उदयपुर प्रवासी सेवा समाज कतारको सातौं साधारण सभा सम्पन्न
पूर्णपुष्टि,भाद्र २४ । उदयपुर प्रवासी सेवा समाज कतारको सातौँ साधारण सभा सम्पन्न भएको छ । गत सेप्टेम्बर ८ तारिख शुक्रबार ग्रीन रेष्टुरेन्टमा सम्पन्न साधारण सभाले कमल वाग्लेको अध्यक्षतामा १४ जना सदस्यलाई सर्वसहमत चयन गरेको हो । उक्त सभाले प्रथम उपाध्यक्ष पदको लागि हाल टुंगो नलागेको हुँदा पछि पदपुर्ती गर्ने निर्णय गरेको हो ।
यस्तै द्धितिय उपाध्यक्ष रामकुमारी तामाङ्, महा-सचिब बिष्णु बहादुर राई (राकेश), सचिब सन्जिप कटुवाल, कोषाध्यक्ष राम मगर, र सह–कोषाध्यक्षमा चन्द्र कुमार मगर रहने गरी नयाँ कार्य समिति चयन गरिएको छ । यता समाजको नवर्निवाचित सदस्यहरु क्रमस मिन चाम्लिङ राई, अमित आले मगर, मनिष तामाङ, अजय कुमार दनुवार, दिनेश सस्कार, बिष्णु घिमिरे र कुमार वाग्ले रहेको छन् ।
उक्त सभाको कार्यक्रमको सभापति गोपी कृष्ण अधिकारीले गरेका थिए भने कार्यक्रमलाई स्वागत मन्तव्य प्रथम उपाध्यक्ष भक्त कट्वा...







