Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

म्यानमारमा रम्दै स्वस्तिमा

म्यानमारमा रम्दै स्वस्तिमा

मनोरञ्जन
नायिका स्वस्तिमा खड्काले अभिनय गरेको चलचित्र ‘हजार जुनी सम्म’ असफल भएको थियो । तर नयाँ अर्को चलचित्र खेल्ने तयारीमा रहेको छ । कतिलाई यस चलचित्रमा किन खेल्न लागेको हो भन्ने प्रश्न उठिरेको छ । तिहार पछि देखि छायाँकन सुरु हुने नयाँ चलचित्र ‘चपली हाइट ३’मा घोषणा कार्यक्रम सकेर स्वस्तिमा म्यानमार उडेको थियो । अहिले उनीसँग विज्ञापन, म्यूजिक भिडियोको काम मात्र छ । म्यानमारमा स्वस्तिमा काम र मस्ति गर्दै छन् । उनी आफैले म्यानमारमा काम र होलिडेलाई एक साथ अगाडि बढाइरहेको उल्लेख गरेकी छिन् । पछिल्लो समयमा आएर नेपाली चलचित्रमा स्वस्तीमाको माग बढ्दै गएको छ ।...
बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा

समाचार
असोज ४ गते । विश्वकै अग्लो भवन बुर्ज अलिफामा पहिलो पटक नेपालको राष्ट्रिय झण्डा फहराएको छ । संविधान दिवसको अवसरमा गतसाँझ युएईको बुर्ज खलिफामा नेपाली झण्डा फहराइएको हो । विश्वका देशहरुको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको दिन संसारको अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन छ । ऐतिहासिक दृश्य अवलोकन गर्न भवन वरिपरि हजारौँ नेपालीहरुको भिड लागेको थियो भने अन्य देशका नागरिकले पनि दृश्यको अवलोकन गरेको थियो । बुर्ज खलिफामा नेपालको झन्डा देखिदा नेपालीहरुले ताली बजाएर खुसियाली मनाएको थियो । नेपालीको समेत श्रमले बनेको बुर्ज खलिफा भवनमा नेपालको झण्डा फहरिनु गौरवको कुरा भएको भन्दै नेपाली दूतावास र सरकारप्रति युएईमा रहेका नेपालीहरुले आभार प्रकट गरेका छन् । राजदुतको जिम्मेवारी सम्हालेदेखि युएई सरकारसँग बुर्ज खलिफामा नेपालको झण्डा फहराउन आग्रह गरेको राजदूत कृष्णप्रस...
डुबेर २ जना बालकको मृत्यु

डुबेर २ जना बालकको मृत्यु

समाचार
झापा, असोज ४ गते ।  झापाको कमल गाउँपालिकामा खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । कमल गाउँपालिका – ४ भुल्लुङ खोलाको निर्माणधीन कल्भर्टको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबरे मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर गुरासे घर भई (हाल कमल गापा–४) मा हजुरबुवा ज्ञानेन्द्रकुमार तामाङसँग बस्दै आएका १४ वर्षीय सुन्दर तामाङ र स्थानिय देवेन्द्र बुढाथोकीको छोरा ११ वर्षीय क्रेडिट बुढाथोकीको शुक्रबार दिउँसो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । साँझ अवेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा खाल्डामा जमेको पानीमा डुविरहेको अवस्थामा स्थानियले फेला प्रहरीलाई खबर गरेको थियो । घटनाको जानकारी पाउनथास प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
एएफसी यू–१६ मा ताजिकिस्तानको जित

एएफसी यू–१६ मा ताजिकिस्तानको जित

खेलकुद, समाचार
असोज ४ गते ।  एएफसी यू–१६ च्याम्पियनसिप छनोट खेलमा नेपाललाई पछि पादै ताजकिस्तानले जित हात पारको छ । गतराती भएको छनोट तेस्रो खेलमा नेपाललाई ७–० गोलको अन्तरले ताजकिस्तानले जित हात पारेको हो । प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल व्यहोर्नु परेको थियो । नेपालसँगको खेलमा जित हात पार्दै ताजिकिस्तानले ३ खेलबाट ९ अंक बनाएको छ । तीन खेलमा दुई हार व्यहोरेको नेपाल एक अंकमा सिमित छ । पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० गोलले नै पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । अव नेपालले अन्तिम खेल आइतबार श्रीलंकासँग खेल्नेछ ।...
संविधान दिवसमा रक्तदान

संविधान दिवसमा रक्तदान

समाचार
उदयपुर/असोज, ४ संविधान दिवसको अवसरमा गाईघाटमा रक्तदान कार्यक्र शनिबार भएको छ । यस दिवसको अवसरमा बिभिन्न कार्यक्रहरुका साथ रक्तदान कार्यक्र पनि राखिएको हो । अहिले धरै बिरामीहरुले रगत नपाएर उपचारको लागि समस्यामा पर्ने अवस्थालाई मध्यनजर गरी रक्तदान कार्यक्रमलाई अघि बढाएको जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियारले बताए ।मानव जिवनका लागि रगतको निकै महत्व रहेको भन्दै उपचारमा सरल पुराउने उदेश्यले रक्तदान कार्यक्रम गरिएको थियो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षउल्लासका साथ मनाऔँ घरघरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराका साथ उदयपुरमा पनि संविधान दिवस भव्य मनाइयो । संघिया साम्सद शुरेस कुमार राई लगाएतले रक्तदान गरेका थिए ।संविधान दिवस जिल्ला समारोहको आयोजना, रेडक्रस सोसाईटीको सहकार्य र जिल्ला समन्वयन समितिको आयोजनामा कार्यक्रम गरिएको थियो ।    ...
दशैँ तिहार महोत्सव सुरु

दशैँ तिहार महोत्सव सुरु

समाचार
उदयपुर, असोज ३ गते । उदयपुरको गाईघाटमा दश दिने “दशै तिहार महोत्सव–२०७६” सुरु भएको छ । अन्य महोत्सव भन्दा फरक तरिकाले शुक्रबारदेखि महोत्सव संचलन भएको हो । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघसस्थाहरुको सहयोगमा माहेत्सव संचालन भएको हो । उदयपुरमा कृर्तिमानी संग्राहालय निर्माणका लागि राष्ट्रिय हस्ताक्षर अभियनमा समेत अतिथिहरुले हस्ताक्षर गरेका थिए । संविधान र कानुनले दिएको कुरालाई कसैले रोक्न, छेक्न नमिल्ने  एनफाका प्रवक्ता किरण राईले बताए । नियम कानुन विपरित काम गर्नेलाई काुनन आफैले पनि नछाड्ने र त्यस्तालाई नियम अनुसार कार्वाही हुने राईले बताए । राम्रो काम गर्न चाहनेहरुको लागि फराकिलो सोच बनाउनु पर्छ । राम्रो कुरालाई प्रोत्साहन गर्दै नराम्रो कुरालाई सवै पक्षले न्युनिकरण गर्न जरुरी रहेको प्रवक्ता राईले बताए । जुन महोत्सव संचालन गर्दै गर्दाको सोच वि...
कपडा बैंकको उद्घाटन

कपडा बैंकको उद्घाटन

समाचार
उदयपुर, असोज ३ गते ।  संविधान दिवस २०७६, को अवसरमा उदयपुरमा कपडा बैंक उद्घाटन भएको छ । कपडा बैंकको उद्घाटन संगै विपन्न बर्ग र उनीहरुका बालबासिलकालाई वितरणसमेत गरिएको छ । गाईघाटको लोकतान्त्रिक पिपल चौममा आयोजित भएको कार्यक्रमको उद्घाटन संघीय सांसद सुरेशकुमार राई (हिमाल) ले गरेका थिए । प्रदेश सांसदहरु, जिल्लाका सरकारी निकायका प्रमुखहरु, नागरिक समाज, पत्रकार, व्यापारी, व्यवसायी लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता प्राकृतिक प्रेमी समाजका अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए । विभिन्न सामाजिक संघसंस्थासमेतको सहकार्यमा प्राकृतिक प्रेमी समाजको अगुवाईमा केही दिन यता नयाँ तथा लगाउन मिल्ने राम्रो कपडाको संकलन गरि कपडा बैंकमा जम्मा गरिएका थिए । हाल करिब पाँचसय थान कपडा संकलन भएको र वितरण गरिएको थियो । कपडा बैंक विपन्न, गरिब र विपत्तीमा परेकालाई सहयोग गर्ने हेतुले सूरुवात गरिएको र निरन...
उदयपुरमा संविधान दिवस भव्य

उदयपुरमा संविधान दिवस भव्य

समाचार
उदयपुर, असोज ३ गते ।  संविधान दिवस २०७६, उदयपुरमा भब्य रुपले मनाईदैछ । आज बृहद र्याली तथा कोणसभा गरि दिवस भनाईएको छ । विविध कार्यक्रमका साथ हिजोदेखि नै मनाउन सुरु गरिएको दिवस आज विशेषरुपमा र्याली तथा कोणसभाको आयोजना भएको हो । भोलीसम्म विविध कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको छ । आजको र्याली हालसम्मकै औपचारिक दिवस मनाउने मध्येको ठूलो र विशेष रहेको आयोजकले जनाएको छ । हजारौंको सहभागिता रहेको र्यालीमा  विद्यार्थी, कर्मचारी, शिक्षक, व्यापारी, व्यवसायी, गैरसरकारी संस्थाा, नागरिक समाज, पत्रकार, सुरक्षाकर्मी, राजनीतिक दलबाट व्यापक सहभागिता थियो । संघीय सांसद सुरेशकुमार राई (हिमाल) को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा, सुनिता चौधरी, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियार, उपप्रमुख गंगा राई, त्रियुगा नेगरका मेयर बलदेव चौधरी लगायतको उपस...
कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट

कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट

समाचार
असोज ३ गते ।  अछामको एक नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको छ । कमलबजार नगरपालिकाको कार्यालयमा बम विष्फोट भएको  हो । गतराती करिब १ बजे कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ । कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट गराउनेको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । विष्फोट गराउने समूहको खोजी कर्या भईहेको प्रहरीले जनाएको छ ।...
सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

लिम्चुङबुङ डायरी, समाचार
असोज ३ गते । सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको अर्थमन्त्री युवाराज खतिवडाले बताएका छन् । सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने मन्त्रि अतिवडाले बताएका हुन् । बिहीबार भृकुटीमण्डपमा ‘¥यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको मन्त्रि खतिवडाले बताए । उद्योगमा लागनी गर्नेलाई सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...