प्रदेश नामाकरण बारे किराया त्रियुगा नगर कार्यसमितिको समिक्षात्मक बैठक
पूर्णपुष्टि, २० भदौ ।
किरात राई यायोख्खा (किराया) त्रियुगा नगर कार्यसमितिले बुधबार समिक्षात्मक कार्याक्रम आयोजना गरेको छ । गाईघाट स्थित साकेला थान परिसरमा नगर कार्यसमितिको आयोजना उक्त कार्यक्रम सम्पन्न गरेको हो । प्रदेश नं १ को नामाकरण बिषयलाई लिएर आन्दोलनरत रहेका पहिचान पक्षधरको अघिल्लो र पछिल्लो क्रियाकलापबारे समिक्षामा ब्यापक कुरा उठाईएका थिए । त्रियुगा नगर उपप्रमुख महेश्वरी राईको प्रमुख आतिथ्यतामा नगर कार्यसमितिको पदाधिकारी, १६ ओटै वडाका अध्यक्षहरु, माताहतका संस्थाहरु किरात राई पत्रकार संघ, किरात राई विद्यार्थी संघ, चाम्लीङ खिम घर, वान्तावा खाम्वातिम लगायतको उपस्थितिमा समिक्षा सम्पन्न भएका थिए ।
कार्यक्रममा जिल्ला र केन्द्र भने उपस्थित भएन । जिल्ला र केन्द्र जस्तो जिम्मेवार र सम्बन्धित पक्ष समिक्षात्मक बैठकमा उपस्थित नभएको भन्दै प्रश्न पनि उठेका छन् । प्रदेश नामाकरण सम्बन्धि आन...









