्टिकर

उदयपुरमा ट्याक्टरलाई अनिवार्य रिफ्लेक्टर स्टिकर

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पौष । जिल्ला ट्राफिक प्रहरी उदयपुरले ट्याक्टरमा हुने दुर्घटना न्युनीकरणमा सुरक्षाको षयन्त्र अपनाएको छ । सोमवार जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाट र त्रियुगा ट्याक्टर ढुवानी व्यवसायी संघबीचको समन्वयमा दुर्घटना सुरक्षा अपनाईएको हो । ट्याक्टर सामान ढुवानीका सवारी साधन हो, यसमा बाँस, रड, जस्ता सवारी साधन भन्दा फरक सामाग्री बोक्नु पर्ने हुन्छ, यसले राती र हुस्सुको समयमा दुर्घटना बढी निम्त्याउँछ,, ट्राफिक उदयपुरले भने, । ट्याक्टरको पछाडीको ब्रेक लाईड ट्रलीले छल्ने हुँदा ट्रलीको पछाडी दुई साईडमा राती र हुस्सुमा टल्कीने रिफ्लेक्टीक स्टिकर टाँसिएको छ । राती पछाडी बाट आउने सवारीले साईड बत्ति बलेको नदेख्दा गएर ठोक्कीने जस्ता ट्याक्टरमा घटनाहरु घटेको छ । केही समय अघि बगाहामा भएको ट्याक्टरको बाँसमा घोचिएको घटनालाई स्मरण गर्दै उक्त षयन्त्रहरु अपनाईएको ट्राफिक प्रहरीको भनाई छ ।...
जनमतका अध्यक्ष राउत सहित ५१ जना पक्राउ

जनमतका अध्यक्ष राउत सहित ५१ जना पक्राउ

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, पुष १६ । जनमत पार्टिका अध्यक्ष सिके राउत सहित ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । धोती दिवस मनाउने क्रममा सोमबार काठमाडौंको माइतीघर मण्डलबाट उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीका अनुसार निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि नियन्त्रणमा लिइएको हो । ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायत ५१ जनालाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।...
गाईघाटमा ३ दिने साकेला सिली प्रशिक्षण सम्पन्न

गाईघाटमा ३ दिने साकेला सिली प्रशिक्षण सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, १६ पुष । गाईघाटमा संञ्चालन गरिएको ३ दिने साकेला सिली प्रशिक्षण कार्यक्रम आईतबार सम्पन्न भएको छ । किरात राई यायोख्खा त्रियुगा नगरपालिका ११, १२ र १३ को आयोजनामा सञ्चालन गरिएको साकेला सिली प्रशिक्षण सफल रुपमा सम्पन्न भएको हो । किरात समुदाहरुले नाच्ने साकेला सिलीको महत्वलाई जिवित राख्न र पछिल्लो पुस्ताहरुलाई यसको बारेमा जानकारी दिन पनि साकेला सिली प्रशिक्षणको कार्यक्रम राखिएको कमिटिका अध्यक्ष सर्वधन राईले बताउनुभयो ।राईका अनुसार प्रशिक्षणमा करिब ३६ ओटा सिलीहरु सिकाईएको छ । तिनै वडाका किराती समुदायहरुलाई सिलीमा सहभागी गराईएको थियो । कार्यक्रमलाई त्रियुगा नगरपालिकाले जनता सँग मेयर कार्यक्रम अन्तर्गत सहयोग गरेका थिए । प्रशिक्षणमा ३ सय बढीले सिली सिक्ने अवसर पाएको छ ।सिली प्रशिक्षक चौदण्डीगढी ३ बसाहाका मन प्रसाद राई र बैन बहादुर राईली सिली सिकाएको हो । सिली प्रशिक्षणले किरात सभ्यता र...
त्रियुगामा माओवादी केन्द्रको वडा सम्मेलन शुभारम्भ

त्रियुगामा माओवादी केन्द्रको वडा सम्मेलन शुभारम्भ

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १६ पुष । माओवादी केन्द्र त्रियुगा नगरपालिकाले वडा सम्मेलन सुरु गरेको छ । जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान अन्तर्गत त्रियुगाको वडा नम्बर (९ को दोश्रो वडा सम्मेलन सँगै कार्यक्रम सुभारम्भ गरिएको हो । प्रमुख अतिथि पार्टीका अनुसासन बिभाग अध्यक्ष टंक राईको उपस्थितिमा वडा सम्मेलन भव्य रुपमा सम्पन्न भएको हो । उक्त वडा सम्मेलनबाट ध्रुव कटुवालको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ भने कमला दनुवारको अध्यक्षतामा १३ सदस्यीय अनेम सङ्घ क्रान्तिकारी र कविराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय वासिएलको वडा कमिटी समेत गठन गरिएको छ । निर्वाचित सबै समितिका पदाधीकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि टंक राई, नगर इन्चार्ज बिमल किराती र पाटी नगर अध्यक्ष मान वहादुर राई सहितका अन्य अतिथिहरुले कार्यसफलताको कामना र बधाई ज्ञापन गरेको छ । निर्वाचित सबै कार्यसमितिलाई नगर पार्टी अध्...
सुखायु आयुर्वेद गाईघाटको निशुल्क स्वास्थ्य सिविरले ५० जना बढीलाई प्रत्यक्ष फाईदा

सुखायु आयुर्वेद गाईघाटको निशुल्क स्वास्थ्य सिविरले ५० जना बढीलाई प्रत्यक्ष फाईदा

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, १६ पुष । सुखायु आयुर्वेद अस्पताल गाईघाटले संञ्चालन गरेको एक दिने निशुल्क स्वास्थ्य सिविरबाट ५० बढी स्थानीयहरु लाभान्वीत बनेको छ । अस्पतालको छैँटौ बार्षिकोत्सवको अवसर पारेर संञ्चालन गरिएको सिविरमा बिभिन्न प्रकारको बिरामीहरुले भरपुर फाईदा लिएको हो । जस मध्ये दुई बिरामीको अपरेस समेत गरिएको आयोजकले जनाएको छ । निुशल्क सिविर सँगै रक्तदान पनि गरिएको थियो । १३ भन्दा बढीले सिविरको क्रममा रक्तदान समेत गरेको छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय प्रमुख बिरगन्ज पर्साका डा. सिव नारायण गुप्ताको प्रमुख आतिथ्यतामा अस्पतालको बार्षिकोत्सव सँगै सिवर संञ्चालन सम्पन्न भएको जनाईएको छ । उनि आयुर्वेद सल्य रोग बिषेशज्ञ तथा पायल्स फिस्टुला, फिसर रोग बिषेशज्ञ समेत हुन् । उनि सँगै सिव नारायण गुप्ता, सरोज कुमार विशाल जिल्ला आयुर्वेद अस्पताल उदययपुर, मनिस कुमार शाह (बिए एम एस) प्रमुख अस्प...
माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

माओवादी नेता भिमबहादुर अधिकारी (अनिल) लाई अ.ने.की. उदयपुरद्धारा अभिनन्दन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, १३ पुष । माओवादी नेता भिम बहादर अधिकारी (अनिल) लाई अखिल नेपाल किसान महासंघ उदयपुरले अभिनन्दन गरेको छ । पार्टी र जनतालाई पुराएको योगदानको कदर सहित अधिकारीलाई जिल्लामा भव्य अभिनन्दन गरिएको हो । अधिकारी माओवादी केन्द्रका पुरानो सक्रिय नेता हुन् । जिल्लामा पार्टीको नेतृत्व सम्म सम्हाले र बिभिन्न ओहदामा पुगेका अधिकारीलाई अभिनन्द तथा सम्मान गरिएको  महासंघले जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज केपी बरालले सम्मान पत्र प्रदान गर्दै सम्मान तथा अभिनन्दन गरेको हो । अधिकारी जनयुद्धका बेला ठुलो लडाईँहरु छिचौल्दै यो समय सम्म आईपुगेको जनाईएको छ । अधिकारीले सम्मान र अभिनन्द गर्ने अखिल नेपाल किसान महासंघलाई हार्दिक धन्यवाद दिए । उनले सम्मान कार्यत्रमले यो क्षण सम्म आईपुग्दा देश र जनतालाई दिलाएको योगदानहरुको कदर भएको अनुभव सुनाए । उनले पार्टी र जनता प्रति योगदान पुराउने कामम...
ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ३ जना पक्राउ

ब्राउन सुगर र प्रतिबन्धित औषधि सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । मोरङको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी– ९ का ३० बर्षीय मो.सहबाज र पछाडी सवार २७ बर्षीय मो.जावेद आलम र पथरीशनिश्चरे नगरपालिका– १० का ३६ बर्षीय नारायण राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार बिराटनगर महानगरपालिका–१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.१९ प ८६० नम्बरको मोटसाईकल चेकजाँच गर्ने क्रममा सहबाज र जावेदको साथबाट १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर फेला पारेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको हो । सोही दिन ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका–१० स्थितमा राईलाई प्रतिबन्धित औषधि सहित नियन्त्रणमा लिएको...
स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना पक्राउ

स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष १२ । मोरङमा स्रोत नखुलेको १९ लाख भन्दा बढी नगद सहित एक जना प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगंज गाउँपालिका–५ का ४९ बर्षीय सुरेन्द्र प्रसाद साह रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार बुधबार साझँ साढेँ ५ बजे केशलिया मार्गमा को.७ प ५२२१ नम्बरको मोटरसाईकल चालक साहलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली रुपैँया १९ लाख ९० हजार नगद सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...