आईएमएफमा भारतको अर्थव्यवस्था कमजोर
भदौ २८ गते ।
भारतको आर्थिक वृद्धिदर निकै कम गतिले बढेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । तरपनि भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्था भन्दा माथि हुने आईएमएफले जनाएको हो ।
आईएमएफका नयाँ तथ्याङ्क अनुसार कोर्पोरेट तथा पर्यावरणीय नियामकको अनिश्चितता र केही गैरबैंकिङ कम्पनीका कमजोरीका कारण भारतको आर्थिक वृद्धिदर अहिले अनुमान गरिएको भन्दा निकै कमजोर रहेको छ ।’
चालु आर्थिक वर्षको पहिलो तीन महिना अप्रिलदेखि जुनसम्ममा भारतको आर्थिक वृद्धिदर गएको सात वर्षमा सबै भन्दा कम ५ प्रतिशत रहेको छ । गएको वर्षको पहिलो तीन महिनामा आर्थिक वृद्धिदर ८ प्रतिशत रहेको थियो ।
पहिले भारतको आर्थिक वृद्धिदर ७.५ प्रतिशत रहेको थियो । तर आईएमएफले ०.३ प्रतिशत कटौती गर्दै भारतीय आर्थिक वृद्धिदर ७.२ प्रतिशत रहेको आईएमएफको प्रतिवेदनमा जनाएको छ ।...









