होटलमा नेपाली रैथाने खानाको मेनु अनिवार्य
भदौ १३ गते ।
नेपाली रैथाने खाना परिकारको मेनु ठूला होटेलमा अनिवार्य राख्नुपर्ने भएको छ । विशेष गरी सरकारले चारतारे र पाँचतारे होटेलका लागि नयाँ मापदण्ड तोक्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता जनाएको छ । नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्नका लागि ठूला होटलले नेपाली मौलिक खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटेल मापदण्ड तोक्ने मन्त्रि भट्टराईले बताए ।
नेपालमा १५ वटा पाँचतारे होटेल स्थापना भइसके पनि विदेशी खानाले गर्दा नेपाली मौलिक परिकार लोप हुदै गएको छ । अहिले यस होटेलहरुमा इटाली, फ्रान्स, टर्की, चिनियाँ, भारतीय, थाइ, मलेसियन, जापानिज, कोरियन खाना प्रचलित रहेको छ ।
मौलिक परिकारको अन्तराष्ट्रियकरण गर्नका लागि सरकारले पहल गर्ने भएको छ । प्रवद्र्धनका लागि हरेक गतिविधिमा परिका...









