उदयपुरका कलवार समाजले भव्य मनायो वलभद्र कुवरको १७ औँ जयन्ती तथा पुजनोत्सव
पूर्णपुष्टि, १४ भदौ ।
कलवार समाज सेवा उदयपुरले वलभद्र कुवरको १७ औँ जयन्ती तथा पुजनोत्सव भव्यताका साथ मनाएको छ । शनिवार गाईघाट स्थित र्याली सहित औपचाकिर कार्यक्रम र सांस्कृति कार्यक्रम सहित उक्त उक्त जयन्ती मनाएको हो । कलवार समुदायले वलभद्रलाई कुलदेउता भगवानको रुपमा मान्ने गर्दछ । सोही देवताको जन्मउत्सवलाई यस समुदायले उत्साहका साथ मनाउने गर्छ । कलवार सेवा समाज उदयपुरको आयोजनामा प्रत्येकबर्ष भाद्रशुक्ल षष्ठी तिथिका दिन बलभद्र जयन्ती मनाईदैँ आएको छ । यस जयन्तीमा प्रभातफेरी, कलशयात्रा र पुजापाठको गरि जयन्ती मनाईन्छ ।
सोही अनुसारनै समितिले गाईघाट बजार स्थित प्रभातफेरी र्याली, दिउँसो होटल टाउन हलमा औपचारिक कार्यक्रम सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।...









