Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ २६ गते । सुनसरीको ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१३ खनारका ५२ बर्षीय फागुलाल सरदारको मृत्यु भएको हो । गतराती साँढे ७ बजे आफ्नै घरमा लाईन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
बसले बस पार्कमा दुई बालबालिका लपपत्र पा¥यो

बसले बस पार्कमा दुई बालबालिका लपपत्र पा¥यो

समाचार
उदयपुर, भदौ २६ गते । हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित एक बसले दुई बालबालिकालाई बस पार्कमै अलपत्र पारेका छ । सदरमुका गाईघाटको त्रियुगा बस पार्कमा को १ ख ४७२२ नम्बरको बसले कमल शाही ठकुरी र रितु तामाङलाई अलपत्र पारेको हो  । मुलघर दैलेख मलु भएका १२ वर्षिय बालक ठकुरी र ३ वर्षिय रितु तामाङलाई बस पार्कमा बसले अलपत्र पारेको थियो । खोटाङ बारापोखरी–१ खोसार्नेबाट हजुरआमालाई भेटेर आउने क्रममा पर्वत तामाङलाई बनेपासम्म पु¥याउने जिम्मा लगाएको थियो । तर तामाङले बालबालिकालाई रौतामाई गाउँपालिका ४ रसुवाघाटमा हिमाली यातायात व्यवसायी केन्द्रद्वारा संचालित बसमा चढाएर बस कण्डक्टर र बस ड्राइभरलाई बनेपासम्म छोडि दिने सर्तमा लिएर आएका थियो । बनेपासम्म पु¥याउने जिम्मा लिएर आएका बस चालक र बसका कण्डक्टरले बस पार्कमा ति बालबालिकालाई ओरालेर अलपत्र छाडेको सँगै बसमा आएकी कमला पोखरेलले बताईन् । बसमा च...
१० दिने दशैँ तिहार महोत्सव आसोजमा

१० दिने दशैँ तिहार महोत्सव आसोजमा

समाचार
उदयपुर, भदौ २६ गते ।  उदयपुरको गाईघाटमा १० दिने ‘दशँै तिहार महोत्सव–२०७६’ संचालन हुने भएको छ । सदरमुकाम गाईघाटमा आगामी असोज १ गतेबाट १० गतेसम्म महोत्सव संचालन हुने भएको हो । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा विभिन्न संघसस्थाहरुको सहयोगमा हुन लागेको हो । अन्य महोत्वस भन्दा फरक तरिकाले गर्न लागेको महोत्सवको १० बुदे अवधारणा पत्रसमेत विहिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको थियो । मेला महोत्सवले विकृति तथा विसंगती फैलाएको र समाजलाई रुपान्तरण गर्नका लागि यस महोत्सवले ठूलो भूमिका खेल्ने आशाको साथ महोत्सवको आयोजना गरेको मुल आयोजक समितिले जनाएको छ । मोत्सव विहान ११ बजेबाट सुरु भई साँझ ७ बजे सकिने गरि संचालन हुने मुल आयोजकका संयोजक सरोज श्रेष्ठले बताए । राती महोत्सव गर्दा सुरक्षाको समस्या र चेलिबेटी दाजु भाईहरु अवेरसम्म घर बाहिर हुने भएकाले यसलाई मध्ये नजर...
आजको राशी फल

आजको राशी फल

Breaking News 1
आज मिति २०७६ साल भदौ २६ गते बिहीबार । इ.स. २०१९ सेप्टेम्बर १२ तारिख । ने.सं. ११३९ ञलाथ्व । भाद्र शुक्लपक्षको चतुर्दशी तिथी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशी हुनेहरुको लागि आजको दिन श्रमको मूल्यांकन भए पनि प्रतिफल पाउन गाह्रो पर्ला । अरुको कमै विश्वास गर्नु होला । नयाँ कामको थालनि हुने योग रहेको छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बृष राशी हुनेहरुको लागि आजको दिन काममा अलिक बढी श्रम र मेहन गर्नु पर्ने बेला आएको छ । बोलेका काम गर्न नसक्दा विभिन्न टिकाटिपनी सहनु पर्ला । ढिला काम बन्ला । आफन्तको मनोभाव बुझेर काम गर्नु होला । सेवामुलक कामले आशा जगाएपनि साईनो गाँस्ने देखि टाढै रहेको राम्रो । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशी हुनेहरुको लागि आजको दिन गुमाएका वस्तु पाउन सक्नु हुने छ । व्यापार व्यावसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । अल्झिएक...
म्याराथनको उपाधी भीमबहादुरलाई

म्याराथनको उपाधी भीमबहादुरलाई

खेलकुद, समाचार
भदौ २५ गते । आरुघाटका भीमबहादुर गुङले लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधि चुमेको छ । ४२ किलोमिटर दुरीको म्याराथन ३ घण्टा १७ मिनेट २ सेकेण्डमा पार गर्दै पूर्व सैनिकसमेत रहेका गुरुङले उपाधी चुमेको हो । म्याराथनमा सहभागी १ सय १४ जनालाई पछि पार्दै उपाधी चुमेका गुरुङले नगद एक लाख ५० हजार पुरस्कार पाएका छन् । त्यस्तै ३ घण्टा १७ मिनेट ४५ सेकेण्डमा दुर पार गर्दै रुकुमका दुर्गाराज बुढा दोस्रो र ३ घण्टा ३० मिनेट २ सेकेण्डमा दुरी पार गर्दै रणवम दल गणका सविन तामाङ तेस्रो भएका छन् उनीहरुले एक लाख र ५० हजार रुपैयाँ पुरस्कार पाएछन् । दशौं स्थानसम्मका प्रतियोगीहरुलाई पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ । पालुङटार नगरपालिकाको लिगलिगकोटबाट शुरु भएको दौड सिरानचोक गाउँपालिकाको हर्मी, सिरानचोक हुँदै गोरखा नगरपालिकाको गोरखा दरबार पुगेर टुंगिएको थियो । नेपाली से...
नेपाली चलचित्रको प्रिमियरमा सन्नी

नेपाली चलचित्रको प्रिमियरमा सन्नी

मनोरञ्जन, समाचार
भदौ २५ गते ।  बलिउड चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुने बलिउड नायिका सन्नी लियोनी नेपाल आउने भएको छ । ‘पासवर्ड’ चलचित्रमा एउटा आइटम नृत्य गरेको सन्नी विहिबार नेपाल आउने भएको हो । चलचित्रमा आईटम नृत्यु मात्रै गरेकी सन्नीको चर्चा चलेको छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चाले भने आकाश चुमेको छ । सम्राट बस्नेतको निर्देशनमा बनेको चलचित्र यहि भदौ २७ गतेबाट सार्वजनिक हुन लागेको हो । चलचित्रमा विक्रम जोशी, अनुप विक्रम शाही, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रचार प्रसार गर्न एक मजबुत हतियार बनेकी सन्नी सार्वजनिक हुन लाग्दा पनि नेपाल आउने भएका हुन् । चलचित्रको प्रिमियरमा सन्नी सहभागी हुँदा यसले राम्रो गर्ने आशा लिएको छ । उनी पनि नेपाल आउन पाउदा उत्साहित भएकि छिन् । नेपालको बहुमुल्य मुर्ती चोरेर विदेश ...
रुखले चेपेर १ बालकको मृत्यु

रुखले चेपेर १ बालकको मृत्यु

समाचार
भदौ २५ गते । दाङको बंगलाचुलीमा रुखले चेपेर एक जना बालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बंगलाचुली गाउँपालिका– ६ सोतीटोल निबासी हरिप्रसाद खत्रीको छोरा १० वर्षीय सुजन खत्रीलाई रुखले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुखले च्यापेर अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रुखले चेप्दा सुुजनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी बाटोमा रुख ढलेर बालकहरुलाई चेपेको प्रहरीले जनाएको छ ।...
खुकुरी प्रहारबाट १ जना घाईते

खुकुरी प्रहारबाट १ जना घाईते

समाचार
खोटाङ, भदौ २५ गते । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा धारिलो हतियार प्रहारबाट एक जना घाईते भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ निबासी ४३ बर्षीय बालाराम कट्वाल घाईते भएको हो । गतराती करिब ९ बजे मादक पदार्थ सेवन गरी आएका भतिजने दिनेश कट्वालसँग सामान्य बादबिबाद हुदाँ दिनेशले कुकुरी प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते बालारामको जिल्ला अस्पताल दिक्तेलमा उपचार भईरहेको छ भने खूकुरी प्रहार गर्ने दिनेशलार्ई जिल्ला प्रहरी कार्यालय खोटाङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
१९ लाख ठगेर फरार केसी पक्राउ

१९ लाख ठगेर फरार केसी पक्राउ

समाचार
भदौ २४ गते ।  बैदेशिक रोजगारीमा मकाउ पठाउने भन्दै ठगी गरेर दुई महिनादेखि फरार भएका एक व्यक्ति पक्राउ परेको छ । रौतहट चन्द्रपुर नगरपालिका–३ घर भएका (हाल काठमाडौं महानगरपालिका–५) बस्ने विनोद बस्नेत (विनोदमणि) भन्ने ४२ वर्षीय राजु केसी पक्राउ परेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले सोमबार दिउँसो काठमाडौंको हाँडीगाउँबाट केशीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । राम्रो तलबमा मकाउ पठाई दिने भन्दै प्रलोभनमा पारेर ६ जनाबाट १९ लाख १० हजार रुपैयाँ लिएर गत जेठदेखि फरार भएको अपराध महाशाखाले जनाएको छ । पक्राउ परेका केसीको साथबाट फरक–फरक नाममा रहेका दुईवटा सवारी चालक अनुमति पत्रसमेत बरामद भएको महाशाखाले जनाएको छ । गोरखा पालुङटार नगरपालिका–८ निबासी रामशरण कोइरालासहित ६ जनाले जेठ १४ गते संयुक्त जाहेरी दिएपछि महाशाखाको टोलीले केसीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।...
बसको ठक्करबाट एक पैदलयात्री घाईते

बसको ठक्करबाट एक पैदलयात्री घाईते

समाचार
झापा, भदौ २४ गते  झापाका शिवसताक्षीको पश्चिम बस स्टेनमा बसको ठक्करबाट एक जना पैदल यात्रि घाईते भएको छ । शिवसताक्षी नगरपालिका–८ का पश्चिम बस स्टेनको पूर्व पश्चिम राजमार्गमा पैदलयात्री घाईते भएको हो । पूर्वबाट पश्चिमतर्फ जादै गरेको को १ ख ६६९० नम्बरको बसले स्थानिय ६० वर्षीय जदपतिप्रसाद साहलाई दिउँसो १२ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउने वितिकै प्रहरी घटनास्थल पुगी घाईते साहलाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।...