सरोकारवालाहरु सँग अपाङ्गताहरुको न्यायमा पहुँच सम्बन्धि छलफल
पूर्णपुष्टि, १५ कार्तिक ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोसी प्रदेश समितिले अपाङ्गता भएकाहरुको न्यायमा पहुँचको अवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
सदरमुकाम गाईघाटमा एक कार्यक्रमको आयोजना गरी महासंघले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका अपाङ्गताहरुको न्यायमा कसरी पहुँच वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा न्यायायिक क्षेत्रमा कृयाशिल सामाजिक संघसंस्था र अभियन्ताहरुसँग छलफल गरेको हो ।
कार्यक्रममा सहभागिहरुले अपाङ्गताहरुलाई न्यायमा पहुँच पुर्याउँन अभियानहरु सञ्चालन गर्दै आएको बताएका छन् । उनीहरुले अपाङ्गता भएकैकारण गरिएका हेलाहोचो, घृणित व्यवहारलाई निरुत्साही गर्न र आगामी दिनमा दोहोरिन नदिन कार्यक्रमहरु सञ्चालन गरिएको बताएका थिए ।
सहभागिहरुले अपाङ्गता भएकैकारण अन्याय सहेर बस्छु पर्छ भन्ने कुरीतिको अन्त्य गर्न सबै अभियन्ताहरु लागि परेको बताए । उनीहरुले अपाङ्गता मैत्री भवन निर्माण स...









