आगलागीबाट बच्न गाईघाटमा प्रयोगात्मक अभ्यास
पूर्णपुष्टि, ७ चैत्र ।
पछिल्लो समय आगलागीको सिजन छ । सुख्खा मौसम चैत्र बैसाखको समय बन जंगलबाट आएको आगो होस या घरबाट निस्कीएको आगो किन नहोस । आगो यो समय निकै हानिकारण छ । यसै समय र घटनालाई लक्षीत गर्दै हुरेण्डेक उदयपुरले आयोजना गरेको आगलागीको विपद व्यवस्थापन सम्वन्धी प्रयोगात्मक अभ्यास संञ्चालन गरेको छ ।
बिपद प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धिको लागि बिहिबार गाईघाट स्थित थारुहट रंगशालामा स्थानीय समुदाय तथा स्थानीय विपद व्यवस्थापनका सदस्यहरुलाई प्रयोगात्मक अभ्यास गराईएको हो । हुरेण्डेकको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समिति उदयपुर, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी वल उदयपुरको समन्वय तथा सहजीकरणमा प्रयोगात्मक अभ्यास गराईएको हो । पछिल्लो समय आगलागीको समय पनि रहेको हुँदा यसको नियन्त्र र आगलागिबाट बच्ने अवस्था र उपायहरुबारे अभ्यास गराईएको थियो ।
अभ्यासमा आगलागी हुनका क...









