Tuesday, August 18News That Matters

आर्थिक

बजाजको १४ मोडलका बाइकहरुको स्किम र बजार मुल्य यस्तो छ

बजाजको १४ मोडलका बाइकहरुको स्किम र बजार मुल्य यस्तो छ

आर्थिक
   पूणर्पुष्टि, साउन, १५ बजाज कम्पनीले लामो समयको लकडाउन पछि आफ्नो बजार मुल्य र स्किम तयार गरेको छ । लकडाउनपछि सबैजसो मोटरसाइकल आयात कर्ताले झैं बजाजले पनि आफ्ना ग्राहकको लागि विभिन्न स्किम ल्याएको हो । बजाजको लागि नेपालको आधिकारिक वितरक एचएच बजाजले मोटरसाइकल खरिद गर्दा ‘फुल क्यास’मा १२ हजार छुट, ५० प्रतिशत डाउन पेमेन्ट गर्दा शुन्य प्रतिशत ब्याजदर र २० प्रतिशत डाउनपेमेन्टमै मोटरसाइकल उपलब्ध गराउने योजना ल्याएको हो । बजाजका १ लाख ६७ हजार ९ सय देखि ५ लाख २९ हजार ९ सय सम्मका १४ वटा मोडलका मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् । कम्पनीकी महाप्रवन्धक पुनम सिंहले लकडाउनपछि एभरेजमा राम्रै सेल्स भएको र ‘लकडाउनपछि जुन प्रकारले मार्केट बुम हुन्छ भन्ने सोचेका थियौं त्योअनुसार नभएपनि सेल्स चित्त बुझ्दो रहेको बताइन् । नेपाली बजारमा बजाज कम्पनीको बाइकहरु निकै रुचाइन्छ । अन्य कम्पनी भन्दा बजा...
सुनको भाउ प्रतितोला लाखको हाराहारीमा पुग्यो

सुनको भाउ प्रतितोला लाखको हाराहारीमा पुग्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, १४ सुनको भाउ लाखको हाराहारीमा पुगेको छ । बुधबार नेपाली बजारमा तोलाको ९८ हजार ५ सयले किनबेच भएको छ । नेपालमा सुनको भाउ दैनिक बढ्दो अवस्थामा छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले भाउ बढेर नयाँ मू्ल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको सुनको भाउले नपाली बजार प्रभावित हुँदा सुनको मूल्य बढेर हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको छ । बुधबारको सुनको भाउ पनि नेपाली बजारमा हालसम्मकै उच्च हो । मंगलबार छापावाल सुन प्रतितोला ९८ मूल्य दुई सयमा कारोबार भएको थियो । महासंघले तेजाबी सुनको मूल्य भने बुधबारका लागि ९८ हजार ६५ रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा तेजावी सुनको भाउ तीन सय पाँच रुपैयाँले वृद्धि भएको हो । सामान्य अवस्थामा दैनिक १० किलो सुन खरिद बिक्री हुने नेपाली सुन बजारमा बढ्दो मूल्यका कारण कारोबार ...
करदाता सेवा कार्यलयको आयोजनामा कटारीमा कर शिबिर, २४ लाख राजस्व संकलन

करदाता सेवा कार्यलयको आयोजनामा कटारीमा कर शिबिर, २४ लाख राजस्व संकलन

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ११ आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय गाईघाटले जिल्लाको प्रमुख ब्यापरिक केन्द्र कटारीमा शिबिर सञ्चालन गरेर कर संकलन गरेको छ । कटारीका ब्यबसायीहरु लाई राजस्व बुझाऊँन सहज होस भन्दै कटारीमा १ दिन शिविर सञ्चालन गरिएको छ। शिबिरमा बिभिन्न व्यवसायीहरुले आन्तरिक राजस्व बिभाग करदाता सेवा कार्यालय उदयपुर गाईघाटको सेवा प्रदान गर्न शिबिर राखिएको कार्यालय प्रमुख एवं कर अधिकृत सुमन बुढाथोकीले बताउनु भयो । कार्यालको सेवा पहुच भन्दा टाढा रहेका करदाताहरुलाई सेवा प्रवाहमा सहजता ल्याउनको निम्ति शिबिर आयोजना गरिएको कार्यालय प्रमुख बुढाथोकीको भनाई छ । शिविरमा कर संकलन, खाता प्रमाणीत, भ्याटमा दर्ता, कारोवार परिर्वतन, अन्तशुल्क संकलन जस्ता कामहरु गरिएको कर अधिकृत बुढाथोकीले बताउनु भयो । करदाताहरुले बिभिन्न व्यवसायहरु कसरी सञ्चालन गर्ने कर कहिले तिर्ने,आयकरमा भएको संसोधन, छूट तथ...
बिहिबार पनि सुनको भाउ तोलाको ५ सयले बढ्यो

बिहिबार पनि सुनको भाउ तोलाको ५ सयले बढ्यो

आर्थिक, समाचार
 पूणर्पुष्टि, साउन, ८ नेपाली बजारमा सुनको भाउ दिन दिनै नयाँ रेकर्ड राख्दै बढीरहेको छ । हिजो बुधवारको सुनको दर रेट प्रति तोला ९४ हजारले किन बेच भएको थियो भने, बिहिबार मात्र तोलाको ५ सयले रेट बढेर प्रति तोला ९४ हजार ४ सयमा किनबेच भइरहेको छ । बुधबार मात्रै प्रतितोला १३ सय रुपयाँले बढेर ९४ हजार पुगेका थिए । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य ११ सय ४५ रुपैयाँ कायम भएको छ । मूल्य आकासिएसँगै बजारमा सुनचाँँदी खरिद गर्ने ग्राहक नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्व अर्थतन्त्रमा देखिएको कोरोना असरका कारण सुनको भाउ बढेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्य बताउँछन् । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार डलरसम्म पुग्ने आकलन गरिएकाले त्यसको असर नेपाली बजारमा अझै पर्न सक्ने उनको भनाइ छ ।  ...
हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा

हजारको नयाँ नोटमा जुम्लयाहा हात्तिको तस्विर राखियो, २६ अर्बको नयाँ नोट नेपाली बजारमा

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ७ २६ अर्बको नयाँ नोट नेपाल राष्ट्रिय बाणिज्य बैँकले नेपाली बजारमा पठाएको छ । २६ अर्ब बराबरको १ हजारको नयाँनोट नयाँ विषेशता सहित बजारमा बैँकले पठाएको हो । पहिलेको १ हजारको नयाँ नोटमा एउटा मात्र हात्ति राखिन्थ्यो भने अबको हजारको नयाँ नोटमा भने २ ओटा हात्ति राखिएको छ । बुधबार मात्रै २६ अर्बको जुम्ल्याहा हात्ति सहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिनुभयो । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको छ । पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा अब जुम्ल्याहा हात्ती नयाँ नोटमा हुनेछन् । देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्तीको नाम ‘राम’ र ‘लक्ष्मण’ हो । उनीहरु अहिले पनि चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा जान प्रयोग गरिन्छन् । प्रायः हात्तीबाट ज...
बुधबार सुनको भाउ ह्वातै बढ्यो

बुधबार सुनको भाउ ह्वातै बढ्यो

आर्थिक, समाचार
पूणर्पुष्टि, साउन, ७ बुधबार सुनको भाउ आकाशिएको छ । सुनको भाउ तोलाको १३०० रुपयाँले ह्वातै बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ११३५ रुपैयाँमा कारोबा भएको हो । यस्तैगरी बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको छ ।...
करदाता सेवा कार्यालय गाईघाटद्धारा ६३ करोड कर संकलन

करदाता सेवा कार्यालय गाईघाटद्धारा ६३ करोड कर संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २ आर्थीक वर्ष २०७६/७७ मा आन्तरिक राजश्व करदाता सेवा कार्यालय गाईघाटले करिव ६३ करोड कर संकलन गरेको छ । कोरोना कहर विच कार्यालयले ६२ करोड ९९ लाख ७४ हजार पाँच सय २८ रुपैया १८ पैसा कर संकलन भएको हो । आव २०७५/७६ भन्दा गत आवमा १९ करोड ९ लाख ६१ हजार १ सय ५५ रुपैया ५३ पैसा बढी कर संकलन भएको हो । आव २०७५/७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैया ६५ पैसा कर संकलन गरेको थियो । कोरोना कहर विच आव २०७५/७६ भन्दा ४३.५ प्रतिशत बढी कर संकलन गरेको हो । आय कर ११.०१ प्रतिशत, व्याज १०८.१५ प्रतिशत र मुल्य अभिवृद्धि कर ९९.५२ प्रतिशतले वृद्धि भएको करदाता सेवा कार्यालय गाईघाटले जनाएको छ । घर बहाल करमा २१.४३ प्रतिशत, अन्त शुल्कमा २७.९४ प्रतिशत, स्वास्थ्य सेवा शुल्कमा ९५.५२ प्रतिशत र शिक्षा सेवा शुल्कमा ७४.६८ प्रतिशतले कमी आएको करदाता सेवा कार्यालय गाईघाटका कर अधिकृत सुमन बुढाथोकीले बताउन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, साउन २ आज सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ९२ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १२ डलरले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा नै भाउ घटेपछि नेपालमा पनि केही सस्तो भएको हो । हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
आज सुनको भाउ घट्यो आज सुनको भाउ घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।...
असारमा ९६ अर्ब राजस्व संकलन

असारमा ९६ अर्ब राजस्व संकलन

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २९ असारमा मात्रे करिब ९६ अर्व राजस्व संकलन भएको छ । करिब ३ महिना लामो बन्दाबन्दीमा करदाताले नतिरेको कर एकै पटक तिरेपछि करिब ९६ अर्व ५ करोड राजस्व संकलन भएको हो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असारको तुलनामा यो असारमा राजस्व संकलन उल्लेख्य वृद्धि भएको छ । गत आवको असार १ देखि २७ गतेसम्म ६४ अर्ब ९१ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । तर, यो आवको सोही अवधिमा ९६ अर्ब ५ करोड रुपैयाँ संकलन भएको छ । असार २७ गतेसम्मको राजस्व संकलनको अवस्था हेर्दा यो आवमा पोहोरकै हाराहारीमा राजस्व उठ्ने अनुमान गरिएको छ । समग्रमा चालु आवको असार २७ सम्म ७ खर्ब ८८ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष सोही अवधिमा ७ खर्ब ९३ अर्ब २६ करोड रुपैयाँ उठेको थियो । यसपालि राजस्व संकलन गत वर्षको तुलनामा ४ अर्ब ७१ करोड रुपैयाँ मात्रै कम छ । गत वर्षको कुल राजस्व संकलन ...