Wednesday, July 1News That Matters

संसार

पूर्वी चीनमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३ घाइते

पूर्वी चीनमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा ५ जनाको मृत्यु, ३ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २३ पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दिउँसो १:५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो । घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको र अहिले अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । (रासस)...
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ । (रासस)...
युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते

युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो । यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ । “दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको ज...
विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु, १८ बालबालिका बिरामी

विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु, १८ बालबालिका बिरामी

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ । (रासस)...
बस दुर्घटना हुँदा १६ को मृत्यु, ६ जना घाईते

बस दुर्घटना हुँदा १६ को मृत्यु, ६ जना घाईते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ । (रासस)...
तीन तले भवन भत्किँदा नौ जनाको मृत्यु

तीन तले भवन भत्किँदा नौ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २० नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको ताइएकोमा सोमबार राति थप एक जनाको शव भेटिएको हो । हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो । सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा के कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन । (रासस)...
नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ बोको हराम विद्रोहीका विरुद्धमा यहाँस्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ । बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन् । नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नो राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले केही महिना अघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । सो क्षेत्रमा पछिल्लो समयमा बोको हरामक...
आतङ्कवादी समूहको गोलाबारीमा एक सिरियाली सैनिकको मृत्यु, एक घाईते

आतङ्कवादी समूहको गोलाबारीमा एक सिरियाली सैनिकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ सिरियाको इदलिब प्रान्तमा जबात अल–नुस्रा आतङ्कवादी समूहले गरेको आक्रमणमा एक सिरियाली सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सिरियामा युद्धरत पक्षहरूको मेलमिलाप, रियर एडमिरल ओलेग झुराभलेभले सो कुरा बताएका छन् । जबात अल–नुस्रा आतङ्ककारीहरूले इदलिब डि–एस्केलेसन जोनमा विगत २४ घण्टामा चार पटक गोलाबारी गरेका थिए ।झुराभलेभले आइतबार पत्रकारहरुलाई बताएअनुसार ‘लटाकियामा अर्को आक्रमण भएको हो । “इडलिब प्रान्तमा, मेलाजाहको बस्तीको क्षेत्रमा सरकारी सेनाको स्थानमा फत्तराह क्षेत्रका आतङ्ककारीहरूले गरेको तोपको गोलाबारीको परिणामस्वरूप, एक सिरियाली सैनिक मारिए, एक घाइते भए,“ झुरावलेभले भने। झुराभलेभले बताएअनुसार गैर–सरकारी नियन्त्रित सिरियाको इडलिब प्रान्तबाट अल्बेनियन र काकेसस मूलका लडाकुहरू युरोपतर्फ लागेका थिए। (रासस)...
फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८० घर जलेर नष्ट, ६ जनाको मृत्यु

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८० घर जलेर नष्ट, ६ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् । आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन् । करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन। (रासस)...
न्यु मेक्सिकोमा भीषण आगलागी

न्यु मेक्सिकोमा भीषण आगलागी

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १८ संयुक्त राज्य अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७,००० एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन्। ूसो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस भेगास तर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो। हावाको तीव्रप्रवाहले आगलागी अनुमान भन्दा छिटो भैलिरहेको बताइएको छ। यो तीव्रता आज पनि जारी रहनेछ,ू सान्ता फे नेसनल फरेस्ट ९क्ँल्ँ० का आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् । डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ। विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाड्न आदेश जारी गरिएक...