Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

साग प्रतियोगिताको लागि प्रारम्भिक टोली छनोट

खेलकुद, समाचार
भदौ १२ गते । नेपालमा आयोजना हुने १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली प्रारम्भिक क्रिकेट टोली छनोट भएको छ । आगामी डिसेम्बर १ देखि १० सम्म संचालन हने सागमा नेपाली टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले बिहिबार ३५ सदस्यीय खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीले भदौ १५ गतेदेखि तयारी सुरु गर्नेछ । नेपालले सागसँगै ओमानमा अक्टोबर ५ देखि १०सम्म आयोजना हुने टी–२० सिरिज पनि खेल्नेछ । सिरिजमा ओमानसहित नेपाल, हंङकङ, आयरल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहनेछ । प्रारम्भिक टोलीमा केही युवा खेलाडीले पनि स्थान पाएका छन् भने साग अघि हुने उक्त सिरिजले नेपाललाई फाइदा पुग्ने विश्वास गरिएको छ । कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदिप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितसिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे, करन ...
अवैध औषधी बरामद

अवैध औषधी बरामद

समाचार
झापा, भदौ १२ गते । झापाको मेचीनगरबाट अवैध रुपमा नेपाल ल्याउदै गरको औषधी बरामद गरिएको छ । मेचीनगर नगरपालिका–६ मा भारतबाट नेपाल ल्याउदै गरको करिब २ लाख बराबरको औषध प्रहरीले बरामद गरेको हो । गतराती सवा ९ बजे दुई कार्टुन औषधी प्रहरीले बरामद गरको थियो । गस्ति प्रहरी टोलीलाई देखेपछि औषधी ल्याउदै गरेको मानिस औषधी छाडेर भागेको प्रहरीले जनाएको छ । औषधी छाडेर फरार रहेको मानिसको खोजतलास र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
अवैध गाँजा फडानी

अवैध गाँजा फडानी

समाचार
धनकुटा, भदौ १२ गते । धनकुटाको पाङनाम र बुर्खामा अवैध रपमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरको छ । सहिदभुमी गाउँपालिका–१ पाङनाम र २ नम्बर वडाको बुर्खाको अवैध गाँजा खेती फडानी गरी नष्ट गरको हो । त्यस ठाउँमा करिब २छ रोपनीमा १० हजार १ सय ९४ बोट गाँजा फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
ब्राउन सुगरसहित ४ जना पक्राउ

ब्राउन सुगरसहित ४ जना पक्राउ

समाचार
झापा, भदौ १२ गते । झापामा लागु औषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाले बुधबार विभिन्न ठाउँबाट चार जनालाई पक्राउ गरेका हो । मेच नगरपालिका–६ भन्सार गेटबा दिउँसो पौने १ बजे मोरङको बेलबारी नगरपालिका – ३ निबासी २४ वर्षीय सन्तोष खड्का र १९ वर्षीय सोनाम लिम्बुलाई एक ग्राम एक सय मिलिग्राम ब्राउन सुगर प्रहरीले पक्राउ गरेको जनाएको छ । मेनपा – ७ गैह्री गाउँबाट दिउँसो ५ बजे बेनपा–३ निबासी १९ वर्षीय सुरज खवासलाई ५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरो काकडभिट्टाले जनाएको छ । त्यस्तै विर्तामोड नगरपालिका – ५ बाट राती साढे ८ बजे हल्दिबारी गाउँपालिका – १ घर भएका (हाल) वितामोड नपा – ४ निबासी २६ वर्षीय मनोज गुरुङलाई ९० ग्राम ब्राउन सुगर सहित लागु औषध ओसारपसरामा प्रयोग भएका मे ९ प ४८३२ नम्बरको मोटरसाईकल पक्राउ परेको प्रहर...
मुम्बई सागामा काजोल

मुम्बई सागामा काजोल

मनोरञ्जन, समाचार
भदौ १२ गते । निर्देशक संजय गुप्ताले बनाएका बलिउडका ‘सुटवाउट एट वाडाला, काविल’ जस्ता चलचित्रका निकै सफल मानिन्छ । संजयले बनाउन लागेको नयाँ चलचित्र ‘मुम्बई सागा’को छायांकन महालक्ष्मी मन्दिरबाट सुरु भएको छ । नायक जोन अव्राहम र इमरान हाश्मी यस चलचित्रको मुख्य भूमिकामा छन् । यी दुई कलाकारको एक्सनको दृश्य मंगलबार खिचिएको संजयले मिडियालाई जनाएको छ । यस चलचित्रका लागि नायिकाको रुपमा काजोल अग्रवालले समेत काम गर्ने पक्का भएको छ । काजोल नायक अव्राहमको प्रेमिकाको भूमिकामा चलचित्रमा देखिने छन् । चलचित्रको सुरुवातमा जोनको प्रेमिकाको भूमिकामा देखिने काजोल चलचित्रको अन्तिममा पनि जोनकै पत्नीको रुपमा देखिनेछिन् ।...
अक्टुवरसम्म बेलायतको संसद निलम्बित

अक्टुवरसम्म बेलायतको संसद निलम्बित

समाचार, संसार
भदौ १२ गते । बेलायत सरकारले संसद निलम्बन गर्ने सिफारिस महारानी एलिजाबेथले स्वीकृत गरेकी छन् । आगामी १४ अक्टुबरसम्मका लागि संसद निलम्बन गर्ने निर्णय गर्दै स्वीकृतिका लागि प्रधानमन्त्री बोरिस जोन्सनले महारानी समक्ष पेश गरेको थियो । सेप्टेम्बर महिनाबाट बेलायतको संसद निलम्बन हुने छ । त्यसपछि कुनै सम्झौता विना बेलायत ३१ अक्टुबरमा युरोपेली युनियन (ईयू)बाट बाहिरिने छ । संसद नै निलम्बन हुने भएकाले त्यसबारे संदनमा कुनै प्रकारको बहस हुने छैन । सम्झौता ईयूबाट बेलायत बाहिरिने प्रक्रिया रोक्ने लगायतका विधेयकहरु अब निष्कृय हुनेछन् । सम्झौता विना ईयूबाट बेलायत बाहिरिने (ब्रेक्जिट) प्रक्रिया रोक्ने कानुन पारित हुन नदिन प्रधानमन्त्री जोनसनले संसद निलम्बनको निर्णय गरेको भन्दै विपक्षी र सत्तापक्षीय सांसदहरुले केहि आलोचना गरेका छन् । सरकारको यो कदमलाई सत्ताधारी टोरी पार्टीले समेत अपमानजनक भनेको छ ...
नयाँ सिकार आरक्ष थपिने

नयाँ सिकार आरक्ष थपिने

लिम्चुङबुङ डायरी, समाचार
भदौ १२ गते । जाजरकोटको कुशे गाउँपालिकाले दुई वटा वडालाई समेतटेर सिकार आरक्षण बनाउन अघि बढेको छ । पालिकाको ३ र ८ नम्बर वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने अघि बढाएको हो । आरक्षको लागि पालिकाले वडाको माथिल्लो भूभागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ । गाउँपालिकाले आर्किटेक्ट डिजाइन एन्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी उक्त क्षेत्रको विस्तृत अध्ययन गरेको हो । सिकार आरक्ष प्रस्तावित ४३८८ उचाइमा कुशे पाटन क्षेत्र जुम्लासँग जोडिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...

विप्लप समूहद्धारा जेसिवी आगजनी

समाचार
भोजपुर, भदौ ११ गते । भोजपुरको बेहेरे दोभानमा निर्माणाधिन हाईड्रोपावरका काममा प्रयोग गरिने जेसिवी विप्लप समूहले आगजनी गरेको छ । निर्माणाधिन ८ मेगाहर्जको पिखुवा खोला हाईड्रोपावरको कामा प्रयोग गरिने जेसिवी नेत्रविक्रम चन्द विप्लप समूहले आगजनी गरेको प्रहरीले जनाएको हो । निर्माणाधिन हाईड्रोपावरको काममा प्रयोग गरि राखेको अवस्थामा सिसा फुटाई डिजेल छर्केर आगजनी गरेपछि स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भित्र शंखास्पद वस्तु राखेकाले सुरक्षा घेरा भित्र राखी सेनाको डिस्पोजल टोलीले डिस्पोज गरको प्रहरीले जनाएको छ । फष्ट राईफल गणबाट खटेका डिस्पोजल टोलीले उक्त शंखास्पद वस्तु हेर्दा दुईवटा पेप्सिको बोतलमा डिजेल रहेको प्रहरीले जनाएको छ ।...
बाढि पहिरो विस्थापितलाई रातो जस्तापाता

बाढि पहिरो विस्थापितलाई रातो जस्तापाता

समाचार
उदयपुर, भदौ ११ गते । उदयपुरको रौतामाई गाउँपालिकाले बाढीपहिरोले पूर्ण प्रभावितलाई रातो रंगको जस्तापाता वितरण गर्ने भएको छ । पालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार गाउँ कार्यपालिकाले मंगलबार यस्तो निर्णय गरेको हो । पूर्णरुपले क्षती भई घर पुन निर्माण गर्नुपर्ने अवस्थाका परिवारलाई रातो रंगको जस्तापाता वितरण गरिने भएको हो । पालिकामा ८० घर बाढीपहिरोले पूर्णरुपले क्षती भई पुन निर्माण गर्नुपर्ने अवस्था रहेको छ । उनीहरु सबैलाई एकै किसिमको रातो रंगको जस्तापाता वितरण गरिने भएको छ । जस्तापाताको रातो रंगलाई २०७६ सालको बाढीपहिरो प्रभावित घरपरिवारको संकेतकै रुपमा राखिएकाले सबैलाई एकै किसिमको वितरण गरिने अध्यक्ष खड्काले बताए । “कुन वडामा कति प्रभावित थिए भन्ने कुराको सूचक रातो जस्तापाता नै हुनेछ ।” अध्यक्ष खड्काले भन्नुभयो “आठै वडामा एकै किसिमको जस्तापाता वितरण हुनेछ ।” पालिकाका व...
डेंगु नियन्त्रणका लागि जनचेतना पैmलाउन आवश्यक

डेंगु नियन्त्रणका लागि जनचेतना पैmलाउन आवश्यक

समाचार, स्वास्थ्य
ऋषि राई कटारी/भदौ ११ गते । उदयपुरको कटारीमा फैलिएको डेंगु नियन्त्रण गर्नका लागि जनचेतना पैmलाउनु पर्ने चिकित्सकले जनाएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना र कटारी नगरपालिकाको समन्वयमा सम्पन्न डेंगु र ज्वरो नियन्त्रण सम्बन्धि अन्र्तकृयामा सहभागी चिकित्सकहरुले यस्तो बताएका हुन् । कार्यक्रमको सहजिकरण गर्दै मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.शुरेस मेहताले डेंगु लाग्नुका कारण र रोकथामका उपायहरु बताउँदै यो रोग सफा पानी जम्नेस्थानहरुमा हुने लार्भाकै कारण पैmलिने भएकाले यसको नियन्त्रण गर्न जनचेतना पैmलाउनु पर्ने बताए । दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट सर्ने भएकाले हरेक घर घर सम्म लामखुट्टे उत्पादन हुने घर वरपर सरसफाई गर्ने, पानी जम्न नदिने चेतना पैmलाउन सकेमात्र डेंगु नियन्त्रण हुने पनि डा. मेहेताले बताए । कार्यक्रममा बोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सु...