उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप सुरु, उद्घाटन खेलमा बागमति विजयी
पूर्णपुष्टि, माघ १५ । उदयपुरमा १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकप फूटबल प्रतियोगिता २०८१ सुरु भएको छ । मंगलबार बसाहा युवा क्लबद्धारा आयोजित १० औँ नारदमुनि थुलुङ स्मृती गोल्डकपको उद्घाटन एमाले कोशी प्रदेश इन्चार्ज तथा कोशि प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राइले गरेका हुन् ।
चौदन्दीगढी नगरपालिका बसाहास्थित नारदमुनि थुलुङ रंगशालामा भएको पहिलो उद्घाटन खेलमा डिफेन्डिङ्ग च्याम्पियन बागमती युबा क्लब सर्लाहीले संकटा फूटबल क्लब काठमाण्डुलाई १–० गोल अन्तरले हराएको हो । बागमतिका लागी जर्सी नं. १४ का सनम धिमालले ७२ औँ मिनेटमा गोल गरे । उनको त्यहि गोल नै जितका लागी निर्णायक गोल बन्यो ।
८ टिमको सहभागी रहेको गोल्डकप यहि माघ २२ गते सम्म संचालन हुनेछ । भोली हुने दोस्रो क्वाटरफाईनल खेल आयोजक बसाहा क्लब र झापा फुटबल क्लबबिच हुनेछ । उपाधी बिजेताले नगद ५ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ...









