राष्ट्रिय अनुसन्धान विभागका अधिकृत मृत भेटिए
पूर्णपुष्टि, साउन १० । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृतअवस्थामा भेटिएका छन् । ईश्वर नगरपालिका– ६ बयलवास बजार निवासी २९ बर्षीय बसन्त साह सोही नगरापलिका ९, खोरिया टोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।
ड्युटी सकेर राति घर फर्किइरहेका साहले परिवारलाई फोन गरेर रातको १० बजे घर आईपुग्ने जानकारी गराएका रहेछन् ‘एसपी सुवेदीले भने’ तर भनेको समयमा नफर्क...









