कटारीमा २ जनामा डेंगु भेटियो
उदयपुर, साउन २७ गते ।
कटारीमा डेंगुको संक्रमणका दुई जना विरामी फेला परेका छन् । अस्पतालमा उपचार गराउन आएका दुई जना विरामीमा डेंगु एंटिजन पोजेटिभ फेला परेको हो ।
एक साता देखी लगातार ज्वरो आएर अस्पतालमा उपचार गर्न आएका कटारी नगरपालिका– ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहाललाई डेंगू हुन सक्ने भन्दै ल्याव टेस्ट गर्न डाक्टरहरुले सुक्राव दिए अनुसार जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत जाँच गराउँदा डेंगू एंटीजन पोजेटीभ देखिएको कटारी अस्पताल प्रमुख डा.पवन शाहले बताए ।
यस भन्दा पहिले कटारीमा डेंगु रोगका संक्रमण देखा परेको थिएन । डेंगुको संक्रमण फेला परेपछि विरामीको घरपरिवारलाई सफासफाई गर्न डाक्टरले सुझाव दिएको छ । डेंगु संक्रमण भेटिएपछि कटारी अस्पताल पुगेर तत्कालनै डेंगूको टेस्ट गर्न चाहिने किट तत्काल उपलब्ध गराई बिरामीको उपचारमा कुनै कमी हुन नदीन कटारी नगरका मेयर ज्ञानेन्द्र श्रेष्ठले...








