Tuesday, August 18News That Matters

आर्थिक

हवाइ चप्पलमा सपना देखेका पुजन

हवाइ चप्पलमा सपना देखेका पुजन

आर्थिक, समाचार
बुद्धि चामलिङ राई बेलका, असार २९ उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिकाको बेल्टार–बसाहा हुँदै रामपुर चतरा जाने सडकको देउरारी  डाडा (जङ्गल) कटेपछि  सुपाडे बजारदेखि  बेलका नगरपालिकाको सिमा सुरु हुन्छ । सुपाडे बजारको देब्रेपटि  करिब दुई किलोमिटर भित्र उत्तरी दिशामा बेलका नगरपालिकाको वडा नम्बर ५ घुम्ने गाउ रहेको छ । यो घुम्ने गाउका स्थानिय युवाहरु तीन हप्ता अघिसम्म  स्थानिय खेतिपातिको काममा ब्यस्त हुन्थे  । गाउँ भएकाले स्थानीय गाउले युवाहरु कृषिको काम मकै गोड्ने, खन्ने, धान रोप्ने काम, गाइबस्तु गोठाला गर्ने युवाहरुको अहिले दैनिकी फेरिएको छ । गत असार १७ गते देखि स्थानिय बेलका नगरपालिका वडा नम्बर ५ घुम्नेका स्थानिय २५ बर्षिय युवा पुजन कटुवाल (भोजराज) ले हवाइ चप्पल उद्यम खोले पछि यहाको युवाको दैनिकी फेरियको हो । यस अघि सामान्य खेतिपातिको काममा दिन बिताउने यहाका युवाहरु अहिले मानिसले लगाउने ह...
विदेशी मदिरा रोक्दा ५० करोड बच्यो

विदेशी मदिरा रोक्दा ५० करोड बच्यो

आर्थिक, समाचार
पूर्णपुष्टि असार २७ सरकारले विदेशी महंगा मदिराको आयात रोक्दा ३ महिनामै करिब ५० करोड रुपैयाँ जोगिएको छ । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला विलासी वस्तुको आयात घटाउने रणनीति अन्तर्गत सरकारले गत चैत १६ गतेदेखि विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय हो । नेपालले वार्षिक २ अर्बभन्दा बढीको विदेशी मदिराको आयात गर्ने गरेको छ । यस हिसाबले ३ महिना मदिरा आयात रोकिदा करिब ५० करोड रुपैयाँ बराबर स्वदेशी मुद्रा विदेशिनबाट जोगिएको भन्सार विभागले जनाएको छ । नेपालमा स्कटिस ह्वीस्कीको बजार ठूलो रहेको मदिरा आयातकर्ताहरुको दाबी छ । स्कटिस ह्वीस्की, जोनी वाकर तथा सिवास रिगल र अमेरिकी जेडी ह्वीस्की नेपालमा प्रख्यात ब्राण्डका मदिरा हुन् । नेपालमा वाइन, भोड्का, जिनजस्ता अल्कोहलिक पदार्थको आयात उच्च हुने गरेको भन्सार विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, फ्रान्स, स्कटल्याण्ड, इटाली, अमेरिका,...
सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २५ आज सुनको भाउ फेरी बढेको छ । सुन तोलामा ९ सय रुपैयाँले बढेर तोलाको ९२ हजार ४ सय रुपैयाँ पुगेकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २४ आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । सुनको बढेर तोलामा ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
उदयपुरका ६३ उद्यमीलाई मेसिन अाैजार हस्तान्तरण

उदयपुरका ६३ उद्यमीलाई मेसिन अाैजार हस्तान्तरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २३ ।  घरेलु तथा साना उद्याेग कार्यालय उदयपुरले अाज लघु, घरेलु तथा साना उद्यमीहरुलाई उपयुक्त प्रविधि (मेसिन अाैजार) हस्तान्तरण गरेकाे छ । कार्यालयले ८० प्रतिशत अनुदानमा ६३ जना उद्यमीहरुलाई मेसिन अाैजार हस्तान्तरण गरेकाे कार्यालय प्रमुख पाक्रम खाँ (चाैधरी) ले बतनउनुभयाे । जिल्ला समन्वय समिति उदयपुरका प्रमुख एबम् जिल्ला उद्याेग प्रवर्धन समितिका अध्यक्ष खड्गबहादुर परियारकाे प्रमुख अातिथ्य, छनाैट समितिका पदाधिकारी तथा उद्यमीहरुकाे उपस्थितिमा मेसिन हस्तान्तरण भएकाे हाे । कटारी नगरपालिकाका ६, बेलका नगरपालिकाका ५, चाैदण्डिगढी नगरपालिकाका ३ र सबैभन्दा बढि त्रियुगा नगरपालिकाका ४४ जना उद्यमीले मेसिन अाैजार पाएका छन् । त्यसैगरी उदयपुरगढी गाउँपालिकाका ३ र राैतामाई गाउँपादिकाका २ जनाले पाएका छन् । लिम्चुङबुङ र ताप्ली गाउँपालिकाबाट भने निवेदन नै नपरेकाे जनाईएकाे छ । कार्यालय प्रमु...
लिम्चुङबुङमा बोयरजातका बोका सतप्रतिशत अनुदानमा वितरण

लिम्चुङबुङमा बोयरजातका बोका सतप्रतिशत अनुदानमा वितरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २२ । लिम्चुङबुङ गाउँपालिकाले अध्यक्ष कृषि परियोजना अन्तर्गत सतप्रतिशत अनुदानमा बोयर जातको बोका कृषकहरुलाई आइतबार वितरण गरेको छ । पालिकाका कृषकहरुलाई पशुपालनमा व्यवसायिक बनाउदै आयआर्जनमा टेवा पर्याउने उद्देश्यले बोयर जातको बीउ बोका वितरण गरेको अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । हाल पालिकाको खास पशुपालन क्षेत्र र पशुपालक कृषकहरुलाई मध्येनजर गर्दै २४ वटा बोका वितरण गरिएको उहाँले बताउनुभयो । बोयर जातको बोका प्रयोग गर्दा बाख्रापालन सुधार हुनुका साथै मासु प्रयोगका लागि उपयुक्त हुने पशु विज्ञहरुको भनाइ छ । समृद्ध पालिका र खुसी कृषक बनाउने भन्दै पालिकामा अध्यक्ष कृषि परियोजना सञ्चालन छ । पालिकालाई कृषिको माध्यमबाट समृद्धिको बाटोमा अगाडी लैजान अन्न, तरकारी, फलफुल उत्पादनका साथै दुध र मासुका लागि पशुपालनलाई जोड दिइएकोछ ।...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा कृषि औजार वितरण

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा कृषि औजार वितरण

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २२ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन इकाई उदयपुरले आइतबार ५० प्रतिशत अनुदानका साना मेसिनरी औजार वितरण गरेको छ । परियोजनाका कार्यालय प्रमुख राम सोगारथ साहको अध्यक्षतामा भएको वितरण कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले कृषकहरुलाई औजार वितरण गर्नुभयो । अदुवा, बेसार खेती प्रवद्र्धन तथा सुन्तलाखेतीमा टेवा पुर्याउने तथा कृषक र कृषि प्रणालीलाई आधुनिकरण बनाउदै लैजाने उद्देश्यले पावर ट्रेलर (मेसिन) ३ थान र मिनि ट्रेलर (मेसिन) ५ थान वितरण गरिएको हो । बेलका, चौदण्डीगढी, त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाका कृषकहरुलाई कृषि औजारहरु वितरण गरिएको हो । भिडियो लिंक :  https://www.facebook.com/Purnapusti420730/videos/294027655082617/...
कटारी नपाको बजेट सार्वजनिक, कृषीलाई प्राथमिकता

कटारी नपाको बजेट सार्वजनिक, कृषीलाई प्राथमिकता

आर्थिक, समाचार
अाशिस बस्नेत/पूर्णपुष्टि, असार २१ । उदयपुरको कटारी नगरपालिकाले शनिबार पारित गरेको आर्थिक वर्ष २०७७/०७८को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै ८२ करोड ६५ लाखको बजेटका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बजेटले कृषीलाई प्राथकिमतामा राख्दै एकमुष्ट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी प्रतिवडा ७५ लाख विनियोजन गरेको कृषीका लागि प्रत्येक वडाले २५ लाख अनिवार्य विनियोजन गर्नुपर्ने निर्णय गरेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा कोरोना भाईरस रोकथामका लागि नगरले १ करोड ५० लाख विनियोजन गरेको छ । नगर सभाले पारित गरेको नीति तथा कार्यक्रम अनुसार समृद्धिको मुल आधार , कृषीबाटै स्वरोजगार भन्ने नाराका साथ कृषी उत्पाकदत्व बढाउने तथा बजारीकरणमा कृषकलाई सहजीकरण गर्दै मेयर दिगो कृषि परियोजना संञ्चालन गर्ने पारित गरेको छ । त्यसैगरी स्वास्थ्य तर्प...
नेपाली श्रमिकको उद्धारमा आईएलओले ५ करोड सहयोग गर्ने

नेपाली श्रमिकको उद्धारमा आईएलओले ५ करोड सहयोग गर्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार २० नेपाली श्रमिकको उद्धाराका लागी अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई ४ लाख २४ हजार अर्थात् ५ करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ । कोरोनाले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्न र कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो । यो रकम विशेष गरी मलेसिया, यूएई, कतार र साउदी अरब गरी ४ देशका नेपालीको सहयोगमा खर्च हुने एनआरएनले जनाएको छ । यस्तै कोरोनाले श्रम बजारमा पारेको प्रभाव र श्रमिकको हितका विषयमा अध्ययन गर्न पनि रकम खर्च हुनेछ । सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगमार्फत रकम परिचालन गरिने जनाईएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १९ आज सुनको भाउ तोलमा ५ सय रुपैयाँले घटेको छ । सुन घटेर तोलाको ९० हजार ५ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।