Monday, August 17News That Matters

आर्थिक

साढे ११ करोड बढि प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा

साढे ११ करोड बढि प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत्र २५ । हिजाेसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ रुपैया प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा जम्मा भएको छ । कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो । कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।...
बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

बारीमै कुहिन थालेकाे तरकारी किनबेच मिलाइदिन माग

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत २१ । राष्ट्रिय कृषक महासंघ, उदयपुरले लकडाउनका कारण कृषकहरुले लगाएका तरकारीहरु बारीमै कुहन थालेकाले बजार लैजाने र उपभोक्तालाई उपभोग गर्ने वातावरण मिलाइदिन माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गर्दै महासंघले सरकारसंग यस्तो माग गरेको हो । स्थानीय सरकार तथा प्रदेश र केन्द्र सरकारले किसानहरुको मार्कालाई मध्ये नजर गर्दै ढुवानी तथा निर्यातको व्यवस्था मिलाइ सर्बसाधारणलाई ताजा तरकारी खरिद गरेर उपभोग गर्ने वातावरण मिलाइ दिन माग गरिएको हो । साधारण किसानहरुको कृषि कर्म नै जिविकोपार्जनको माध्यम भएको र उपभोक्ताहरुले सहजरुपमा तरकारी खान पाउने व्यवस्था मिलाउन आजको आवश्यकता ठहर गर्दै यस्तो माग राखिएको कृषक महासंघ उदयपुरका अध्यक्ष कुशल राउतले बताउनुभयो । हिजो मात्र सरकारले कृषि तथा दैनिक उपभोग्य बस्तु, दुध, तरकारी जस्ता कुराहरुको सहज आपूर्तीमा सहजता ल्याउने जनाएको छ । सरकारको उ...
एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

एक हप्ताको लागि बजार पसल बन्द गर्ने उद्योग बाणिज्य संघको निर्णय

आर्थिक, समाचार
गाईघाट/चैत्र, १० विश्वभर फैलिरहेको कोरोना भाईरसको उच्च सतर्कताको लागि त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले भोली सोमबार देखी एकहप्ताको लागि सम्पूर्ण बजार पसलहरु बन्द गर्ने निर्णय गरेको छ । भिँडभाँड आवत जावतमा यसको संक्रमण देखिने हुदा यसको नियन्त्रमा संघले सतर्कता जनाउँदै भोली देखी बजार बन्द गर्ने उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले बताउनुभयो । बजारमा बढी मात्रामा हुने भिँडभाँड र एक अर्काको सम्पर्क बाट टाढै रहनु पर्ने सन्देशहरु अनुसार संघले यस्तो निर्णय गरेको हो । संघको निर्णय अनुसार अत्यावश्यक सामाग्री र पसलहरु बाहेक अन्य बजार पसलहरु पूर्ण रुपले बन्द हुने रसाईलीले जानकारी दिनुभएको छ  । बजारमा हरेक काम, लेनदेन, ब्यापार व्यवसाय धेरै थरीका मान्छे, भिँडभाँड र बढ्दो जमघट जस्ता क्रियाकलापलाई रोक्न बजारमा रहेको बिभिन्न उद्योग धन्दा, कलकारखाना र ब्यापार व्यवसायहरु नै ठप्प...
राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढायो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  नोट मार्फत कारोबार गर्दा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैँकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ । राष्ट्रबैंकले आइतबार निर्देशनमार्फत विद्युतीय भुक्तानीको सिमा बढाएको हो । मोवाइल बैंकिङ वा कोडमार्फत भुक्तानी गर्दा १ दिनको सिमा १ लाख  र महिनाको सिमा १० लाख रुपैयाँ पु¥याइएको छ । यस्तै इन्टरनेट बैंकिङ (मर्चेन्ट) मार्फत एक दिनमा १० लाख र एक महिनामा ३० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । इन्टरनेट बैंकिङमार्फत अकाउन्टमा पैसा ट्रान्सफर गर्दा एक दिनमा १० लाख र एक महिनामा ५० लाख रुपैयाँसम्म भुक्तानी गर्न पाइने भएको छ । एजेन्ट वा सव एजेन्टबाट दैनिक २५ हजार र मासिक एक लाख रुपैयाँ भुक्तानी गर्न सकिनेछ । एउटा वालेटबाट अर्को वालेटमा पनि एक पटकमा २५ हजार, एक दिनमा एक लाख र  एक महिनामा पाँच लाख रुपैयाँ पठाउन सकिनेछ । यस्तै बैंक...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । आइतबार सुन तालेमा एक हजार रुपैयाँले बढे तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गते शु्क्रबार सुन तोलाको ७५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो पनि पढ्नुस् । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ प...
आज विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमयदर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ९ गते ।  नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर १ कोे खरिददर १ सय २० रुपैयाँ ८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ६८ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ११ पैसा तोकेको छ । त्यसतै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३३ रुपैयाँ १४ पैसा तोकेको छ । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ ७ पैसा तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ८७ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
आज डलरको भाउ आकाशियो

आज डलरको भाउ आकाशियो

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ७ गते ।  आज अमेरिकी डलरको भाउले आकाश छोएको छ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ २८ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय १२ रुपैयाँ १३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ...
अग्नी पिडित राईलाई आर्थीक सहयोग

अग्नी पिडित राईलाई आर्थीक सहयोग

आर्थिक, समाचार
उदयपुर, चैत्र ६ गते । रौतामाई गाउँपालिका–५ धोद्रेका अग्नि पिडित भूपराज राईलाई उदयपुर सेवा समाज दक्षिण कोरिया र स्थानीयले आर्थीक सहयोग गरेको छ । सेवा समाज दक्षिण कोरिया र स्थानीयबासीले संकलन गरेको करिब ६० हजार रुपैयाँ सहयोग गरेको हो । उदयपुर सेवा समाज सस्थामार्फत दक्षिण कोरियामा भएका उदयपुरबासीहरुले संकलन गरेर पठाएको ३० हजार रुपैयाँ र स्थानीय टोल सुधार सस्था लगायतका विभिन्न संस्था र ब्यक्तिगत रुपमा संकलन भएको रकम एकमुष्ट रुपमा वडाध्यक्ष पाण्डव राई र वडा सदस्यहरु धनकुमार राई, सिताराम खत्रिले सामुहिक रुपमा हस्तान्तण गरेको स्थानीय युवा समाजसेवी सर्वधन राईले बताए । पशुपति मावि ज्यामिरे डाँडागाउँका शिक्षाकहरुले व्यक्तिगत रुपमा नगद २८ सय संकलन गरेर पिडित राईलाई हस्तान्तरण गरेको उनले बताए । सवै कुरा जलेर नष्ट भएपछि वडाले दिएको त्रिपाल मुनि रात कटाउँदै आएको राईलाई स्थानीयले नगद, खाद्यन्न ल...
आज विदेशी मुद्राको विनिमय दर

आज विदेशी मुद्राको विनिमय दर

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ६ गते ।  आज विदेशी मुद्राको भाउ केहि घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको थियो । साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो । ओमानी रियाल १ को खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ८९ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैस...