Monday, March 17News That Matters

लिम्चुङबुङ डायरी

लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

लिम्चुङबुङमा एमाले वडाअधिवेशन सम्पन्न, को–को भए अध्यक्ष ?

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, १ असार । नेकपा एमाले उदयपुरले जिल्ला, नगरदेखी वडा अधिवेशन धमाधम गरिरहेको छ । जिल्ला अधिवेशन सकेर पालिका अधिवेशनमा होमीएको एमाले उदयपुर वडाहरुकाे अधिवेशनमा रहेको छ । पार्टीले जिल्लाको सबै पालिकाहरुमा वडा अधिवेशनको कामलाई अघि बढाईरहेको छ । पार्टीले लिम्चुङबुङ गाउँपालिकामा वडा अध्यक्ष टुँगो लगाएको छ । एमाले जिल्ला सदस्य राजकुमार राईका अनुसार वडा नं १ बास्बोटेमा विष्णुराज राई, वडा नं २ ताम्लिछामा रामबहादुर माझी, वडा नम्वर ३ बाराहामा डम्बर कार्की, वडा न. ४ वालम्तामा मनोज राई र वडा नं ५ जाँतेमा मेगबहादुर कार्की अध्यक्षमा चयन भएका छन् । पार्टीले लिम्चुङबुङसहित बिभिन्न पालिकाहरुमा वडा अधिवेशन सम्पन्न गर्दै आएको छ । भर्खरै पालिका अधिवेशन सकेर वडाअधिवेशन तर्फ पार्टी होमिएको हो ।...
लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

लिम्चुङबुङको एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचना केन्दको आकर्षक भवन निर्माण सुरु

Breaking News 2, पर्यटन, लिम्चुङबुङ डायरी
पूर्णपुष्टि, असार ५ लिम्चुङबुङले पर्यटनको क्षेत्रमा तिव्रता दिएको छ । पर्यटनलाई पनि मुख्य आर्थिक स्रोतको रुपमा लिइदै आएको त्यस पालिकाले एभरेष्ट भ्यु टपमा पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन आईबार बाट औपचारिक रुपमा निर्माण कार्य शुरु छ । उक्त भवन नेपाल सरकारले तयार पारेको पर्यटनको १०० सुचि भित्र पर्न सफल एभरेष्ट भ्यु टप पनि हो । सोही स्थानमा नेपाल सरकार पर्यटन बिभागबाट टेण्डर भई पर्यटकीय सुचनाकेन्द्रको आकर्षक भवन निर्माण सुरु भएको पालिका अध्यक्ष मेजर कुमार राईले जनाए । अध्यक्ष राईले लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने कुरा बिभिन्न माध्यमहरुमा भन्दै आइरहेको अवस्थामा त्यो सपना साकार गर्न यस कामले पनि एउटा इटा थप्न सहयोग गरेको जनाए । भ्यु टप को पनि काम भैरहेको अवस्था छ । त्यस ठाउँबाट ८ हजार माथीका सगरमाथा सहित ६ हिमालहरु हेर्न सकिने छ । पालिकाको उच्च स्थानमा रहेको भ्यु टपबाट रमाईलो वाताव...
गन्जु शेर्पाको व्यक्तिगत दुई लाख र अन्य  सहयोग सहित चार लाखमा  लिम्चुङबुङको  मुर्ति व्यवस्थापन

गन्जु शेर्पाको व्यक्तिगत दुई लाख र अन्य सहयोग सहित चार लाखमा लिम्चुङबुङको मुर्ति व्यवस्थापन

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ लिम्चुङबुङ गाउँपालिका बिभिन्न संस्कार संस्कृति र समुदाय बसेको ठाउँ हो । यहाँ क्षेत्री ब्राहम, दलित समुदाय र बिभिन्न आदिवासी जनजातिहरु बसोवास गरेको छ । यसै संस्कार संस्कृतिको जगेर्णाका लागि लिम्चुङबुङ गाउँपालिकाले शेर्पा तथा लामा समुदायको ठुलो धार्मिक आस्था राख्ने बुद्ध मुर्ति स्थापना भर्खररेर राखिएको छ । शेर्पा समुदायहरुको संस्कार संस्कुतिलाई मध्यनजर गर्दै लिम्चुङबुङमा राखिएको बुद्ध मुर्तिलाई भव्य व्यवस्थापन गरिएको छ । पालिकाको लगानीमा काठमाण्डौँ देखि खरिद गरि ल्याइएको उक्त मुर्तिलाई सजावट, रंग रोगन, जुन लगाउने काम र मन्त्र हान्ने जस्ता व्यवस्थापन गरिएको शेर्पा संघ लिम्चुङका अध्यक्ष गन्जु शेर्पाले जानकारी दिनुभयो । शेर्पाले आफैले पनि त्यस मुर्ति व्यवस्थापनका लागि दुई लाख व्यक्तिगत खर्च गरेको छ । करिब ९ लाख बराबर पर्ने ७ फुट हाईट भएको मुर्तिलाई पालिकाले खरिद गरिद...
लिम्चुङबुङमा मतगणना सुरु

लिम्चुङबुङमा मतगणना सुरु

Breaking News 1, राजनीति, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, वैशाख ३० । लिम्चुङबुङ गाउँपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत तुलाराज सुनुवारका अनुसार लिम्चुङबुङको वडा नं. ५ बाट मत गणना सुरु भएको हो ।
लिम्चुङबुङकाे सबै वडामा अपाङ्ता परिचयपत्र वितरण गरिदै

लिम्चुङबुङकाे सबै वडामा अपाङ्ता परिचयपत्र वितरण गरिदै

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १९ । लिम्चुङबुङ गाउँपालिका, महिला तथा बालबालिका  शाखाकाे आयाेजनामा पाँचै वडामा अपाङ्गता परिचयपत्र वितरण थालिएकाे छ । घुम्तिशिविर वडा-वडा मै आयाेजना गरेर वितरण थालिएकाे हाे । गाउँघरमै सेवा पुर्याउने उद्देश्यले चैत १८ गते वडा नं. १ बाँसबाेटेदेखि शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण थालिएकाे पालिकाकाे महिला तथा बालबालिका शाखाले जनाएकाे छ । शिबिर क्रमिकरुपले सबै वडामा राखिनेछ । यसैक्रममा आज वडा नं. २ ताम्लिछामा शिविर सञ्चालन गरि परिचयपत्र वितरण भएकाे छ । त्यहा ३ जनालाई अपाङ्ग परिचयपत्र वितरण भयाे । ताम्लिछाकाे बालाभञ्जयाङ बस्ति स्थित शंकर बि.क. काे घरमै पुगेर  ख बर्गकाे निलाे कार्ड प्रदान गरिएकाे छ ।  पालिकाकी उपाध्यक्ष रमिला राईले समन्वय समिति टाेलीका साथ बि.क. लाई परिचयपत्र प्रदान गर्नुभयाे । यसैगरी चैत २० गते वडा नं. ४ बलम्तामा, चैत २१ गते वडा नं. ५ जाँतेमा र अन्तिमदिन ...
लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

लिम्चुङबुङमा प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिता हुँदै, प्रथम पुरस्कार कती ?

Breaking News 1, खेलकुद, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, चैत्र ९ लिम्चुङबुङ गाउँपालिकामा ठुलो राशीका साथ प्रदेश नं १ पालिका स्तरीय महिला तथा पुरुष भलिवल तथा टे«ल रेश प्रतियोगिता हुने भएको छ । लिम्चुङबुङ गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा नयाँ बर्ष २०७९ सालको अवसरमा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यहि चैत्र २५ देखी २८ गते सम्म हुने आयोजकले जनाएको छ । पालिकाको ३ नं वडा बाराहामा संञ्चालन हुने उक्त भलिवल प्रतियोगिता महिला तथा पुरुष दुवै विद्यामा हुने समितिका अध्यक्ष मनोज बुढाथोकीले जनाए । बुढाथोकीका अनुसार भलिवल खेल अन्तरगतमा महिला तथा पुरुष दुवै बिजेता टिमले नगद रु १÷१लाख सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् भने उपविजेता महिला–पुरुष दुवै तर्फको टिमले नगद रु ५०÷५० हजार सहित मेडल, ट्रफि र प्रमाण पत्र पाउने छन् यता तृतिय हुने महिला तथा पुरुष दुवै टिमले पनि २५÷२५ हजारको दरले नगद सहित ट्रफि, मेडल र ...
लिम्चुङबुङमा उद्यम व्यवसायीक सीप विकास केन्द्र निर्माणको डिपिआर सम्पन्न

लिम्चुङबुङमा उद्यम व्यवसायीक सीप विकास केन्द्र निर्माणको डिपिआर सम्पन्न

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, फागुन २३ लिम्चुङबुङ गाउँपालिकाले पछिल्लो समय विकासे कामहरुलाई तिव्र बनाएको छ । जनताहरुलाई पालिकामै आवश्यकीय वस्तु तथा सेवाको सुविधा गराउन तथा शहरी वातावरणमै काम सहज गराउन पालिकाले बिभिन्न जनताको मागहरु सँग सम्बन्धित रहेको विकासे योजनालाई अगाडी बढाएको हो । पालिकाले पर्यटकीय, कृषि, मनोरञ्जन, खेलकुद, पशुपालन लगायत बिभिन्न क्षेत्रहरुलाई समेट्दै त्यसको व्यस्थित संरक्षण र उत्पादनलाई ध्यानमा राखेर निर्माण योजना तथा संरक्षणको कार्यको लागि डिपिआर तयार गरेको छ । पालिकाले जनता धनी बनाउने उदेश्यले ऐतिहासीक गौरबको योजना अगाडी बढाउदै बाराहाको सिम्लेमा अवस्थीत नर्कटी पोखरी संरक्षण साथै कृषी उद्यम तथा व्यवसायीक सिप विकास प्रशिक्षण केन्द्र निर्माण हुने गरी डिपीआर सम्पन्न गराएको जनाए । यस अन्तर्गत बाराहा पोखरी नर्कटीको पोखरी लाई बदेल आक्रितीमा निर्माण गर्ने, पुरानो मन्दिरलाई २ तल...
ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङमा शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने

Breaking News 2, मनोरञ्जन, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, फागुन १५ यहि फागुन १९ गते पर्न गएको ग्याल्पो ल्होछारको अवसरमा लिम्चुङबुङ गाउँपालिकामा संस्कृति कार्यक्रम सँगै शुभकामना आदान प्रदान तथा मुर्ति स्थापना हुने भएको छ । लिम्चुङबुङ गाउँपालिकाको सहयोग तथा वडा नं ३ नगरेको आयोजनामा उक्त कार्यक्रम यहि फागुन १९ गते हुने भएको जनाएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदान प्रदान सँगै सोहि कार्यक्रममा बुद्धको मुर्ति समेत राख्न लागिएको आयोजक नेपाल शेर्पा संघ लिम्चुङबुङ गाउँपालिका ३ नगरेले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलकार सान्तेन्जी शेर्पाले प्रस्तुती दिने भएको छ ।  ...
स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

स्वास्थ्य क्षेत्रमा पनि फड्को मार्दै लिम्चुङबुङ, थपियो डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, माघ १८ लिम्चुङबुङ गाउँपालिकाले बिकट अवस्थालाई बदल्दै प्रबिधि तर्फ छलाङ मारेको दावी गरेको छ । स्थानीय सरकार अगाडीको अवस्था र हालको अवस्थालाई तुलना गर्दै लिम्चुङबुङ गाउँपालिकाले सेवा सुविधाले निकै फड्को मारेको दावी गरेको छ । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अगाडी बढेको पालिकाले केहि दिन बाट डिजिटल एक्स–रे सहितको उपचार सेवा संञ्चालन गर्ने जनाएको छ । पालिकामा रहेको ए.ल.वी कार्की स्मृति लिम्चुङबुङ अस्पतालमा केहि दिनमै डिजिटल एक्स–रे भिडियो एक्स–रे को सेवा संञ्चालन हुने पालिका अध्यक्ष मेजर कुमार राईले बताए । सामान्य उपचारहरुले मात्रै पालिकामा स्वास्य क्षेत्र पुरा नहुने भन्दै डिजिटलको माध्यम बाट गर्न सकिने उपचारहरलाई समेत ध्यानमा राखी यो व्यवस्था गरेको अध्यक्ष राईले बताए । राईले अब साना देखी ठुलो उपचारहरु समेत जनताहरुले पालिका बाटै पाउने राईको भनाई छ । पालिकामै डिजिटलको माध्यम...
लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

लिम्चुङबुङ गाउँपालिकाको पुस्तकमा प्रकाशनका लागि लेख रचना उपलब्ध गराउन पालिकावासीलाई अनुरोध

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार, साहित्य
पूर्णपुष्टि, माघ ५ लिम्चुङबुङ गाउँपालिकाले आफ्ना पालिकावासीहरुलाई लेख रचना भए उपलब्ध गराउ अनुरोध गरेको छ । पालिकाको ५ बर्ष” पुस्तकमा प्रकाशनका लागि आफ्नो पालिकामै स्थानीयहरुले रचना गरेको कुनै पनि लेख रचना भए पालिकालाई उपलब्ध गराउन सूचना मार्फत अनुरोध गरेको हो । पालिकाको ५ ओटै वडाहरु ताम्लीछा, वालाम्ता, बास्वोटे, जाँते र बाराहाका स्थानीयहरुलाई आफु सँग भएको लेख रचना उपलबध गराईदिन अनुरोध गरेको पालिका अध्यक्ष मेजर कुमार राईले बताए । राईले लिम्चुङबुङ गाउँपालिका हरेक क्षेत्रले अगाडी रहेको समेत जनाउँदै रचनाको हस्पोट क्षेत्र पनि रहेको जनाए । यहाँ धेरै ठुला ठुला प्रगति गर्ने व्यक्तिहरु जन्मिए सँगै रचना तथा साहित्यको क्षेत्रले पनि पालिका अग्र स्थानमै रहेको भन्दै त्यहाँका स्थानीयहरुको लेख रचनालाई पालिकाको ५ बर्षे पुस्तकमा प्रकाशनका लागि रचनाहरु उपलब्ध गराउन अनुरोध गरेको जनाए । रचना सम्...