पूर्णपुष्टि, साउन २६
आज सुनको भाउ घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेर तोलाको १ लाख २ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
पूर्णपुष्टि, साउन २३ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं. ७ स्थित कोल्टे गाउँमा बलानखोलामा अबैंधरुपमा उत्खनन् तथा संकलन गरी राखिएको २ हजार ८ सय ४८ घनमिटर ढुंगा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियताबाट ठूलो मात्राको ढुंगा बरामद भएको छ । बलानखोला र कोल्टे गाउँनै कब्जा गरी ढुंगा चोरी निकासी गर्ने समुहले उत्खनन् गरी खोला किनार र गाउँमा संकलन गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताउनुभयो ।
जिल्ला प्रहरीको एकहप्ताको सक्रियतामा बरामद भएको ढुंगा हिजो (विहिबार) जिल्लास्तरीय अनुगमन समितिले स्थलगत अनुगमन गरी नापजाँच तथा सिल गरेको छ । तीस ठाउँभन्दा बढी ठाउँमा संकलन गरी राखिएको ढुंगा प्राविधिक टोलीसहित गएको अनुगमनटोलीले नाप्दाको प्रारम्भिक रिपोर्टमा उक्त परिणाम ढुंगा देखिएको हो । उक्त परिणामको ढुंगा स्थानीय मुल्य अनुसार करिब ४० लाख बराबरको ...
पूर्णपुष्टि, साउन २३
आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर तोलाको एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।
यस्तै चाँदीक आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।...
पूर्णपुष्टि, साउन २१
गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारभन्दा धेरैले रोजगारी पाएका छन् । आव २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार ६ जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
यस कार्यक्रममार्फत स्थानीय स्तरमा छनोट भएका योजनामा बेरोजगारको सूचीमा सूचीकृतहरुले यो रोजगारी प्राप्त गरेका हुन् ।
मन्त्रालयले गत आवमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको पनि जनाएको छ । विभिन्न ११ वटा आयोजनाहरुका लागि ६ अर्ब ४० करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा तीन अर्ब ८ करोड ३९ लाख रुपैयाँ चालुतर्फ र पूँजीगतर्फ ५ करोड ८१ लाख खर्च गरेर समग्रमा ४९ प्रतिशत वित्तीय प्रगति गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जम्मा ७५ प्रतिशत कार्य प्रगति गरेको जनाएको छ भने बेरुजु फछ्यौंट पनि ५५.५० प्रतिशत र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत...
पूर्णपुष्टि, साउन २१
सुनको भाउ बढेर तोलाको एक लाख रुपैयाँ नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी आज तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
पूर्णपुष्टि, साउन २०
सुनको भाउ बढेर लाखको नजिक पुगेको छ । आज सुन तोलाको २ सय रुपैयाँले बढेर तोलाको ९९ हजार ८ सय रुपैयाँ पुगेको हो ।
आज सुनको भाउ बढेर अहिलेसम्मकै महंगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय ३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।...
पूणर्पुष्टि, साउन, १५
बजाज कम्पनीले लामो समयको लकडाउन पछि आफ्नो बजार मुल्य र स्किम तयार गरेको छ । लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले पनि आफ्ना ग्राहकको लागि विभिन्न स्किम ल्याएको हो ।
बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो ।
बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् ।
कम्पनीकी महाप्रवन्धक पुनम सिंहले लकडाउनपछि एभरेजमा राम्रै सेल्स भएको र ‘लकडाउनपछि जुन प्रकारले मार्केट बुम हुन्छ भन्ने सोचेका थियौं त्योअनुसार नभएपनि सेल्स चित्त बुझ्दो रहेको बताइन् ।
नेपाली बजारमा बजाज कम्पनीको बाइकहरु निकै रुचाइन्छ । अन्य कम्पनी भन्दा बजा...
पूणर्पुष्टि, साउन, १४
सुनको भाउ लाखको हाराहारीमा पुगेको छ । बुधबार नेपाली बजारमा तोलाको ९८ हजार ५ सयले किनबेच भएको छ ।
नेपालमा सुनको भाउ दैनिक बढ्दो अवस्थामा छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो ।
मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो ।
सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ...
पूणर्पुष्टि, साउन, ११
आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको छ ।
कटारीका ब्यबसायीहरु लाई राजस्व बुझाऊँन सहज होस भन्दै कटारीमा १ दिन शिविर सञ्चालन गरिएको छ। शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो । कार्यालको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ ।
शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताउनु भयो । करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथ...
पूणर्पुष्टि, साउन, ८
नेपाली बजारमा सुनको भाउ दिन दिनै नयाँ रेकर्ड राख्दै बढीरहेको छ । हिजो बुधवारको सुनको दर रेट प्रति तोला ९४ हजारले किन बेच भएको थियो भने, बिहिबार मात्र तोलाको ५ सयले रेट बढेर प्रति तोला ९४ हजार ४ सयमा किनबेच भइरहेको छ ।
बुधबार मात्रै प्रतितोला १३ सय रुपयाँले बढेर ९४ हजार पुगेका थिए । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ ।
...