Wednesday, June 3News That Matters

Author: पूर्णपुष्टि खबर

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
भदौ १५ गते । इंग्लिस प्रिमियर लिगमा बर्नलीलाई ३–० गोले पछि पार्दै लिभरपुलले जित हात पारेको छ । गतराति भएको खेलमा लिभरपुलले ३–० गोल अन्तरलेपछि पार्दै जितको यात्रा कायमै राखेको हो । खेल सुरु भएको ३३ औं मिनेटमा बर्नलीका क्रिस वुडले आत्मघाती गोल गरेपछि लिभरपुलको १–० गोल भएको थियो । त्यस लगतै ३७ औं मिनेटमा मानेले गोल गरेको थियो भने ८० औँ मिनटमा फिर्मिन्होले निर्णायक गोल गर्दै टिमलाई विजयी बनाएको थियो ।...
सानै उमेरमा आमा बन्नेको संख्या बढ्दै

सानै उमेरमा आमा बन्नेको संख्या बढ्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ १५ गते । विवाह गर्ने उमेर कानुनले २० वर्ष तोकेपनि त्यो भन्दा सानै उमेरमा विवाह गर्ने गरेको पाईएको छ । बाल विवाह रोक्नका लागि सरकारले नै विभिन्न कर्याक्रमको आयोजना गरेपनि सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या नघटेको अस्पतालको तथ्याङ्कले देखाएको हो । पनौती नगरपालिका–१० खोपासीको प्राथमिक स्वास्थ्य केन्द्र खोपासीको गत आर्थिक वर्षको सुत्केरीको तथ्याङ्क अनुसार ६२ जनाले त्यहाँ सुत्केरी सेवा लिएकोमा १२ जना २० वर्षभन्दा कम उमेरका किशोरी रहेको देखिएको छ । स्वास्थ्य चौकीमा ग्रामीण इलाकाका महिला प्रसूति सेवा लिन आउँछन् । ग्रामीण भेगमा स्कुले शिक्षा नै पूरा नगर्ने, पढाइ छोड्ने प्रवृत्ति भएकाले पनि किशोरी सानै उमेरमा आमा बन्ने गरेकाले सङ्ख्यामा बृद्धि भएको अस्पतालका इन्चार्ज जनस्वास्थ्य अधिकृत शुभाकर श्रेष्ठले भन्नुभयो । राजधानीमै रहेको प्रसूति सेवा दिने मुलुककै जेठो अस्पताल परोपकार प्...
थारु पत्रकार जिल्ला अध्यक्षमा सुखिला

थारु पत्रकार जिल्ला अध्यक्षमा सुखिला

समाचार
उदयपुर, भदौ १४ गते । थारु पत्रकार संघ नेपाल जिल्ला शाखा उदयपुरको नयाँ नेतृत्वमा सुखिलाल चौधरी चयन भएको छ । थारु पत्रकार प्रथम जिल्ला अधिवेशनबाट सुखिलालकोे नेतृत्वमा शनिबार ११ सदसीय कार्यसमिति चयन गरेको हो । आदिबासी जनजाती थारु पत्रकार संघ नेपालको राष्ट्रिय अधिवेशन आउनु अगावै जिल्ला अधिवेशन भएको हो । प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा सुखिला चौधरी सर्वसहमत चयन भएको हो । त्यस्तै उपाध्यक्ष दिपु चौधरी, सचिव दुर्गानन्द चौधरी (डिएन) चयन भएको संघले जनाएको छ । त्यसैगरी सदस्यहरु रेनुका चौधरी, सर्वन चौधरी, भाष्कर चौधरी, ममता चौधरी, मेनुका चौधरी, कविता चौधरी, विना चौधरी र दुर्गानन्द चौधरी रहेको छ । त्यस्तै सल्लाहकारहरुमा रविन्द्रकुमार चौधरी, विष्णुदेव चौधरी र शिवकान्त चौधरी रहेको जनाएको छ । थारु पुरानो जाती र नेपालको जनसंख्याको आधारमा मुख्य जाती भित्र रहेको भएपनि पत्रकारीता क्षेत्रमा एकदम...
बालिकाहरुका लागि जीवन उपयोगी सीप शिविर हुदै

बालिकाहरुका लागि जीवन उपयोगी सीप शिविर हुदै

समाचार
पूर्णपुष्टि, भदौ १४ गते । जीवन उपयोगी सीप शिविर नेपालगञ्जमा हिजोदेखि सुरु भएको छ । रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोगमा भएको शिविरमा बाँके जिल्लाका ११ विद्यालयका कक्षा ९ का ६० जना बालिकाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । होटेल मारुतीनन्दन र होटेल मयुर, नेपालगन्जमा ३०÷३० जनाको समूहमा शिविर संचालन भइरहेको छ । पढ्नका लागि कोठाद्वारा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत जोखिममा देखिएका बालिकाहरु र उदाहरणीय वालिकाहरुलाई शिबिरमा सहभागिता गराईएको हो । बालिकाहरुले जीवन उपयागी सीपबारेको सिकाइ तथा राम्रा अभ्यासहरुको आदान प्रदान गर्ने र विभिन्न क्रियाकलापहरुमा सहभागी गराई आन्तरिक प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले शिविरको आयोजना भएको हो । साथै उनीहरुमा आत्मविश्वास बढाउने तथा जोखिबाट आफूलाई बचाउने उपायहरु सिकाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । कार्यक्रम अधिकृत सुष...
फ्रेन्च लिग वानमा पीएसजीको जित

फ्रेन्च लिग वानमा पीएसजीको जित

खेलकुद, समाचार
भदौ १४ गते । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मेट्जलाई हराउँदै विजय बनेको छ । स्टार खेलाडी विना खैल मैदान उत्रिका पिएसजीले मेट्जलाई २–० गोलले पछि पार्दै विजय बनेको हो । शुत्रबार राती भएको खेलमा एन्जल डी मारिया र चोपो मोटिङले १–१ गोल गरेका थिए । खेल सुरु भएकोे ११ औं मिनेटमा मारिया एक गोल गरेको थियो भने ४३ औं मिनेटमा भेराट्टीले फ्रिकिकमार्फत दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थियो । यसे जितसँगै पीएसजी ४ खेलबाट ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । एडिन्सन काभानी र केलियन एमबाप्पे चोटका कारण खेलेका थिएनन् भने बार्सिलोना फर्किन इच्छुक नेइमारलाई प्रशिक्षकले खेलाएका थिएनन् ।...
जंगली च्याउ खाँदा ४ जना विरामी

जंगली च्याउ खाँदा ४ जना विरामी

समाचार
ताप्लेजुङ, भदौ १४ गते । ताप्लेजुङको मेरिङदेनमा जंगली च्याउँ खाएर चार जना विरामी परेका छन् । मेरिङदेन गाउँपालिका – २ सानथाक्राका एक परिवारको तीन जना र ४ नम्बरको एक जना विरामी परेको हो । घर नजिकै उतिसको ठुटामा पलाएको च्याउ खाँदा ५५ वर्षीय पूर्णबहादुर कामी, उनको श्रीमती ५३ वर्षीय दिलमया कामी, उनको छोरा १८ वर्षीय तेजब कामी र ४ नम्बर वडा निबासी १७ वर्षीय पूर्णबहादुर लिम्बु विरामी परेको प्रहरीले जनाएको छ । विरामीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
श्रमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते

श्रमतीले खुकुरी प्रहार गर्दा श्रीमान घाईते

समाचार
मोरङ, भदौ १४ गते । मोरङको लेटाङमा श्रीमतीले खुकुरी प्रहार गरी आफ्नै श्रीमानलाई घाईते बनाएको छ । लेटाङ नगरपालिका – ४ निबासी ५१ वर्षीय मगमाया राईले श्रीमान ५१ वर्षीय सुनबहादुर राईलाई घाईते बनाएको हो । घरायसी विवाद हुदा साँझ ५ बजे राईले श्रीमानको हात र खुट्टामा खुकुरीले काटी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते सुनबहादुरको स्थानिय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
पिङ खेल्दा एक बालकको मृत्यु

पिङ खेल्दा एक बालकको मृत्यु

समाचार
उदयपुर, भदौ १४ गते । उदयपुरको पाँबुमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । रौतामाई गाउँपालिका – ८ पाँबु निबासी टिकबहादुर मगरको छोरा शेरबहादु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी १२ वर्षीय बालककले आफ्नै घरमा साडीको पिङ बनाएर खेल्ने क्रममा साडीको पासो लागेर दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी आवश्यक अनुसन्धान पुरा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
ट्वीटर संस्थापककै अकाउन्ट ह्याक

ट्वीटर संस्थापककै अकाउन्ट ह्याक

समाचार
भदौ १४ गते । ट्वीटर सस्थापक एवम् अहिलेको सिईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक डोर्सीको ट्वीटर अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि ह्याक भएको खुलेको हो । डोर्सीको ट्वीट अकाउन्ट आधा घण्टासम्म देखिन्थ्यो । तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् । घटनाको चेक जाँच जारी रहेको ट्वीटरले जनाएको छ । डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ भने शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ । डोर्सीको अकाउन्ट ह्याक गरेर ह्याकरले हिटलरको समर्थनमा ट्वीट गर्दै ज्याकमाथि नश्लीय टिप्णी सहितको केहि सन्देश पोष्ट गरेको थियो । यस्ता म्यासेज केही समयपछि ट्वीटरले डिलिट गरेको छ । चकल स्क्वाड नामको एक समूहले डोर्सीको अकाउन्ट ह्याक गरेको जिम्मेवारी लिए...
सर्वोच्चमा मुद्दा फछ्र्योट दर घट्दै

सर्वोच्चमा मुद्दा फछ्र्योट दर घट्दै

लिम्चुङबुङ डायरी, समाचार
भदौ १४ गते । वार्षिक लक्ष्यअनुसार जिल्ला र उच्च अदालतले मुद्दा फछ्र्योट गर्न सफल भएपछि सर्वोच्च अदालतमा पनि मुद्दा फछ्र्योट दर घटेको छ । गत आर्थीक वर्षमा सर्वोच्चमा मुद्दा फछ्र्योट दर आठ प्रतिशतले घटेको छ । सङ्ख्या र प्रतिशत दुवैमा फछ्र्योट दर घटेको हो । मुद्दा तथा रिटको फछ्र्योट दर असार मसान्तसम्म २८ प्रतिशत रहेको छ । २०७५ असारसम्म सर्वोच्चले ३६ प्रतिशत मुद्दा फछ्र्योट गरेको थियो । यस वर्ष सर्वोच्चले मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरेको छ । विश्लेषण अनुसार उच्च र जिल्ला अदालतमा भने फछ्र्योट दरमा सुधार आएको छ । उच्चमा मुद्दा, रिट, निवेदन तथा फुटकर निवेदनलाई फरकफरक रूपमा विश्लेषण गरिएको छ । तर विश्लेषण सहितको मूल प्रतिवेदन सर्वोच्चले तयार पारिसकेको छैन । अघिल्लो वर्षको तुलनामा सर्वोच्चको मुद्दा फछ्र्योटको सङ्ख्या र प्रतिशत दुवै घटेको सर्वोच्च अदा...