यु–१९ विश्वकपमा आज पाकिस्तानसँग खेल्दै नेपाल
पूर्णपुष्टि, माघ १० । आईसीसी यु–१९ विश्वकपमा आज नेपालले समुह चरणको दोस्रो खेल पाकिस्तानसँग खेल्दैछ । दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा हुने खेल नेपाली समय अनुसार दिउँसो १स्४५ मा सुरु हुनेछ ।
नेपाल समुह चरणको आफ्नो पहिलो खेलमा न्युजिल्याण्सँग पराजित भएको थियो । नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
न्युजिल्यान्डले अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगिसकेको छ भने उता पाकिस्तान आजको खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपाल पाकिस्तानसँग हारेपनि अफगानिस्तानसँगको अन्तिम खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ । नेपालले समुह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ ।
विश्वकपमा नेपाल र पाकिस्तानबीच अहिले सम्म तीन खेल भ...









