योजना र संयन्त्र बनाउन नसक्दा चिनियाँ असन्तुष्ट
साउन ३० गते ।
नेपाललले योजना दिन र संयन्त्र बनाउन नसक्दा चिन असन्तुष्ट भएको छ । चीनको महत्वकांक्षी योजना ‘बेलट एन्ड रोड इनिसिएटिभ्स’ (बिआरआई)मा सहभागी भएको दुई वर्ष वितिसक्दा सम्म नेपालले केहि गर्न नसकेपछि असन्तुष्ट भएको हो ।
पाकिस्तान, श्रीलंका लगायतका देशहरुमा बिआरआईका लागि कार्यकारी प्रमुखको नेतृत्वमा संयन्त्र गठन गरी गरिसकेका छन् । नेपालले प्रष्ट योजना प्रस्तुत गर्न र औपचारिक संयन्त्र बनाउन नसक्दा चिनियाँ पक्ष असन्तुष्ट रहेको जनाईएको छ ।
२०७४ वैशाख २९ मा नेपालले बीआरआईमा सहभागी हुने सम्झौता गरेको थियो । तीन वर्षमा सदस्यता नवीकरण हुने सम्झौताको पहिलो चरणमा केहि प्रगति विना नै सन् २०२० मा सकिँदै छ ।
चीनले बिआरआईमार्फत १ सय ५२ देशमा ४ सय अर्ब डलरको भौतिक पूर्वाधार, रेल वे, सडक यातायात लगायत ठूला परियोजना बनाइसकेको छ । यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ । ...







