Monday, August 24News That Matters

Author: पूर्णपुष्टि खबर

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

उदयपुरमा जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक ३ ।उदयपुरमा जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी न.पा.५ भोर्ले बस्ने २० बर्षीय महेश नेपाली भन्ने टीका त्रिखत्री रहेको जिल्ला प्रहरी उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार जिल्ला अदालतले जबरजस्ती करणी मुद्धामा २०७७।०८।१६ गते १२ बर्ष ४ महिना ३ दिन कैदको फैसला गरेको थियो । अदालतले फैसला गरेतापनि हालसम्म फरार रहेका उनलाई बिहिबार साझँ ६ बजेर ४० मिनेटको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी चौधरीले बताए ।...
उदयपुरमा ३८ किलो गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ३८ किलो गाँजा सहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक ३ । उदयपुरमा लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई हाल उदयपुर ताप्ली गाउँपालिका १ का ३२ बर्षीय गणेश बहादुर मगर र ३३ बर्षीय बिर बहादुर मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुनिल दाहालका अनुसार आज राती १ बजे कटारी ६ देउलीकुना स्थितबाट उनिहरुलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले १९–१९ किलो गाँजा दुई ओटा बोरामा बोकी कटारी ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको डिएसपी दाहालले बताए । पक्राउ परेका दुवै जनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय कटारीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।...
दशैंमा मौसम खुल्ने

दशैंमा मौसम खुल्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, ३ कार्तिक । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दशैंमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दशैंमा मौसम सफा रहने बताए । ‘दशैंमा मौसम सफा रहने देखिन्छ । देशका पहाडी भेगका एक÷दुई स्थानमा बदली र हल्का वर्षा रहेपनि सामान्यतया मौसम राम्रो रहने देखिन्छ’, उनले भने । महाशाखाले आज साँझ या भोलि शुक्रबार दशैंको विशेष बुलेटिन जारी गर्ने तयारी गरेको छ । मौसमी अवस्थाबारे विज्ञहरुबीच छलफल भइरहेकाले छिट्टै दशैं बुलेटिन आउने मौसमविद् लामिछानेले बताए । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जसका कारण अहिले देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्याङगसहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशको पहाडी ...
प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब श्रीपुर र चाप फुलबल क्लब विजयी

प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब श्रीपुर र चाप फुलबल क्लब विजयी

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ४ बगाहा फर्सेटस्थित प्रथम फर्सेट ओपन च्यालेन्ज कपको उद्घाटन खेलमा क्रेजी फुटबल क्लब (श्रीपुर) र चाप फुलबल क्लब विजयी भएका छन् ।स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद भन्ने नारका साथ फर्सेट फुटबल क्लबले प्रथम फर्सेट ओपन च्यालेन्ज कप (२०८०) फुटबल प्रतियोगिता आयोजना गरेको हो । बिहिबार दिउँसो २ बजे क्रेजी फुटबल क्लब (श्रीपुर) र लाङ्गाली युवा समुह (जलजले) बिचको उद्घाटन खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा क्रेजी फुटबल क्लबले लाङ्गाली फुटबल क्लबलाई ७–६ गोलले पराजित गरेको हो ।श्रीपुरको लागी जर्सी नं १८ का असिम राई, जर्सी नं ६ का सुविन खड्का, जर्सी नं ८ का समिर तामाङ, जर्सी नं १५ का मुकेश चौधरी र जर्सी नं १० का अमित मगरले गोल गरे भने लाङ्गालीका लागी जर्सी नं ८ का नविन तामाङ, जर...
त्रिनपा १५ मा हुरेण्डेक र जाल्पाले २०२४ मा गर्ने योजना सार्वजानिक

त्रिनपा १५ मा हुरेण्डेक र जाल्पाले २०२४ मा गर्ने योजना सार्वजानिक

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ कार्तिक । हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाज उदयपुरको संक्रिय गैरसरकारी संस्था हो । यी संस्थाले बिषेशगरी पहाडी भुगोलका निम्न बर्गका परिवार समुदायलाई उकास्ने काममा जोड दिदै आएको छ । जिल्लाको ६ ओटा पालिकाहरुमा संञ्चालन यस संस्थको परियोजना त्रियुगाको १५ पहाडी वडामा पनि संञ्चालनमा छ । उक्त वडामा हुरेण्डेक उदयपुर र जाल्पा एकीकृत बिकास समाजले आ–आफ्नै परियोजना संञ्चालन गरिरहेको छ । पहाडी वडाको रुपमा रहेको १५ नं वडामा हुरेण्डेक उदयपुरले पोषण कृषि, तथा स्वास्थ्यको क्षेत्रमा काम गर्दैै आएको छ भने यता जाल्पाले शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ । यी दुवै संस्थाले गरेको बिबिध कार्यक्रमले त्यहाको बालवालिकाहरु र निम्न बर्गका परिवारलाई ठुलो योगदान र सहयोग समेत पुगेको छ । हुरेण्डेक उदयपुरका कार्यक्रम संयोजक बिकल सुवेदीका अनुसार २०२३ मा त्यस क्षेत्रमा खानेपानी योजना, बाख्रा वि...
उदयपुरमा प्रतिबन्धित औषधि सहित २ जना पक्राउ

उदयपुरमा प्रतिबन्धित औषधि सहित २ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा प्रतिबन्धित औषधि सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी–३ बस्ने ३१ बर्षीय चन्द्र कुमार सुनुवार र कटारी–४ बस्ने ३५ बर्षीय तेजेन्द्र सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक डिएसपी हरिनन्दन चौधरीका अनुसार मंगलबार बिहान ११ बजेको समयमा कटारी १ बेसोत सिन्धुली भित्री सडक खण्डबाट उनिहरुलाई बिल बिनाको नियन्त्रित औषधिहरु सहित पक्राउ गरिएको हो । उनिहरुको साथबाट डि–कोफ ट्याबलेट–१०० चक्कि, टेनाग ट्याबलेट–१८९० चक्कि, स्पास्मो ट्याबलेट–१५०० चक्कि, कोफ ट्याब – डि ट्याबलेट–१४ चक्कि गरी अन्दाजि ३८ हजार मुल्य बराबरको अवैध औषधी बरामद भएसँगै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी औषधि विभाग कार्यालय बिराटनगर पठाई...
उदयपुरमा एक लघुवित्त संस्थाको ७३ लाख भन्दा बढी ठगी गरेको आरोपमा बरिष्ठ फिल्ड सहायक पक्राउ

उदयपुरमा एक लघुवित्त संस्थाको ७३ लाख भन्दा बढी ठगी गरेको आरोपमा बरिष्ठ फिल्ड सहायक पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक लघुवित्त संस्थाका ७३ लाख भन्दा बढी ठगी गरेको आरोपमा बरिष्ठ फिल्ड सहायकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ५ बस्ने श्रृजनशिल लघुवित्त वित्तिय संस्थाका तत्कालिन बरिष्ठ फिल्ड सहायक गौरव बहादुर अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बरिष्ठ सहायक अधिकारी रौतामाई ७ मुर्कुची स्थितमा रहेको श्रृजनशिल लघुवित्त वित्तिय संस्था शाखा कार्यालयमा कार्यरत थिए । उनले २०७८।१०।२८ गते तथा विभिन्न मितिमा उक्त संस्थाको सदस्यहरुको फर्जि नामावली कागज बनाई फर्जि ऋण पत्र देखाई रु ५०,९१,५७७ सावाँ र सोको व्याज रु.२२,३१,१६६ गरी जम्मा रु. ७३,२२,७४३ ठगी गरेको डिएसपी चौधरीले बताए । उक्त संस्थाले बरिष्ठ सहायक अधिकारी विरुद्ध जाहेरी दिएपछि अनुसन्धानको क...
उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

उदयपुरमा एक पुरुषको हत्या आरोपमा बाबु–छोरा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा एक पुरुषको हत्या गरेको आरोपमा प्रहरीले बाबु छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ७ सुक्लाईका चन्द्र कुमार सार्की र निजको छोरा तेज कुमार सार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार २०८०।०४।११ गते २०:०० बजेको समयमा सोही ठाउँ बस्ने रमेश कुमार सार्कीलाई बाबुको आदेशमा छोराले चिरपटले हानि पेट फुटाई गम्भिर घाईते बनाएका थिए । उजुरीको आधारमा असोज १३ गते चन्द्र बहादुर सार्कीलाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दामा कारवाहिको दायरामा ल्याईएको डिएसपी चौधरीले बताए । घाईते सार्कीको उपचारको क्रममा असोज १५ गते साढेँ २ बजेको समयमा मृत्यु भएपछि ज्यान मार्ने उद्योग मुद्दा कर्तव्य ज्यानमा परिणत भएको डिएसपी चौधरीले जनाए । त्यस्तै बाबुको आदेशमा चिर्पट प्रहार गरी फरार रहेका त...
उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, कार्तिक १ । उदयपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति ११ बजेको समयमा मापासे गरी पिटरले खाना पकाउने कुकरले प्रहार गर्दा टाउको, नाक र मुख समेतमा चोट लागी उनकी श्रीमती २९ बर्षीया छबिमाया गम्भिर घाईते भएकी थिईन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा साढेँ १० बजे मृत्यु भएको डिएसपी चौधरीले बताए । उक्त घटनाको खबर पाएपश्चात पिटरलाई बुधबार बिहान त्रियुगा नगरपालिका ८ राजावास बैरेनिबाट पक्राउ गरिएको डिएसपी चौधरीले जनाए । भारतको नयाँ दिल्लीमा करिव ९ महिना काम गरी १४ दिन अगाडि नेपाल फर्किएका उनिहरु दशै मनाउन भन्दै पाहुनाको रुपमा त्रियु...
उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो

उदयपुरमा ६८ औं प्रहरी दिवस मनाइयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार ३० । उदयपुरमा ६८ औं प्रहरी दिवस मनाईएको छ । मंगलबार जिल्ला अदालत उदयपुरका माननीय न्यायधिस नवराज दुलालको अतिथ्यमा प्रहरी दिवस सम्पन्न भएको हो । प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो । प्रहरी दिवसमा ब्याटमिनटन र भलिबलका विजयी खेलाडीहररुलाई पुरस्कृत गरिएको थियो । असोज १८, १९ र २० गते जिल्ला ब्याटमिनटन संघ उदयपुरको कवर्ड हलमा खुल्ला ब्याटमिन्टन प्रतियोगिता भएको थियो भने २१ र २२ गते अन्तर प्रहरी ईकाइ भलिबल प्रतियोगिता भएको थियो ।जिल्ला प्रहरी कार्यालय तथा मातहतका ईकाईहरुमा कार्यारत कर्मारीहरु मध्ये अत्यन्तै अनुसाशित, इमान्दार, कर्तव्यनिष्ट र लगनशिल भई तोकिएको जिम्मेवारी रचनात्मक, सिर्जनसिल र व्यवसायिक तवरबाट सम्पन्न गरी उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्र...