Tuesday, August 25News That Matters

समाचार

प्रदेशमा ९३ जनाकाे रयापीड टेस्ट, सबैकाे रिपाेर्ट नेगेटिभ

प्रदेशमा ९३ जनाकाे रयापीड टेस्ट, सबैकाे रिपाेर्ट नेगेटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ कोरोना भए/नभएको पत्ता लगाउन गरिने र्यापिड डाइग्नोष्टिक टेस्ट प्रदेश १ मा शुरु भएको छ । यो परिक्षणबाट प्रदेशमा गरिएको कुल ९३ जनाको नमूनाको परीक्षण गर्दा कसैमा पनि कोरोना नदेखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जानकारी दिएको छ । जम्मा ७ महिला र ८६ पुरुषको नमूना संकलन गरी परीक्षण गर्दा सबैको रिर्पोट नेगेटिभ आएको हो । छरितो तरिकाबाट कोरोना भए/नभएको परीक्षण गर्ने विधि भएकाले अव धेरै संकास्पद मानिसको परिक्षण गर्न सकिने प्रदेश सरकारले जनाएको छ । प्रदेश १ का मुख्यमन्त्री शेधरन राईले शुक्रबार अब सरकारको ध्यान ठूलो संख्यामा परीक्षण गर्नेतर्फ केन्द्रीत हुने बताउनु भएको थियो । परीक्षणका लागि विराटगरको कोशी अस्पतालमा काठमाडौपछि अधिक परीक्षण गर्न सक्ने ल्याब समेत संचालनमा आईसकेको छ । उता संभावित कोरोना परीक्षणको लागि नमूना संकलन तथा परीक्षण ...
लकडाउन अवज्ञा गर्ने ३२ जना प्रहरी नियन्त्रणमा, ३ जनालाई मुद्दा

लकडाउन अवज्ञा गर्ने ३२ जना प्रहरी नियन्त्रणमा, ३ जनालाई मुद्दा

समाचार
पूर्णपुष्टि, चैत २९ । प्रहरीले अव लकडाउन अवज्ञा गर्नेहरुलाई त्यतिकै नछाड्ने भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आजबाट लकडाउन तोड्नेलाई नियन्त्रणमै लिन सुरु गरेको छ । आफु पनि संक्रमणको खतरामा र अरुलाई पनि खतरामा पार्ने भएकाले लकडाउन अवज्ञा गर्नेहरुलाई खव कारवाही चलाइने प्रहरीले जनाएको हो । जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले लकडाउन अवज्ञा गर्ने ३२ जनालाई आज नियन्त्रणमा लिइएको छ । सदरमुकाम गाइघाट आसपासबाट नियन्त्रणमा लिइएका उनीहरुलाई निभर प्रहरी कार्यालयकै नियन्त्रणमा राखेर कोरोना र लकडाउनको बारेमा शिक्षा दिएर साँझ छाडिएका छन् । पहिलो दिन सबैलाइ चेतावनी स्वरुप लकडाउन शिक्षा दिएर छाडिए पनि भोलीदेखि मुद्दासमेत चलाउन सकिने बताउनुभयो । लकडाउनको अर्थ घरमै सुरक्षित भएर बस्ने भन्ने मात्र नभई विश्वलाई फैलिरहेको कारोना भाइरसको संक्रमण फैलन नदिनु भएकाले यसप्रति लापरवाही गर्नेला...
जिल्लाकाे क्वारेन्टाइनकाे जिम्मा नेपाली सेनालाइ दिने

जिल्लाकाे क्वारेन्टाइनकाे जिम्मा नेपाली सेनालाइ दिने

समाचार
पूर्णपुष्टि, चैत २९  प्रदेश नं. १ मा सरकारले जिल्लाका क्वारेन्टाइनलाई प्रभावकारी र व्यवस्थितरुपले सञ्चालन गर्नका लागि नेपाली सेनालाई जिम्मेवारी दिने व्यवस्था मिलाउने बताउनुभएको छ । शुक्रबार बसेको प्रदेश क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा मुख्यमन्त्री राईले जिल्लाको क्वारेन्टाइन नेपाली सेनालाई दिने बताउनुभएको हो । त्यस्तैगरी लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्दै हाटबजार मेला र जमघट बन्द गर्ने र राहत वितरणलाई प्रभावकारी बनाउने निर्णय भएको छ । लकडाउन र राहत वितरणलाई प्रभावकारी बनाउँन आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि सुरक्षा योजना र जिम्मेवारी तोकिएको जनाइएको छ । लकडाउनलाई कडाइका साथ कार्यन्वयन गराउने, हाटबजार, मेला र जमघट बन्द गराउँने, राहत वितरण प्रभावकारी बनाउने, कोरोना जनसुरक्षा कोषबाट पालिकाहरुलाई उपलब्ध गराउनु प...
सुरक्षा प्रमुखहरूलाइ राहत वितरणमा भीड नियन्त्रण गर्न र स्थानीय सरकारलाइ राहत घरघरमै पुर्याउन  मुख्यमन्त्रीको निर्देशन

सुरक्षा प्रमुखहरूलाइ राहत वितरणमा भीड नियन्त्रण गर्न र स्थानीय सरकारलाइ राहत घरघरमै पुर्याउन मुख्यमन्त्रीको निर्देशन

समाचार
पूर्णपुष्टि, चैत २९ । १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले राहत वितरणमा हुने भिड हटाउन सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै राहत घरघरमा पुर्याउने व्यवस्था गर्न स्थानीय सरकारलाई निर्देशन दिनुभएको छ । राहत वितरण गरिरहेका स्थानीय सरकारहरुसमेतलाई लक्षित गर्दै मुख्यमन्त्री राईले सुरक्षा प्रमुखहरुलाई भिड हटाउन निर्देशन दिनुभएको हो । शुक्रबार नै बसेको सुरक्षा परामर्श समितिको बैंठकमा उहाँले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिनु भएको हो । अहिले स्थानीय तहले वितरण गरिरहेको राहत लिनेको घुइचो बढ्दा कोरोना भाइरसको संक्रमण भइहाले अवस्था भयावह हुने भन्दै मुख्यमन्त्री राईले स्थानीय तहहरुले डेलिभरी भ्यानको व्यवस्था गरेर घरघरमै पुगेर राहत वितरण गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । विशेष गरी तराईका जिल्ला र शहरी क्षेत्रमा यो समस्या रहेको भन्दै स्थानीय तहका जनप्रतिनिधीहरुसंग समन्व...
खड्का मृत अवस्थामा फेला

खड्का मृत अवस्थामा फेला

समाचार
धनकुटा,चैत्र २९ गते । धनकुटा पात्ले–६ निबासी ४० बर्षीय मनोज खड्का मृत अवस्थामा फेल परेको छ । गत चैत्र २३ गते घरबाट कोहि कसैलाई नसोधी हिडेका खड्का घर नफर्किएपछी आफन्तले हिजो जिल्ला प्रहरी कार्यालय धनकुटामा जानकारी गराएका थिए । घटनाको जानकारी पाएसंगै खोजतलासमा खटिएको प्रहरी टोलीले शनिबार दिउँसो सँवा १२ बजे धनकुटाको शिलढुंगा चेपमा मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित २ जना पक्राउ

समाचार
झापा,चैत्र २९ गते । झापाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । ईलामको माई–२ निबासी ४३ बर्षीय कमल श्रेष्ठ र सुर्योदय–२ निबासी २८ बर्षीय संदिप राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको हो । मेचिनगर–१० स्थित भित्रि सडकखण्डमा मे ११ प २५८५ नम्बरको मोटरसाईकलमा सवार दुबै जनालाई हिजो राती साढे ९ बजे नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ७ ग्राम  ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।...
कोभिड–१९ रोकथामको कार्यक्रम सार्वजानिक

कोभिड–१९ रोकथामको कार्यक्रम सार्वजानिक

समाचार
पूर्णपुष्टि, चैत्र २९ गते ।  विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा न्यूनिकरण गर्नका लागि चौदण्डिगढी नगरपालिकाले संचालन गरेको कार्यक्रमहरुको सार्वजनिक गरेको छ । चौनपाले कोरोनाको संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागी सञ्चालन गरेको कार्यक्रमहरुको एक पत्रकार सम्मेलनमार्फत शनिबार नगरले सार्वजनिक गरेको हो । कोरोनाको रोकथाम तथा न्युनिकरणका लागी सरकारले लागू गरेको  लकडाउनको समयमा नगरले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु, नगरबासीलाई राहत वितरण लगायतका कार्यक्रमहरुको बारेमा चौनपाका मेयर खगेन्द्र र्राइले प्रस्तुत गरेको थियो । चौनपा–७ स्थित रामप्रशाद राई खेलमैदानमा ७ वेडको आईसोलेसन वार्डको निर्माण, सबैै वडाहरुमा क्वारेन्टाईन निर्माण गरिसकिएको छ भने गत १३ गतेदेखि राहत वितरणको लागि वडाध्यक्षहरु मार्पmत लगत संकलन गरी ३ हजार ३ सय २२ घर धुरीका १४ हजार १ सय ५...
अस्पतालबाट केही दिनमै डिस्चार्ज हुदै २ कोरोना सङ्क्रमित

अस्पतालबाट केही दिनमै डिस्चार्ज हुदै २ कोरोना सङ्क्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते ।  टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारार्थ कोरोना भाईरस (कोभिड–१९) का संक्रमित दुई जना केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोरोना सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालले जनाएको छ । अस्पतालमा उपचारको क्रममा रहेका कोरोना सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकाले दुई दिनभित्र अन्तिम रिपोर्ट आउने छ । त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ । टेकु अस्पतालमा अहिले कोरोना शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । उक्त नौ जना मध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।...
लकडाउन फुकुवा नगर्न डब्लूएचओको सुझाव

लकडाउन फुकुवा नगर्न डब्लूएचओको सुझाव

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत २९ गते । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाईरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाइएका लकडाउनसहितका उपाय तत्काल अन्त्य गर्दा मृत्यु हुनेको संख्या तिब्र गतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो । प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्न डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले जोड दिएका छन् । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उनले बताए । विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको डब्लूएचओले जनाएको छ । प्रतिबन्ध फुकुवा गर्न हतारो नगरि...
एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने ३ जना पक्राउ

एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत २९ गते ।  चितवनमा एम्बुलेन्सको प्रयोग गरी लागुऔषध ओसारपसार गर्ने तीन जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२ जुन हल नजिकै एम्बुलेन्स जाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ परेका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । नवलपरासीबाट एम्बुलेन्स बुकिङ गरी आएका उनीहरुको साथबाट नाइट्राजेपाम १ सय ८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । एम्बुलेन्समार्फत लागुऔषध ओसारपसार गर्ने विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा लागुऔषध मगाउने अञ्जन तिमिल्सिनालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिएर बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतप...