Saturday, August 22News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, मंसिर २३ । उदयपुरमा लागुऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–२ का २४ बर्षीय सुरेन्द्र बस्नेत रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार त्रियुगा नगरपालिका–६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई ईजेपाम, बुप्रिनोरफीन र फेनारागन गरी जम्मा ९ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
यु–१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

यु–१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, मंसिर २२ । एसिसी यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल–२ मा भएको खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो । पाकिस्तानका लागी कप्तान साद बेग र अजन अविसले अर्धशतक प्रहार गरे । ५६ बल खेलेका कप्तान सादले ५ चौका प्रहार गर्दै ५० रन बनाए । त्यस्तै ६२ बल खेलेका अजन अविसले ८ चौका प्रहार गदै ५६ रन र ८ बल खेलेका मोहम्मद जिशानले २ छक्का र २ चौको प्रहार गर्दै २० रनमा नटआउट रहे भने ओपनर शाहजैब खानले २३ रन बनाए । नेपालका लगी गुल्सन झाले २ विकेट लिए भने आकाश चन्दले १ विकेट लिए । गुल्सनले पहिलो ओभरको ३ बलमा पाकिस्तानका ओपनर शामिल हुसेनलाई रन विहिन क्याच आउट गराए भने ६.४ ओभरमा पाकिस्तानले २३ रन जोड्दा अर्का ओपनर शा...
गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

गाईघाटको सडक पेटी र पार्किङ ब्यवस्थाबारे ब्यपारीहरु सँग बृहत छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २२ मंसिर । गाईघाटको बढ्दो सहरीकरण व्यवस्थापन गर्न सम्बन्धित निकायहरुले ब्यपारी सँग बृहत छलफल गरेको छ । शुक्रबार त्रियुगा नगरपालिकाको सभाहलमा स्थानीय सरकार, ट्राफिक प्रहरी, जिल्ला प्रहरी, त्रियुगा उद्योग काणिज्य संघ र ब्यपारीहरुको उपस्थितिमा बृहत छलफल तथा अन्तरक्रिया भएको हो ।छलफलमा बजारमा फुटपाथ, सवारी पार्किङ, सडक पेटिको व्यवस्थापनबारे सामाधानको पाटो खोजिएका थिए । जस मध्ये पार्किङका लागि बजारको मदन भण्डारी हाईवेमा पर्ने जिके पुस्तक पसल देखी पश्चिम आँखा अस्पताल सम्म कुनै पनि सवारीहरु पार्किङ गर्न निषेश गरिएको छ । यता जिके पुस्तक पसलदेखी पूर्व पिजि चोक सम्मको एक साईड भने पार्किङ व्यवस्था गरिने प्रस्ताप पारित भएको छ । यस्तै गरी फुटपाथलाई पनि करको दायरामा ल्याएर निश्चित स्थान तोकिने भएको छ । त्यस्तै सडक पेटीमा भएको ब्यपारहरु भने १५ दिन सम्मा हटाउन र मापदण्ड अनुरुप ब्यपार संञ्चाल...
उदयपुरमा गाँजा सहित ३ युवक पक्राउ

उदयपुरमा गाँजा सहित ३ युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, मंसिर २१ । उदयपुरमा लागुऔषध गाँजा सहित ३ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका–५ का १९ बर्षीय रुपेश कार्की, १९ बर्षीय निर्पन खत्री र चन्दन प्रसाद घिमिरे रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता ऋषिराम कंडेलका अनुसार त्रियुगा नगरपालिका–६ स्थितमा ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनिहरुलाई ४ सय ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ मंसिर । रौतामाई गाउँपालिकाको वडा नं ६ रौतामा स्थायी प्रहरी पोष्टको उद्घाटन भएको छ । उदयपुरकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित रौता पोखरीमा सुरक्षाको मध्यनजर गर्दै स्थायी प्रहरी पोष्ट संञ्चालनमा ल्याईएको हो । स्थायी प्रहरी पोष्टको उद्घाटन जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले गर्नुभयो । चौकीको उद्घाटन गर्दै अधिकारी गौतमले लामो समयको अथक प्रयास पछि रौतामा स्थायी प्रहरी पोष्ट निर्माण गर्न सकिएको जनाए । यसका लागि रौतामाई गाउँपालिका, स्थानीय, राजनितिक दल र जिल्ला सुरक्षा समितिले समेत ठुलो मेहनत गर्नु परेको जनाए । रौताको बिकास र पर्यटकको चाप सँगै शान्ति सुरक्षा अमन चयन निर्माण गर्न प्रहरी पोष्ट अत्यावश्यक रहेको गौतमको भनाई छ । यस्तै पालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले रौतामा संञ्चालन आएको प्रहरी पोष्ट उद्घाटनलाई खुसी ब्यक्त गरे । रौताको सुरक्षा क्षेत्रको भावन...
दमौटी शव प्रकरण : मृतकको श्रीमती सहित छोरा पक्राउ

दमौटी शव प्रकरण : मृतकको श्रीमती सहित छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, २१ गते । उदयपुरमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती सहित छोरालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ दमौटी सुक्लाई बस्ने ६० बर्षीय श्याम कुमार राईको हत्या आरोपमा निजको श्रीमती ४० बर्षीया निर कुमारी रैनी र छोरा सुरन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार शनिबारबाट हराईका राईको शव १९ गते बिषेश सुचनाको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले घर नजिकै रहेको जंगलमा माटोले पुरी स्याउलाले छोपेको अवस्थामा फेला पारेको थियो । राईको शव फेला परेपश्चात घटनाको अनुसन्धान गर्ने क्रममा निजको श्रीमतीले मंसिर १६ गते साझँ ५ बजेको समयमा सामान्य घरायसी बिवादको कारण आबेशमा आई घाटी थिची हत्या गरेको र छोराको सहयोगमा जंगलमा लगि खाल्डो खनि पुर्ने कार्यमा ...
एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

एउटै पुस्तामा लिम्चुङबुङलाई समृध्द बनाउने हुटहुटी

Breaking News 1, बिचार
मेजर कुमार राई प्रकाशित मिति : २०८० मंसिर २१ गते । सर्ब प्रथम हाम्रो देश नेपाल अनि हामी नेपाली, यो देशको सम्पूर्ण भू भाग हाम्रो हो। यो देश प्रतिको प्रेम हामी सबैलाई उस्तै छ। त्यसैले त आज हामी जो जहाँ पुगेता पनि मेरो देश नेपाल अनि म नेपाली हुँ भन्नलाई गर्व गर्दछौ। त्यति मात्रै होईन बाह्वय हस्तक्षेप हुन खोज्यो भने मेरो देश नेपालको शान, मान र अस्थित्वमा कुनै आच पुग्नु हुन्न भनेर खबरदारी गर्छौ। संसारको कुनै ठाउँमा पुगेको नेपालीलाई आपतविपत र दुख पर्दा हामी सबै नेपालीलाई पनि दुख्छ यो हामी बिचको गहिरो प्रेम हो । हामी आम नेपाली हुनुको नाताले नेपालको जुनसुकै भू भाग पनि हाम्रै हो भनि साझा रुपमा किन स्वीकार नगर्ने ? त्यसैले आउनुहोस लिम्चुङबुङले शुरुवात गर्न लागेको एउटै पुस्तामा गाउँलाई समृध्द बनाउने यो महान र ऐतिहासिक बिकास निर्माणको अभियानमा एकताको भावनाले एकै साथ हातेमालो गरेर एउटा ईतिहा...
रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

रौतामा अस्थायी प्रहरी पोष्ट संञ्चालन

Breaking News 1, समाचार
पूर्णपुष्टि, २१ मंसिर । रौतामाई गाउँपालिकाको वडा नं ६ रौतामा स्थायी प्रहरी पोष्टको उद्घाटन भएको छ । उदयपुरकै प्रमुख पर्यटकीय तथा धार्मिक स्थलको रुपमा परिचित रौता पोखरीमा सुरक्षाको मध्यनजर गर्दै स्थायी प्रहरी पोष्ट संञ्चालनमा ल्याईएको हो । स्थायी प्रहरी पोष्टको उद्घाटन जिल्ला प्रमुख अधिकारी जनार्दन गौतमले गर्नुभयो । चौकीको उद्घाटन गर्दै अधिकारी गौतमले लामो समयको अथक प्रयास पछि रौतामा स्थायी प्रहरी पोष्ट निर्माण गर्न सकिएको जनाए । यसका लागि रौतामाई गाउँपालिका, स्थानीय, राजनितिक दल र जिल्ला सुरक्षा समितिले समेत ठुलो मेहनत गर्नु परेको जनाए । रौताको बिकास र पर्यटकको चाप सँगै शान्ति सुरक्षा अमन चयन निर्माण गर्न प्रहरी पोष्ट अत्यावश्यक रहेको गौतमको भनाई छ । यस्तै पालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले रौतामा संञ्चालन आएको प्रहरी पोष्ट उद्घाटनलाई खुसी ब्यक्त गरे । रौताको सुरक्षा क्षेत्रको...
दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई  प्रहरीले पक्राउ गर्यो

दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई प्रहरीले पक्राउ गर्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, १९ मंसिर । तिन दिन देखी बेपत्ता त्रियुगा नगरपालिका वडा नं ५ का श्याम राईको हत्यामा निजकै श्रीमती संलग्न भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । शनिवारदेखी बेपत्ता राईको शव गाउँ नजिकैको झाडिमा सेउलाले पुरेको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेको छ । सोही आधारमा प्रहरीले घटना स्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबर पछि स्थानीयहरु मिलेर खोज तलास गरिरहेका थिए । पछि नजिकैको झाडीमा संकास्पद देखिएपछि प्रहरीलाई खबर गराएको स्थानीयहरुले जनाए । मृतक राईको पोष्टमाटमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ ।...
राजेश पायल राईले आज बसाहा तताउने

राजेश पायल राईले आज बसाहा तताउने

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १९ मंसिर । चर्चित गायक तथा द भ्वाईस अफ नेपाल सिजन ५ का कोच राजेश पायल राईले आज उदयपुरको वसाहामा सांगितिक प्रस्तुति दिने भएको छ । राई सांगितिक कार्यक्रमका लागि बसाहा आईसकेको छ । राई बसाहा क्लवद्वारा आयोजित (बसाहा मिनी मेला) को निमन्त्रणामा सांगीतिक कार्यक्रमको लागि आएका हुन् । ‘राई इज किङ’को उपाधीसमेत पाएका गायक राईले आफ्नो चर्चित गीतहरु प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएका छन् । आज साँझ ८ बजेदेखि गायक राईले आफ्नो चर्चित तथा सुमधुर गीतहरु गाउनेछन् । गायक राई भनेपछि हुरुक्कै हुने फ्यानहरुको लागि यो अति उत्तम समय भएकोले आजको कार्यक्रम नछुटाउन आयोजकले सबैमा उपस्थितीको लागि आह्वानसमेत गरेका छन् ।...