Monday, August 17News That Matters

आर्थिक

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने

नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत हुने

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८  विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । अर्को आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकले प्रक्षेपणसमेत गरेको छ । रेमिट्यान्स (विप्रेषण) आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा विश्व बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले बुधवार जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदन सर्वाजनिक गरेको थियो । आर्थिक वर्ष २०२१/०२२ मा बङ्गलादेशको कुल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । ‘आउँदो वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थतन्त्र पुनरुत्थानको मार्गमा आउने प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/०७७ मा भन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १८ आज सुनको भाउ घटेको छ । सुन तोलाको चार सय रुपैयाँले घटेर तोलाको ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै  ८६ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा २० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
नेप्से दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सेयर बजार दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३२.१५ अंकले बढेर २ हजार ५ सय ७५.६६ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.१९ अंकले बढेर ४ सय ५६.१० अंकमा पुगेको छ । कारोबार रकम ६ अर्ब नाघेको छ । सोमबार ४ अर्ब ४१ करोड हाराहारीमा मात्रै सेयर कारोबार भएको थियो । दिनभर भएका ६८ हजार ६ सय ४५ कारोबारबाट २ सय ९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब १८ करोड ५६ लाख ७९ हजार ४ सय ९८ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । नेप्सेमा कारोबार हुने व्यापार र उत्पादन समूहको सबइन्डेक्स भने घटेर रातो देखिएको छ भने बाँकी सबै समूहहरु बढेर हरियाली छाएका छन् । मंगलबार धेरै कमाउनेमा वोमी माइक्रोफाइनान्स पहिलो नम्बरमा देखिएको छ । जसको सेयर मूल्य प्र...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १७  आज सुनको भाउ घटेको छ । सनु तोलाको पाँच सय रुपैयाँले घटेर तोलाको ८६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलमा १० रुपैयाँले सस्तो भएर १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १६ आज सुनको भाउ बढेको छ । सुन दुई  सय रुपैयाँले बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको जनाईएको छ ।
राष्ट्र बैंकले ८ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

राष्ट्र बैंकले ८ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १६  आज नेपाल राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । त्यस्तै १० करोडको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यो बिल आउँदो असार १५ गते परिपक्व हुनेछ । त्यस्तै एक सय ८२ दिनका लागि तीन अर्ब रुपैयाँ बराबरको बिल बिक्री गरिनेछ । यो बिल आउँदो असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले गत चैत ९ गते १५ अर्ब ३३ करोडको ट्रेजरी बिल बिक्री गरेको थियो ।...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, १२ लाख ३ हजार बढीको हात खाली

ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड, १२ लाख ३ हजार बढीको हात खाली

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत्र १३ आज बाँडफाँड भएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाट १२ लाख बढीको हात खालि भएको छ । यस कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाको आवेदन परेको थियो । त्यसबाट ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको हो । १७ लाख ९७ हजार ८ सय ३५ जनामा गरिएको बाँडफाँटबाट भाग्यशाली आवेदकले आईपीओ हात पारेका हुन् । यस कम्पनीको आईपिओ भाग्यशाली ५ लाख ९४ हजारले प्राप्त गरेको छ । उनीहरुको भागमा १०/१० कित्ता शेयर परेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बाँडफाँटको जिम्मा लिएको थियो । ज्योती लाइफले कुल ६६ लाख कित्ता सर्वसाधारणका लागि छु्ट्याएको थियो । ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर मात्र सार्वजनिक निष्कासनमा आईपीओमार्फत बिक्री गरिएको हो । ज्योती लाइफको आईपीओ परे–नपरेको ‘मेरो शेयर...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १३ आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो । त्यसैगरी आज चाँदीको भाउ १ हजार २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
बजेट बनाउन अर्थ मन्त्रालयद्धारा सुझाव माग

बजेट बनाउन अर्थ मन्त्रालयद्धारा सुझाव माग

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत १३ अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सर्वसाधारणसहित सरोकारवालाबाट सुझाव माग गरेको छ । आगामी आवको बजेट तर्जुमा सम्बन्धी काम शुरु भएसँगै मन्त्रालयले सुझाव माग गरेको हो । यसका लागि बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा ५ वैशाखसम्म सुझाव पठाउन सकिने छ । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारमाध्यम र आम सर्वसाधारणबाट बजेटबारे सुझाव संकलनको तयारी अर्थले गरेको छ । अर्थको वेवसाइटमा गई बजेट सुझावसम्बन्धी ट्वावबाट बजेटबारे सुझाव दिन सकिने भएको छ । अर्थको कार्यतालीका अनुसार १५ चैतसम्म विभागीय मन्त्रालयहरुले आ–आफ्नो मन्त्रालयबाट बजेट तथा कार्यक्रम पेश गर्नेछन् । त्यसपछि अन्तर मन्त्रालय छलफल शुरु हुने छ । यस छलफलमा सरोकारवाला निकायबाट आएका सुझावलाई समेत अर्थले संकलन गर्नेछ । त्यसपछि भने बज...
आज नेप्से ४१ अङ्कले बढ्यो

आज नेप्से ४१ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ११  आज शेयर बजार परिसूचक नेप्से ४१ अङ्कले बढेको छ । जलविद्युतबाहेक सबै समूहको शेयर बढेपछि नेप्से ४१.३ अङ्कले बढेर २५ सय ७०.२५ विन्दुमा पुगेको छ । बुधवार बैंकिङ समूहको शेयर साढे २२ अङ्कले बढेको छ । यस्तै व्यापार समूहको तीन सय ८१ अङ्कले, होटल तथा पर्यटनको एक सय ७८, विकास बैंकको २१, फाइनान्सको २२, माइक्रो फाइनान्सको एक सय २२, जीवन बीमाको एक सय ४१, निर्जीवन बीमाको दुई सय २१, उत्पादनको ५१, अन्यको २० र लगानी समूहको शेयर झण्डै पाँच अङ्कले बढेको छ । बुधवार दुई सय आठ कम्पनीका एक करोड ६९ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ६५ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन, चन्द्रागिरि हिल्सहित पाँच कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि माथिल्लो तामाकोशी, रैराङ र सान्जेन जलविद्युत् ...