विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल
काठमाण्डौँ, जेष्ठ १५
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।
गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो । विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउ...









