Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

डेंगुका लक्षण र त्यसबाट बच्ने उपाय

डेंगुका लक्षण र त्यसबाट बच्ने उपाय

समाचार, स्वास्थ्य
भदौ २७ गते ।  देशै भर डेँगुको संक्रमण फैलि रहेको छ । जताततै जहित तहि र हस्पिटलका बेड डेँगुका विरामीले भरिएको छ । तर समयमै उपचार गरे डेंगु ठिक हुने भएकाले अतालिनु पर्ने अवस्था नरहेको चिकित्सकहरु बताउँछन् ।   डेंगुको लक्षण १. एक्कासी धेरै ज्वरो आउनु २. निरन्तर हप्ता दिनसम्म ज्वरो आउनु ३. धेरै टाउको दुख्नु ४. आँखाको दाना निस्कने गरी दुख्नु ५. जोर्नीहरु दुख्नु ६. शरीरमा बिमिरा आउनु   डेंगुबाट बच्ने उपाय १. लामखुट्टेको टोकाईबाट बच्नुपर्छ २. पानी जम्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा, अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर लगायतका वस्तु नष्ट गर्ने । ३. पानीका ट्याङ्कीको ढकन राम्रोसँग लगाउने जुन लामखुट्टे प्रवेश गर्न नसकोस ४. कूलरमा रहेको पानीमा प्रत्येक हप्ता एक–दुई चम्चा मट्टितेल हालिदिने र जमेको पानी सफा गन ५. फ...
लोकसेवा छलेर सरकारले भर्ती गर्ने

लोकसेवा छलेर सरकारले भर्ती गर्ने

लिम्चुङबुङ डायरी, समाचार
भदौ २७ गते ।  लोकसेवा आयोगलाई छलेर सरकारले ठूलो संख्यामा करारमा अधिकृत स्तरका कर्मचारी भर्ती गर्ने भएको छ । ठूला आयोजना र परियोजनामा कार्यकर्ता र आफन्त भर्ती गर्न मन्त्रिपरिषद्ले हजारभन्दा बढी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । यसबारे लोकसेवा आयोगलाई जानकारी गराएको छैन । सरकारले नयाँ दरबन्दी सिर्जना गरिएको सम्बन्धमा केहि जानकारी नभएको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले बताए । शुद्ध करारमा दरबन्दी सिर्जना गर्नु गलत भएको उनले बताए । सरकारले काजमा लगेर आयोजना–परियोजनामा आवश्यक कर्मचारी व्यवस्था गर्न सक्ने मैनालीले बताए । ‘रिक्त हो भने ठिकै हो । शुद्ध दरबन्दी हो भने गलत हो ।’ उने भने । विहिबार मन्त्रिपरिषद्ले गरेको सार्वजनिक निर्णयमा आठ सय ९३ जनाको दरबन्दी स्वीकृत भएको उल्लेख छ । त्यसमध्ये विभिन्न मन्त्रालयमा राजपत्रांकित पद (अधिकृत स्तर) को दरबन्दी आठ सय ५३ रहेको छ । यो समाचा...
अजको राशी फल

अजको राशी फल

Breaking News 1
आज मिति २०७६ साल भदौ २७ गते शुक्रबार, इ.स. २०१९ सेप्टेम्बर १३ तारिख, ने.सं. ११३९ ञलाथ्व, भाद्र शुक्लपक्षको चतुर्दशी तिथि । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागि आजको दिन आय आर्जनका नयाँ कामको थालनि हुने छ । काम बन्ने छ । कृषि, पशुपालन तथा व्यापारबाट फाइदा हुनेछ । काम अनुसारको फल प्राप्त गर्न सकिने छ । दिगो फाईदा हुने कामको जग बसाउन  सकिने मौका आउने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बा) बृष राशी हुनेहरुको लागि आजको दिन बादविवाद होला । धर्यताले लक्ष्य हासिल गर्न सकिएला । कामको शिलशिलामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्नेछ । बुद्धिले काम गर्दा चिताएको काम बन्न सक्छ । राम्रो कामको थालनि गर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशी हुनेहरुको लागि रोकिएका काम बन्नेछ । व्यावसायबाट राम्रो फाईदा हुने छ । मिहिनेतले जीवनशैलीमा पर...
विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

विद्यार्थीले प्याकेटको खानेकुरा खाए १० रुपैयाँ जरिबाना

शिक्षा, समाचार
भदौ २७ गते ।  डडेलधुराको एक विद्यालयले आफ्ना विद्यार्थीहरुले प्याकेटका खानेकुरा खाएको खण्डमा १० रुपैयाँ जरिवाना गर्ने भएको छ । अमरगढी नगरपालिका–७ को उग्रतारा उच्च माध्यमिक विद्यालय पोखराले विद्यालयमा विद्यार्थीले चाउचा, विस्कुट, कुकुरे लगायतका पत्रु खानेकुरा खाए जरिवाना गर्ने भएको हो । बालबालिकामा देखिने कमलपित्त लगायतका रोग बढ्दै गएपछि विद्यालयले विद्यालय समयमा उक्त खाद्य वस्तु प्रतिबन्ध लगाएको विद्यालयले जनाएको छ । विद्यालय परिसरमा यस्ता खानेकुरा खान रोक लगाएपछि विद्यार्थीले खान कम गरेको विद्यालयले जनाएको छ । उक्त खाने कुरा खाने दुई सय विद्यार्थी दण्दित भईसकेको छ । सुरुमा यस्ता खाने कुरा नियन्त्रण गर्न निकै समस्या आएपनि अहिले विद्यार्थीमा उल्लेख्य मात्रामा कमी आएको ठूला विद्यार्थीहरुले बताएका छन् ।...
बार्षिक कार्यक्रम आयोजना

बार्षिक कार्यक्रम आयोजना

समाचार
उदयपुर, भदौ २६ । उदयपुर जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रम बिहिवार गाइघाटमा आयोजना भएको छ । जिल्ला समन्वय समिती उदयपुरको आयोजनामा आर्थिक वर्ष २०७५र७६ को वार्षिक समीक्षा भएको हो । दुईदिनसम्म सञ्चालन हुने कार्यक्रममा स्थानिय सरकारहरुको तर्फबाट पालिकाहरु, विषयगत कार्यालयहरुले गत आर्थिक वर्षको प्रगती प्रतिवेदन प्रस्तुत गरि समीक्षा गर्ने साथै गैर सरकारी सस्थाहरुले समेत प्रगती प्रतिबेदन प्रस्तुत गर्ने तालिका रहेको छ । सङ्घिय सम्सद, पालिका प्रमुख तथा उप प्रमुख, सुरक्षा प्रमुख, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रह्यो । समन्वय प्रमुख खड्ग परियारको अध्यक्षतामा भएको कार्यक्रममा सम्सद तथा पालिका प्रमुख तथा कार्यालय प्रमुख तथा प्रतिनिधि हरुले मन्तव्य राख्दै विगतका कमिकम्जोरी बाट सिक्दै सोही अनुरुपको भावी योजना बनाउन सुझाव दिए । फुलसहितको गमलामा पानी हालेर ...

श्रीमति हत्या आरोपमा पक्राउ

समाचार
उदयपुर, भदौ २६ गते ।   आप्mनै श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा कटारी रउदयपुरको उदयपुरगढी गाउँपालिका -५, मौवासीका रमेश राईलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुन्धान सुरु गरेको छ । गएको भदौ १३ गते श्रीमति शुभद्रा बुढाथोकीलाई राईले कुटपिट गरेको प्रहरीले जनाएको छ । शुभद्राको भदौ २१ गते राति राईको कुटाईकै कारण मृत्यु भएको हुनसक्दै भन्दै २२ गते नै राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयका प्रमुख डिएसपी प्रेम सागर केसीले बताउनुभयो । राईलाई म्याद थप गरी अनुसन्धान गरिरहेको पनि केसीले बताउनुभयो । बुढाथोकी राईको कान्छी श्रीमति रहेको पनि प्रहरीले जनाएको छ ।...
तीन वर्षमा १ सय ६० महिला बेपत्ता

तीन वर्षमा १ सय ६० महिला बेपत्ता

समाचार
भदौ २६ गते । रोल्पाबाट तीन वर्षमा एक सय ६० जना महिला हराएको  एक तथ्याङकले देखाएको छ । हराएकामध्ये प्रहरीको सहयोगमा ९५ जना फेला परेपनि ६५ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्याङकले देखाएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ५६ जना महिला हराएको थियो । यसमध्ये ४१ जना मात्रै फेला परे भने ८ जना अझै भेटिएका छैन । त्यस्तै आव २०७४÷७५ मा ५५ हराएका मध्ये ५० जना फेला परे भने पाँच जना अझै फेला परेका छैन । गत आव २०७५÷७६ मा ५६ जना महिला हराए थियो । अहिलेसम्म ४ जना मात्रै फेला परे भने ५२ जना अझै फेला परेको छैन । प्रहरीमा उजूरी परेका मध्ये केही महिला तथा बालबालिका घर फर्किएका छन् । अभिभावकले दिएको हुलियाका आधारमा खोजी गरेर भेटिएका र आफैं घर फर्केका गरी तीन वर्षमा ९५ जना मात्रै फेला परेको छ भने अझै ६५ जना फेला नपरेको तथ्याङकले देखाएको छ । अभिभावकले दिएको सूचनाका आधारमा देशभरका प्रह...
रमणीय ‘पाडुले पोखरी’

रमणीय ‘पाडुले पोखरी’

पर्यटन, समाचार
भोटराज राई/आमचौक (भोजपुर), भदौ २६ यतिबेला कतै कुकुर मार्ने अभियान, त कतै कुकुर बचाऊ अभियान चलिरहेको छ । भोजपुरको आँमचौकमा भने किम्बन्दन्तीको आधारमा कुकुरको सालिकसहित पाडुले पोखरी निर्माण गरी पर्यटक आकर्षित गरिएको छ । पालिकाको केन्द्र वडा नं. ४ बालंखा   अघि पाडुले पोखरी निर्माण गरिएको हो । सदावहार पानी रहने र बीचमा खम्बा उठाई कुकुरको सालिक राखिएको पोखरी यतिबेला आकर्षणको केन्द्र बनेको छ । पालिका कार्यालय अगाडि नै निर्माण गरिएको पोखरी र कुकुरको सालिकले पर्यटक आकर्षित हुने गरेको छ । त्यहाँ जडान गरिएका रंगीन बत्ति र पानीको फोहोराले दिनभन्दा राती अझबढि आकर्षण दिने गरेको छ । चोमोलुङ्मा सामुदायिक रेडियोका स्टेशनमेनेजर राजन समिप राईका अनुसार कुकुरको मुर्तीमा विभिन्न विशेषता रहेका छन् । खडा भएको कुकुरको कलात्मक मुर्तीलाई गहिरिएर हेर्दा दुईटा अगाडीको खुट्टा मध्ये एउटामा नाग र अर्कोमा हाँ...
सोनाक्षीको ३० किलो तौल घट्यो

सोनाक्षीको ३० किलो तौल घट्यो

मनोरञ्जन, समाचार
भदौ २६ गते । सोनाक्षी सिन्हाले बलिउडमा डेब्यु गर्नु भन्दा पहिला ९५ किलोबाट घटाएर ६५ किलोमा झारेकी थिइन् ।  सोनाक्षी कलेज पढ्दा रहेको तौलबाट ३० किलो घटाएकी थिइन् । यति धेरै तौल घटाएपछि कसरी तौल घटाईन् भन्ने सवैमा कौतुलहता जागेको थियो । तर उनी फिल्म क्षेत्रमा आउनको लागि कडा मेहेनत गरेर शरीरलाई सामान्य अवस्थामा ल्याएकी थिईन् । तौलका कारण धेरै समस्या झेल्नुका साथै एउटा मोटी केटीको रुपमा चिनिएकी अनुभव सुनाएकी छिन् । उनको तौलकै कारण धेरै कुरामा साइड समेत लगाई मागेकी थिईन् । उनलाई एक दिन मोडल जस्तै क्याट वाक गर्न मन लागेपछि क्याट वाक गर्दा आफ्नो मजाक उडेको सुनाएकी छिन् । उनको पहिलो फिल्म ‘दबंग’ भन्दा अगाडि कडा मेहेनत गरेर तौल घटाइन् । फिल्म रिलीजपछि दर्शकले असाध्यै माया दिएको भएपनि मिडिया र फिल्म उद्योगका केहि मानिसहरुले मजाक उडाएको दुखेसो पोखिन् । सन् २०१० मा सुपरस्टार सलमान खानसँ...
किशोरीलाई बसभित्रै बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

किशोरीलाई बसभित्रै बलात्कार गर्न खोज्ने चालक र सहचालक पक्राउ

समाचार
भदौ २६ गते ।  मोरङमा बस भित्रै चालक र सहचालकले किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा पक्राउ परेका छन् । रंगेली नगरपालिका–३ निबासीे बसका चालक ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ निबासी १९ वर्षीय सन्तोष न्यौपाने पक्राउ परेका हुन् । ना ६ ख ९३४४ नम्बरको बस चालक र सहचालकले उक्त बसभित्र १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । वेतनाबाट दमक हिँडेकी बालिका दमक पुगेपछि बसबाट झर्न खोज्दा झर्न नदिई फकाएर बसमै राखी पथरीशनिश्चरे हुँदै रंगेली नगरपालिका–९ को दोहमना हाटचौक लगी बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गत आइतबार साँझ साढे ६ बजे बसका चालक खड्काले बसको पछाडीको सीटमा बलात्कार प्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेल...