Tuesday, June 30News That Matters

संसार

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, अषार ११ यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको नर्वेली अधिकारीहरूले बताएका छन् । नाइटक्लबमा धेरै गोली चलाइएको र धेरैजना गम्भीर घाइते भएका प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणको कारण स्पष्ट भइनसकेको तथा घटनाको छानबिन भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा उक्त घटना भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो । टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि शुक्रबार १३ अर्...
अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

अफगानिस्तानका भूकम्प पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरुको सहयोग

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, असार १० अफगानिस्तानका भूकम्प पीडितहरुका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले सहयोग गरिरहेका राष्ट्रसङ्घीय प्रवक्ताले जानकारी दिनुभएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले दिनुभएको जानकारीअनुसार संयुक्त राष्ट्रसङ्घीय निकायहरुले अफगानिस्तानका भूकम्पपीडितहरुलाई खाद्यान्न तथा अन्य आवश्यक सहयोग गरिरहेका छन् । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरले यहाँका भूकम्प पीडितहरुका लागि आवश्यक लत्ता कपडा उपलब्ध गराएको बताइएको छ । त्यसैगरी विश्व खाद्य कार्यक्रमले खाद्यान्न तथा विश्व स्वास्थ्य सङ्गठनले पीडित तथा घाइतेहरुका लागि आवश्यक औषधिको प्रबन्ध गरिरहेको पनि प्रवक्ता डुजारिकले जानकारी दिनुभयो । अन्य विदेशी निकाय तथा पाकिस्तानले पनि यहाँका पीडितहरुका लागि टेन्ट, लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गरिरहेका बताइएको छ । अफगानिस्तानको...
कार विस्फोटमा पत्रकारको मृत्यु

कार विस्फोटमा पत्रकारको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाडौं, असार २ गते । यमनको दक्षिणी बन्दरगाह सहर एडेनमा बुधबार एक स्थानीय यमनी पत्रकारको गाडी विस्फोटमा परी मृत्यु भएको एक सरकारी अधिकारीले सिन्ह्वालाई बताएका छन् । साबेर नोमान अल–हैदरी नामक स्थानीय पत्रकार बोकेको गाडीमा जडान गरिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस ९आईईडी०ले एडेनको मन्सौरा जिल्लामा ठूलो विस्फोट गराएको स्थानीय सरकारी स्रोतले नाम नछाप्ने सर्तमा बताएका छन् । राति भएको विष्फोटमा पत्रकारको ज्यान गएको र धेरै यात्रुहरू घाइते भएका छन् । पत्रकार जापानी समाचार आउटलेटका लागि काम गर्थे, उनलाई किन निशाना बनाइएको थियो भन्ने तुरुन्तै स्पष्ट नभएको सरकारी अधिकारीले जानकारी दिएका छन् । हालसम्म कुनै समूहले विस्फोटको जिम्मेवारी लिएको छैन । तर युद्धग्रस्त अरब देशमा यस्तै घटनाहरूमा धेरै यमनी पत्रकार मारिएका छन् । यमन सन् २०१४ को उत्तरार्धदेखि गृहयुद्धमा फसेको छ । हुथी मिलिशियाले धेर...
भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

Breaking News 3, समाचार, संसार
काठमाडौं, असार २ गते । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन् । बुधबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । यस वर्षको फेबु्रअरी २६ मा भारतमा ११ हजार ४९९ कोभिड–१९ सङ्क्रमित थपिएका थिए । गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए । भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ । यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०।१३ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ । कोरोना महामार...
उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सञ्चालन

उदयपुरमा प्रेस पासको २ दिने घुम्ति शिविर सञ्चालन

Breaking News 3, संसार
पूर्णपुष्टि, असार १ गते । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सहकार्य र सूचना तथा प्रशारण विभागको आयोजनामा दुई दिने प्रेस पास घुम्ति शिविर बुधवारबाट सञ्चालन भएको छ । आज र भोली त्रियुगा नगरपालिकाको सभाहलमा शिविर सञ्चालन गरिएको छ । शिविरमा प्रेस पास जारी, नवीकरण, अनालाईन दर्ता तथा नवीकरण गरिने छ । उदयपुरमा सञ्चालित शिविरमा छिमेकी जिल्ला सिरह, सप्तरी, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु लगाएतकाबाट समेत सेवा लिन आउन सक्ने छन् ।...
अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

अष्ट्रेलियाका मन्त्रीद्वारा सपथ ग्रहण

Breaking News 3, राजनीति, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १८ अष्ट्रेलियाका नवनियुक्त मन्त्रीहरूलाई बुधबार सपथ खुवाइएको छ । लेबर पार्टीका नेता एन्थोनी अल्बानी नेतृत्वको मन्त्रिपरिषद्‌मा रहेका ३० जनालाई “गभर्नर जनरल” डेभिड हुर्लीले सपथ खुवाउनु भएको हो । क्यानबेरामा रहेको “गभरमेन्ट हाउस”मा प्रधानमन्त्री अम्बानीको रोहबरमा उहाँले मन्त्रीहरूलाई सपथ खुवाउनु भएको जनाइएको छ । अष्ट्रेलियामा नवगठित ३० सदस्यीय मन्त्रिपरिषद्लाई मुख्यगरी तीन प्रकारले ऐतिहासिक मन्त्रिपरिषद् मानिएको छ । मन्त्रिपरिषद्‌मा अहिलेसम्मकै सबैभन्दा धेरै १३ जना महिला मन्त्री हुनु, आदिवासी महिला पहिलो पटक मन्त्री बन्नु र मन्त्रिपरिषद्‌मा पहिलो पटक मुस्लिम समुदायको प्रतिनिधित्व हुनुले यस मन्त्रिपरिषद्लाई ऐतिहासिक मानिएको हो । आदिवासी समुदायका महिला मध्ये लिन्दा बर्नी पहिलो मन्त्री बन्नु भएको छ । अष्ट्रेलियामा यसअघि आदिवासी समुदायबाट कुनै महिला मन्त्री बनेका...
विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

विश्व बैंकले श्रीलङ्कालाई ७० करोड अमेरिकी डलर दिने

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ विश्व बैंकले आगामी केही महिनाभित्र श्रीलङ्कालाई करिब ७० करोड अमेरिकी डलर उपलब्ध गराउन लागेको श्रीलङ्काका विदेशमन्त्रीले सोमबार जनाकारी दिएका छन् । कोलम्बोमा रहेको विश्व बैंकका देशीय प्रबन्धक चियो कान्डाले श्रीलङ्काका विदेशमन्त्री जीएल पेरिससँग कुराकानी गर्दा सो प्रतिबद्धता व्यक्त गर्नुभएको बताइएको छ । भेटमा मन्त्रीले अन्तरराष्ट्रिय मुद्राकोष, अन्य अन्तरराष्ट्रिय संस्था र दातृ राष्ट्रहरूमार्फत दीर्घकालीन सहायता उपलब्ध नहुन्जेल विश्व बैंकसँग सहयोग मागेका थिए । मन्त्रीले अर्थतन्त्रको दिगो समाधान नआएसम्म विश्व बैंकको अल्पकालीन आर्थिक सहयोगको कदर गरिने बताएका छन् । विश्व बैंकका देशीय प्रबन्धकले उनको कार्यालयले एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक र संयुक्त राष्ट्रसंघको कार्यालय जस्ता अन्य संस्थाहरूसँग पनि श्रीलङ्काको बिग्रदो अर्थतन्त्र सुधारका निम्ति का...
चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु

चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन् । मे २३ मा लिबियाको सिमाना नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । उक्त झडप चाडको राजधानी एनुजामेनाबाट करिब १,००० किलोमिटर (६०० माइल) मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो । त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाब र झडप हुने गर्दछ । झडप मौरिटानियन र लिबियालीहरू बीच भएको मन्त्रीले बताएका छन् । उनले एएफपीसँग यस क्षेत्रबाट फोनमा कुरा गर्दै जहाँ सो जानकारी दिएका हुन् । “यस क्षेत्रमा सुन खानी कामदारहरू बीच हिंसा भएको यो पहिलो घटना होइन र हामीले अर्को सूचना नआएसम्म कोरीमा सबै सुन खानीको उत्खननको कार्य स्थगन ग...
इन्डोनेसियामा डुङ्गा दुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १६ इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् । बिहीबार दक्षिण सुलावेसी प्रान्तमा यात्रा गर्ने क्रममा केएम लाडाङ पेर्तिवी डुङ्गा डुबेपछि स्थानीय टगबोट र माछा मार्नेहरूले धेरैलाई किनारमा ल्याएर उद्धार गरेका बताइएको छ । उद्धार गरिएका ती व्यक्तिहरु घर फर्किसकेका र उनीहरूको स्वास्थ्य सामान्य भएको उद्धारकर्ताहरुले बताएका छन् । उद्धारकर्ताहरूले हेलिकप्टर तैनाथ गरेका छन् र बेपत्ताको खोजीमा डुङ्गा डुबेको ठाउँबाट २० समुद्री माइलसम्म खोजी क्षेत्र विस्तार गरेका बताइएको छ । हेलिकप्टरसँग यात्रु ओसारपसार गर्ने अनुमति नभएकोले कप्तान र मालिक दुवैलाई सोधपुछका लागि लगिएको बताइएको छ ।सन् २०१८ मा सुमात्रा टापुमा रहेको विश्वको सबैभन्दा गहिरो तालमा डुङ्गा डुबेर १५० भन्दा बढी...
विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, जेष्ठ १५ साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६हजार डलर क्षतिपूर्ति र सात हजार पाँचसय डलर जरिवाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् । गत वर्ष मार्च २३ मा साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो । विमान परिचारकहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउ...