Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

निकुञ्जमा गैंडा मृत फेला

निकुञ्जमा गैंडा मृत फेला

समाचार
भदौ १३ गते । राष्ट्रिय निकुञ्ज चितवनमा एक गैंडा मृत अवस्था फेला परेको छ । निकुञ्जको मेघौलीमा पर्ने राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा गैंडा मृता वस्थामा फेला परेको निकुञ्जले जनाएको हो । निकुञ्जमा भेटिएको मृत गैँडा कालगतिले मरेको हुन सक्ने निकुञ्जले जनाएको छ । चालु आर्थिक बर्षमा कालगतिले मरेको पहिलो गैंडा रहेको निकुञ्जले जनाएको छ । करिब ३५ बर्षको गैंडा भदौ ११ गते मृत अवस्थामा भेटिएको थियो । गैंडाको औसत आयु ३५ देखि ४० बर्षको हुने निकुञ्जले जनाएको छ । गत बर्ष यहि समयमा निकुञ्जमा चार गैंडा मरेका थिए । गत आर्थिक वर्षमा कालगतिका कारण निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा सवै भन्दा धेरै ४३ वटा गैंडा मरेका थिए । निकुञ्जमा ६ सय ५ वटा गैंडा रहेको छ । यस बर्ष गैंडा गणना गर्ने कार्यक्रम रहेकाले सरकारले १ करोड ५ लाख बजेट विनियोजन गरेको छ ।...
विश्व साईकल यात्री कटारीमा

विश्व साईकल यात्री कटारीमा

समाचार
कटार, भदौ १३ गते । कपिलवस्तु वाढगंगा नगरपालिका – ९ का ४२ वर्षिय विश्व साईकल यात्री हेमराज पौडेल शुक्रबार कटारी आईपुग्नु भएको छ । ११ वर्ष पहिले २०६५ वैशाख १ गते लुम्बिनीबाट विश्व शान्ति , भाईचारा र बुद्ध नेपालमै जन्मेका हुन भन्ने शन्देस दिन विश्व साईकल यात्रामा निस्किएको बताउने पौडेल शुक्रबार कटारी आईपुग्नुभएको हो । हाल सम्म एशिया महादेशका देशहरु र खाडी मुलुकका देशका अलावा नेपालका खोटाङ्ग बाहेकका जिल्लाहरु यात्रा गरिसकेका पौडेलले अबको यात्रा खोटाङ्को रहेको बताउनुभयो । ‘गिनिज बुकमा नाम लेखाउने उद्येश्य पुरा नभएसम्म यात्रा जारी राख्छु ’उहाँले भन्नुभयो –‘परिवार र देशको पनि सपोर्टले यात्रा गरिरहेको छु ।’ जहाँ जहाँ पुगेपनि वुद्ध नेपालमै जन्मेका हुन भन्ने शन्देस छर्दै हिंडेका पौडेलले नेपालमा राष्ट्रियस्तरबाट यो अभियान चाल्न नसक्नुमा भारत र चीन जस्ता ठूलो देशको कुटनीतिक त्रास रहेको हुन सक...
चपली हाईट ३ मा अभिनेत्री स्वस्तिमा

चपली हाईट ३ मा अभिनेत्री स्वस्तिमा

मनोरञ्जन, समाचार
भदौ १३ गते । ‘चपली हाईट ३’ चलचित्रमा भिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएको छ । निकेश खड्काको निर्देशनमा तयार हुने चलचित्रमा अभिनेत्री स्वस्तिमाले अभिनय गर्ने पक्का भएको हो । चलचित्र ‘बुलबुल’ बाट प्रशंसा पाएकी स्वस्तिमाले भर्खरै प्रदर्शन भएको फिल्म ‘हजार जुनीसम्म’ मा भने चर्चा कमाउन सकेनन् । चपली हाइट ३ को लागि स्वस्तिमासँगै सौगात मल्ल, सृष्टी श्रेष्ठ, प्रतीक श्रेष्ठ र अमिर गौतम फाइनल भएका छन् । उक्त चलचित्रको छायांकन दशैँपछि देखि हुने जनाईएको छ ।...
२२५ रनको लक्ष्यमा नेपाल

२२५ रनको लक्ष्यमा नेपाल

खेलकुद, समाचार
भदौ १३ गते । नेपाली यू–९९ क्रिकेट तिटमले तेस्रो अभ्यास खेलमा २२५ रनको लक्ष्य पाएको छ । नेपाली युवा टिमलाई २२५ रनको लक्ष्य श्रीलंकाली टिम चिलाव मारियन्सले दिएको हो । मारियन्सले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २२४ रन बनाएपछि नेपालले मध्यम लक्ष्य पाएका थियो । सुरुवात राम्रो गरेको मारियन्सले १२.३ ओभरमा पहिलो विकेट गुमाउँदा ५० रन बनाएको थियो । नेपालका लागि सूर्य तामाङ र पवन सर्राफले समान २–२ विकेट लिएका थिए । यहि भदौ १९ गतेदेखि श्रीलंकामा एसीसी यू–१९ एसिया कप सुरु हुँदैछ । उक्त प्रतियोगिताको लागि नोपलले तयारी गरिरहेको छ । नेपाल रहेको समूह ‘बी’मा आयोजक श्रीलंका, बंगलादेश र यूएई रहेका छन् ।...
सामाजिक सञ्जालमा अपुष्ट लेख्न नपाईने, पत्रकार नयाँ आचारसंहिता

सामाजिक सञ्जालमा अपुष्ट लेख्न नपाईने, पत्रकार नयाँ आचारसंहिता

समाचार
भदौ १३ गते । नेपाल प्रेस काउन्सिल र नेपाल पत्रकार महासंघले आचारसहिंता संशोधन गरेको छ । पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा सजग गराउँदै आचारसहिंता संशोधन गरेको हो । पत्रकारका लागि कडा प्रावधानहरु भएको यस आचारसंहिता आगामी असोज ६ गतेबाट लागू हुने छ । प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने काउन्सिले जनाएको छ । नयाँ प्रविधि र त्यसले ल्याएका चुनौती तथा समस्याहरुलाई समेत दृष्टिगत गरेर नयाँ आचारसंहिता जारी गरिएको उनले बताए । पत्रकार तथा सञ्चारमध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने समाचार, विचार र सूचना वा जानकारीहरु सत्य तथ्यपूर्ण, सन्तुलित र मर्यादित हुनुपर्ने प्रावधान नयाँ आचारसंहितामा राखिएको छ । केहि समयदेखि युट्युबर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने र उनीहरुका सनसनीपूर्ण तर, अफवाह फैलाउन...
दुई जोर खानीलाई उत्खनन अनुमति

दुई जोर खानीलाई उत्खनन अनुमति

आर्थिक, समाचार
भदौ १३ गते । नेपालको चार वटा खानीले उत्खननका लागि खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा, क्वार्जजाईट, पथर तथा कोईला उत्तखनको लागि विभागले अनुमति दिएको हो । चालु आर्थीक वर्षमै स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको विभागले जनाएको छ । खनिज उत्खननका लागि आएका निवेदनलाई आवश्यक अनुसन्धान गरेर अनुमति दिएको विभागले जनाएको छ । विभागले आव ०७५/७६ मा खनिज उत्खननका लागि नौ कम्पनीलाई अनुमति दिएको थियो । जसमध्ये चुनढुङ्गा उत्खननमा मात्र छ वटा रहेका रहेका छन् । आव ०७५/७६ मा चुनढुङ्गा उत्खननका लागि स्वीकृत दिएको कम्पनीमा विशाल सिमेन्ट इण्डट्रिज प्रालि, ऋद्धिसिद्धी सिमेन्ट प्रालि, शुभश्री अग्नि सिमेन्ट प्रालि, मेगा सिमेन्ट प...
पाल्न दैलेख लगेका २३ गाईको मृत्यु

पाल्न दैलेख लगेका २३ गाईको मृत्यु

समाचार
भदौ १३ गते । पाल्नका लागि बाँकेबाट दैलेख लगिएका गाई २३ वटा गाई सुर्खेतमा मृत भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको कान्जी हाउसबाट दैलेख गाई वीरेन्द्रनगर नगरपालिककोा कट्कुवामा मृत भेटिएको हो । गतराति २ सय ९१ वटा गाई ८ वटा ट्रकमा लगिएको थियो । त्यसमध्ये २३ वटा गाई मरेका छन् भने अरु गाई सडक र जंगलमा अलपत्र अवस्थामा रहेको प्रहरीले जनाएको छ । उक्त स्थान अझै करिब १ सय ५० वटा जति गाई छरपस्ट अवस्थामा रहेको प्रहरीले जनाएको छ । दैलेखका कृषकले पाल्ने भनेकाले लान अनुमति दिएको जिल्ला प्रशासन बाँकेले जनाएको छ । शंकास्पद ५ वटा गाडीलाई नियन्त्रणमा लिइसकेको छ भने घटनामा संलग्न हुनसक्ने व्यक्तिको खोजी भइरहेको प्रहरी जनाएको छ ।...
एनसेल प्रति सर्वोच्चले गरेको फैसला संसदीय समितिमा

एनसेल प्रति सर्वोच्चले गरेको फैसला संसदीय समितिमा

समाचार
भदौ १३ गते । सर्वोच्च अदालतले एनसेलको कर विवाद बारे गरेको फैसला प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले अध्ययन गर्ने भएको छ । शुक्रबार बसेको समितिको बैठकमा एनसेलले तिनुपर्ने करबारे सर्वोच्चले सुनाएको फैसलाबारे अधययन गर्नुपर्ने सांसदहरुले बताएका थिए । बैठकमा सांसदहरुको धारणा सुनेपछि समितिका सभापति कृष्णभक्त पोखरेलले भने न्यायपालिकालाई संसदीय समितिले यस्तो फैसला गर भन्न चै मिल्दैन र सवोच्चको फैसलामाथि प्रश्न उठाउने पनि होइन । तर जनचासोको विषय भएर आएपछि समितिले सर्वोच्चले गरेको फैसलाहरुमा अध्ययन गर्न सक्ने व्यावस्था भएको उनले बताए । अर्को बैठकमा एनसेल कर छुट र सर्वोच्चको फैसलाबारे थप छलफल गर्ने सभापति पोखरेलले बताए । भदौ ९ गते सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गत वैशाखमा निर्धारण गरेको कर बदर गरेको थियो ।...
म्याजिक भेनको ठक्करबाट एक जना घाईते

म्याजिक भेनको ठक्करबाट एक जना घाईते

समाचार
सुनसरी, भाद्र १३ गते । सुनसरीको इनरुवामा म्याजिक भेनको ठक्करबाट एक जना पैदल यात्री घाईते भएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ईनरुवा नगरपालिका–३ महेन्द्रचोकमा भेनले ठक्कर दिदा यात्री घाईते भएको हो । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को १ ज ३०७४ नम्बरको म्याजिकले साँझ साढे ५ बजे ईरुनपा–४ निबासी ६० वर्षीय बासुदे पण्डितलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । म्याजिकको ठक्करबाट गम्भिर घाईते भएका पंन्डितलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी लगि थप उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने म्याजिक र म्याजिक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग

गोरखापत्रमा राई समुदायको २५ भाषै समेट्न यायोक्खाको माग

समाचार
भदौ १३ गते । गोरखापत्र दैनिकको भाषा पृष्ठमा राई समुदायको २५ वटै भाषा समेटेर प्रकाशन गर्नु पर्ने किरात राई यायोक्खाले माग गरेका छ । यायोक्खाले बुधबार आयोजना गरेको भाषिक संस्थाको प्रतिनिधिहरुको बैठकले गोरखापत्र संस्थानसँग माग गर्ने निर्णय भएको हो । गोरखापत्रले आगामी महिनादेखि भाषिक बाहुल्यता रहेको प्रदेशबाटै भाषिक पृष्ट प्रकाशित गर्ने तयारी गरिरहेको छ । त्यसैले यायोक्खामा आयोजित बैठकले १ नम्बर प्रदेशमा राई समुदायको २५ वटै भाषाबाट भाषिक पृष्ट प्रकाशन गर्न माग गर्ने निर्णय भएको यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए । हाल ३६ वटा भाषा मध्ये राई भाषाको रुपमा वान्तावा, चाम्लिङ, कोयी, थुलुङ, कुलुङ, बाहिङ, साम्पाङ, दुमि, वाम्बुले गरी ८ वटा राई भाषाबाट पृष्ट प्रकाशन हुँदै आएको थियो । असोज ३ गतेबाट भाषिक पृष्ठ सम्बन्धित प्रदेशबाट प्रकाशन हुँने गोरखापत्रमा प्रकाशन हुँने नीति बनेक...