Monday, August 17News That Matters

आर्थिक

राज्यबाट दिईने सुविधा नपाएकाे उद्यमीहरुकाे गुनासाे

राज्यबाट दिईने सुविधा नपाएकाे उद्यमीहरुकाे गुनासाे

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख १६ । घरेलु तथा उद्याेगी, उद्यमीहरुले राज्यबाट छुट्याइएकाे सुविधा पाउन नसकेकाे गुनासाे गरेका छन् । नेपाल घरेलु तथा साना उद्याेग महासंघ, उदयपुरकाे बैठक तथा भेलाका सहभागिहरुले यस्ताे गुनासाे गरेका हुन् । स्थानीय, प्रदेश र केन्द्रिय सरकार तथा विभिन्न वित्तिय क्षेत्रबाट उद्यमीहरुकाे नाममा छुट्याएकाे सुविधा पाउन नसक्ने, केहि उद्यमीले पाउदा पनि झन्जटिलाे प्रक्रिया रहेकाे उनिहरुले बताए । बैंकहरुले महिला उद्यमीहरुलाई विनाधिताे सहुलियत रिण दिने भनेपनि चाहेजस्ताे पाउन नसकेकाे उनीहरुकाे भनाई छ । स्थानीय सरकारले उद्यम क्षेत्रकाे नारा बनाए पनि व्यवहारमा प्रतिवद्ध नरहेकाे गुनासाे आएकाे छ । उद्यमी एकता र हक, अधिकार प्राप्तीमा डटेर लाग्ने प्रतिवद्धता सहभागिहरुले गरेका छन् । महासंघकाे प्रदेश सदस्य प्रदिप गिरीकाे उपस्थिति तथा जिल्ला अध्यक्ष मधुकर थापाकाे अध्यक्षतामा कार्यक्रम भएकाे ह...
सुनको भाउमा भारी गिरावट

सुनको भाउमा भारी गिरावट

आर्थिक, समाचार
पूणर्पुष्टि, वैशाख १५ सुनको भाउमा आज भारी गिरावट भएको छ । हिजो ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजार पाँच सयमा झरेको छ । आज सुन तोलामा एकैपल्ट सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १३ सय पाँच रुपैयाँ कायम भएको महासंघले जनाएकोे छ ।...
सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख १४ आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । आज सुन तोलामा १ सय रुपैयाँले घटेर ९१ हजार २ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य वृद्धि भएकोे छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १५ कायम भएको महासंघले जनाएको छ । हिजो बजारमा चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।...
निषेधज्ञामा सियर बजार खुल्लै रहने

निषेधज्ञामा सियर बजार खुल्लै रहने

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ कोरोना संक्रमणका कारण निषेधज्ञा हुदैँ गर्दा सियर बजार भन्ने खुल्लै रहने भएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको छ । गत वर्ष भएको लकडाउनमा भने सेयर बजार ५० दिन बन्द्य भएको थियो । लामो समय बन्द हुँदा लगानीकर्ताहरुको पुँजी होल्ड भएके भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सले बजार खुला गरेको थियो ।  ...
बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा

बजाजको नयाँ बर्ष अफर ः कालिका अटोलिंक गाईघाटमा २ जनालाई पर्यो रु १/१ लाखको भाग्यशाली चिठ्ठा

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख १४ बजाज कम्पन्नीले नयाँ बर्षको शुन्य अफर अन्तर्गत २०७७÷०७८ को लागि जारि गरिएको चिठ्ठामा २ जना भाग्यशाली बिजेताले गाईघाटमा रु १÷१ लाख पाएका छन् । कालिका अटों लिक गाईघाटमा बजाज कम्पनीको पल्सर मोटरसाईकल खरिद गर्ने २ जनाले रु १/१ लाखको नगद पाएका हुन् । त्रियुगा नगरपालिका ११ का तारामणी चौधरी र खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका एक बहादुर बुढाथोकीले यहि बैशाख महिनामा बजाजको पल्सर मोटर साईकल खरिद गरेका थिए । चौधरीले २२० सिसिको पल्सर मोटर साईकल र बुढाथोकीले १५० सिसिको पल्सर मोटर साईकल खरिदमा भाग्यशाली चिठ्ठा बाट रु १÷१ लाखको बिजेता बनेको हो । कालिका अटोलिंक गाईघाटका प्रोपाईटर सुनिल ठाकुरले यो अफर यहि बैशाख महिनाभरको लागि रहेको बताउनुभयो । उहाँले नेपालभर बजाज मोटर साईकल खरिदमा रु १० लाख सम्म जित्न सकिने भन्दै मौकाको फाईदा उठाउन ग्राहकहरुमा अनुरोध गरेको छ ।भाग्यशाली दुवै ...
नेप्से झण्डै ७६ अङ्कको घट्यो

नेप्से झण्डै ७६ अङ्कको घट्यो

आर्थिक, समाचार
बैशाख १२  आज शेयर बजार परिसूचक नेप्से झण्डै ७६ अङ्कले घटेको छ । सबै समूहको शेयर घटेपछि नेप्से ७५.७९ अङ्कले घटेर २५ सय ७२.२२ विन्दुमा झरेको छ । आइतवार बैंकिङ समूहको शेयर साढे ४२ अङ्कले, विकास बैंक समूहको शेयर ८६ अङ्कले, व्यापारको एक सय १३ अङ्कले, होटल तथा पर्यटनको दुई सय २० अङ्कले, जलविद्युतको एक सय १२, फाइनान्सको ४४, माइक्रो फाइनान्सको एक सय ६० अङ्कले, जीवन बीमाको चार सय ६०, निर्जीवन बीमाको चार सय ४०, उत्पादनको एक सय ३६ र अन्य समूहको शेयर ४७ अङ्कले घटेको छ । आइतवार दुई सय १५ कम्पनीका एक करोड ४६ लाख कित्ता शेयर सात अर्ब २८ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै सबैभन्दा धेरै चन्द्रागिरि हिल्स र नारायणी विकास बैंकको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि महिला लघुवित्त र विशाल बजार कम्पनीको शेयर नौ...
उदयपरमै पहिलो बेल्टारको जुत्ता सोरुम उद्घाटन

उदयपरमै पहिलो बेल्टारको जुत्ता सोरुम उद्घाटन

आर्थिक, समाचार
पूर्णपुष्टि, बैशाख ११ उदयपुरको चौदण्डीगढी नगरपालिका ६ मा पर्ने बेल्टार बजारको पुष्पलाल चोकको एउटा घरको ३ तला नेपाली ब्राण्डेड ३ कम्पनीका जुत्ताहरु भरिभराउ छन् । उदयपुरको एउटा पुरानो बजार बेल्टार बजार हो । अहिले पनि यसको उतिकै बृद्धि र बिकास भईरहेको हुदा करोड लगानीमा ३ ब्राण्डेड नेपाली कम्पनीका जुत्ताका शोरुमा राखिएको छ । स्थानीय स्तरमा यो लगानीका साथ ठुलो शोरुम खोलिदा एउटा गौरबकै व्यवसाय देखिएको छ । स्थानीय केशव अधिकारी नेतृ्त्वको व्यवसायी समूहले  बेल्टारमा यो कामको थालनी गरेका हुन् । शोरुममा अधिकारी सँगै भोजराज आचार्य र रोमन सुवेदीको समेत साझेदारी रहेको छ । त्यहाँ  शिखर सुज, गोल्डस्टार र क्यालिबर कम्पनीका ब्राण्डेड जुत्ताहरु पाइने छन् । महिला तथा बालबालिकाका जुत्ता चप्पल समेत पाइने छन् ।  शोरुमको आज औपचारिक उद्घाटनभयो । राष्ट्रिय बाणिज्य बैँक बेल्टारका शाखा प्रबन्धक नारायण पण्डितले ...
सुनको भाउमा गिरावट

सुनको भाउमा गिरावट

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख १० आज सुनको भाउमा गिरावट भएको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेको हो । हिजो तोलामा ९२ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । हिजो तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी आज १३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
नेप्से १५ अङ्कले बढ्यो

नेप्से १५ अङ्कले बढ्यो

आर्थिक, समाचार
बैशाख ९  आज शेयर बजारमा १५.८ अङ्कले बढेर नेप्से २६ सय ४८ बिन्दुमा पुगेको छ । होटल र म्युचुअल फण्डबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ्ग समूहको शेयर नौ अङ्कले, विकास बैंकको ३८ अङ्कले, व्यापारको ११ अङ्कले, जलविद्युतको पाँच अङ्कले, फाइनान्सको साढे एक अङ्कले, माइक्रोफाइनान्सको ५३ अङ्कले, जीवन बीमा र निर्जीवन बीमाको एक सय १४ अङ्कले, उत्पादनको ४७ र अन्य समूहको शेयर ३१ अङ्कले बढेको छ । दुई सय १४ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर पाँच अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनसीसी बैंकको ६२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । विशालबजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योती लाइफ र एनसीसी बैंकको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ । समग्र बजार बढे पनि हिमालय उर्जा विकास कम्पनीको शेयर साढे चार अङ्कले घटेको छ ।...
नेपालमा झण्डै २ खर्ब वैदेशिक लगानी

नेपालमा झण्डै २ खर्ब वैदेशिक लगानी

आर्थिक, समाचार
बैशाख ९  नेपालमा अहिलेसम्म करिब २ खर्व बराबरको वैदेशिक लगानी भित्रिएको एक तथ्याङ्कले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा ५३ देशहरुको एक खर्ब ८२ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक लगानी रहेको देखिएको छ । नेपालमा वैदेशिक लगानीमार्फत सञ्चालनमा रहेका एक सय ५३ वटा कम्पनीको अध्ययन गरेर तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा धेरै भारतबाट ५६ अर्ब ५ करोड रुपैयाँ, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्ट्स एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपालमा आएको बैंकले जनाएको छ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा रहेको छ । २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा, औद्योगिक क्ष...