Tuesday, August 18News That Matters

आर्थिक

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १८ आज सुनको भाउ ७ सय रुपैयाँ घटेको छ । सुनको भाउ घटेर ९१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।
आज शेयर बजार घट्यो

आज शेयर बजार घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १८ आज ६ प्रतिशतले नेप्से घटेपछि सर्किट ब्रेक लागेर शेयर कारोबार बन्द भएको छ । बजार खुलेको १ घण्टा ४० मिनेटमा ६ प्रतिशत अर्थात् ८०.४१ अङ्कले घटेर नेप्से १ हजार २ सय ५६.११ अङ्कमा बन्द भएको हो । सेन्सेटिभ परिसूचक पनि ६.२७ प्रतिशत अर्थात् १७.९९ अङ्कले घटेर २ सय ६९.०३ अङ्कमा बन्द भएको छ । आज १ सय ४२ कम्पनीको ४७ करोड ६६ लाख ५४ हजार रुपैयाँ बराबरको १ लाख ६१ हजार ८ सय ९० कित्ता शेयर खरिद बिक्री भएको छ । बजार खुलेको ३ मिनेटसम्म केही बढेको नेप्से त्यसपछि लगातार घट्दै ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेटका लागि कारोबार बन्द भएको थियो । दोस्रो पटक खुलेको बजारमा ११ बजेर ४७ मिनेट जाँदा फेरि ५ प्रतिशतले नेप्से घटेपछि दोस्रो पटक पुनः सर्किट ब्रेक लागेको थियो । फेरि १२ बजेर २८ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेटमा पुग्दा ६ प्रतिशतले घटेपछि आजका लागि कार...
आज शेयर बजारमा ६ प्रतिशतको उछाल

आज शेयर बजारमा ६ प्रतिशतको उछाल

आर्थिक, समाचार
पूर्णपुष्टि,  असार १७ शेयर बजार आज परिसूचक नेप्सेमा उछाल आएको छ । हिजो जस्तै आज पनि तीन पटक सकारात्मक सर्किट ब्रेक लागेको नेप्से ७५.७७ अङ्क (६.१) प्रतिशतले बढेर १३ सय ३६.५२ बिन्दुमा पुगेको छ । बजार खुलेको १३ मिनेटमा चार प्रतिशतले बढेपछि पहिलो पटक कारोबार बन्द भएको थियो । ४० मिनेटपछि खुलेको बजार फेरि ५ प्रतिशतले बढेको थियो । ४० मिनेटपछि फेरि खुलेको शेयर बजार ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । आज ४० करोड ७३ लाख रुपैयाँका ११ लाख १ हजार कित्ता शेयर किनबेच भएका छन् । आज होटल समूहबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेको छ । आज सिटिजन बैंकका लगानीकर्ताले १० प्रतिशतभन्दा धेरै कमाएका छन् भने २७ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । तर नेशनल माइक्रोफाइन्स वित्तीय संस्थाका शयेरधनीले झण्डै चार प्रतिशत गुमाएका छन् ।...
बेलकामा जुत्ता चप्पल उद्योगको उद्घाटन

बेलकामा जुत्ता चप्पल उद्योगको उद्घाटन

आर्थिक, समाचार
जयराम पूर्वछाने मगर बेलका, असार १७ बेलका नगरपालिका–५ घुम्नेमा जुत्ता चप्पल उद्योग संचालन भएको छ । स्थानीय भोजराज कटुवालले संचालन गरेको उद्योगको आज नगरका मेयर दुर्गाकुमार थापाले उद्घाटन गर्नु भएको हो । उद्योगको उद्घाटन गर्दै मेयर थापाले, मेसिन औजार, सिप तालिममा सहयोग गर्ने बताउनुभयो । छिटो आम्दानी दिने पेशाको रुपमा चप्पल उद्योग हो । बट्टाइ चरा पालन, तरकारी पालन लगायतको छिटो आम्दानी दिने पेशाबाट धेरै आम्दानी लिन सकिने उहाँले बताउनुभयो । सुरक्षित भविष्यको आधार, सुविधा सम्पन्न पुर्वाधार नाराका साथ नगरपालिकाले गत वर्ष ५० बढि उद्यमीहरुलाई अनुदान वितरण गरेको छ । उद्यमीहरुले नै नगरमा सुन्दरता थपेको बेलका नगरपालिकाका उप प्रमुख राजकुमारी चौधरीले बताउनुभयो । मलेसियाबाट करिब ७ महिना अगाडी घर फर्कैका कटुवालले आफ्नै ठाउँमा केहि गर्ने सोच बनाएर ३ लाख ७० हजार ब्यक्तिगत लगानीमा उद्योग संचालन ग...
सुनको भाउ फेरी बढ्यो

सुनको भाउ फेरी बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १७ आज सुनको भाउ फेरी बढेको छ । सुन तोलाको ५ सय बढेर तोलाको ९१ हजार ७ सय रुपैयाँ तोकिएको हो । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर ९ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १७ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । मूल्य वृद्धि भएपछि काठमाण्डौ उपत्यकामा पेट्रोल १ सय १ रुपैयाँ तथा डिजेल तथा मट्टीतेल समान ८७ रुपैयाँ प्रतिलिटर पुगेको छ । आयल निगमले १५ दिनअघि प्राप्त नयाँ मूल्य सूचीका आधारमा मंगलबार रातिदेखि लागू हुने गरी मूल्य वृद्धि गरेको जनाएको छ ।...
शेयर बजारमा बढ्यो

शेयर बजारमा बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १६ आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर  केही समय  बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो । आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो । दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो । होटल र म्युचल फण्डबाहेक सबै जसो समूहको शेयर उकालो लागेपछि ६ प्रतिशतले बढेको नेप्से १२ सय ६०.७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले,  निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले  र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको  छ । आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १६ आज सुनको भाउ घटेको छ । केहि दिनदेखि निरन्तर बढिराखेको सुनको आज तोलामा १ सय रुपैयाँले घटेको हो । अहिले तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने हिजोकै भाउ तोलाको ९सय ४५ रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।
कोरोनाले बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

कोरोनाले बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ कोरोना भाईरसको कारण बन्द रहेको धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागेको हो । दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डले जनाएको छ । लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोबार गर्नु पर्नेछ । धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय ...
वडाको बजेट भौतिक पूर्वधारदेखि सुत्केरी महिला पोषण कार्यक्रमसम्म

वडाको बजेट भौतिक पूर्वधारदेखि सुत्केरी महिला पोषण कार्यक्रमसम्म

आर्थिक, समाचार
मिलन परियार लिम्चुङ्बुङ, असार १५  लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ । पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण  कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार,  शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती  प्रवद्र्धनमा २ लाख ८५ हजार,  चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार  बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए । चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार...