Tuesday, August 25News That Matters

समाचार

१३ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

१३ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

समाचार
पूर्णपुष्टि, चैत ३० गते । अर्घाखाँची जिल्लामा क्वरेण्टीनमा रहेका १३ जनाको ¥यापिड टेस्टमार्फत कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । सन्धिखर्क नगरपालिका १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वरेण्टीनमा रहेका सात जना भूमिकास्थान नगरपालिकामा रहेको ढाकाबाङ्गको क्वरेण्टीनमा रहेका ६ जनार्को यापिड टेस्ट गरिएको अर्घाखाँची अस्पतालले जनाएको छ । नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको र ७ दिन घरमै क्वरेण्टीनमा सुरक्षित बस्न आग्रह गरिएको छ ।...
राजदूतको तलब कोरोना उपचार कोषमा

राजदूतको तलब कोरोना उपचार कोषमा

आर्थिक, समाचार
पूर्णपुष्टि, चैत ३० गते ।  मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ जना नेपाली राजदूतले एक महिनाको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान, बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको छ । राजदुतहरु कतारका लागि नारदनाथ भारद्वाज, इजराइलका लागि डा. अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।...
खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु

खोटाङमा चट्याङ लागेर २ जनाको मृत्यु

समाचार
खोटाङ, चैत्र ३० गते । शनिबार साँझ पानीसँगै परेको चट्याङ लागेर खोटाङको केपीलाशगढी–१ निबासी १५ वर्षीय राजमणी राई र ३५ वर्षीय निर्मला विकको मृत्यु भएको हो । आ–आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
चट्याङ लागेर राईको मृत्यु

चट्याङ लागेर राईको मृत्यु

समाचार
संखुवासभा चैत्र ३० गते । पानीसँगै परेको चट्याङ लागेर संखुवासभा पाँचखपन–२ निबासी ५२ बर्षीया डम्बरकुमारी राईको मृत्यु भएको छ । घरको आँगनमा बसीरहेकी राईलाई शनिबार राती पौने ८ बजे परेको चट्याङ लागेर मृत्यु भएको हो । पानीसँगै परेको चट्याङ लागेर राईको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
ढुङगाले लागेर १ जना कामदारको मृत्यु

ढुङगाले लागेर १ जना कामदारको मृत्यु

समाचार
पाँचथर, चैत्र ३० गते । पाँचथरको तुम्मेवा गाउँपालिका–५ हाङबुङमा निर्माणाधिन अवस्थामा रहेको पुलमा काम गर्दै आएका एक कामदारको ढुङगाले लागेर मृत्यु भएको  छ । भारतको सिपोल जिल्ला शंकरापुर गाउँ पञ्चायत घर भई पुलमा काम गर्दै आएका २४ बर्षीय नजिबुल महोमदको ढुङगाले लागेर मृत्यु भएको हो । काम सकेर खोला नजिकै सुत्नको लागी बनाएको टेन्ट भित्र सुतिरहेको अबस्थामा बिहान करिव ३ बजे भिर माथीबाट एक्कासी ढुङगा झरेर लाग्दा महोमदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिप्रका पाँचथरले जनाएको छ ।...
दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

दिल्लीमा ९ सय जनाभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० गते ।  भारतको दिल्लीमा नौ सय भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म आठ हजार तीन सय ५६ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य विभागले जनाएको छ । उक्त संख्यामध्ये दिल्लीमा मात्रै नौ सय तीन जनामा कोरोना पुष्टि भएको जनाईएको छ । भारतको प्रान्तहरु मध्ये सबैभन्दा बढी महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ । त्यसपछि तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट दुई सय ७३ जनाको मृत्यु भईसकेको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।...
नेपालमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि

नेपालमा रहेका ३ जना भारतीयमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र ३० गते ।  पर्साको वीरगञ्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो । भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । उक्त मध्ये तीन जनाको प्रारम्भिक रिपोर्ट मिश्रित खालको आएको र पुनः परीक्षणका लागि टेकु पठाइएको हेटौंडा स्थित प्रयोगशालाले जनाएको छ । हेटौंडाको प्रयोगशालाले त्यो जानकारी नारायणी अस्पताललाई पनि गराएको थियो । त्यसलगत्तै वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पत...
भरुवा बन्दुकसहित २ जना पक्राउ

भरुवा बन्दुकसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र ३० गते ।  चौदण्डिगढी नगरपालिकाको राजाराजीबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । चौदण्डिगढी नगरपालिका–३ राजारागी निबासी २७ वर्षीय नवराज राई र २६ वर्षीय निर्मल राईलाई हतियारसहित पक्राउ गरेका हुन् । भरुवा बन्दुक प्रयोग गरी जंगली जनावर मार्ने गरेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटेका प्रहरी टोलीले शंखास्पद अवस्थामा शुक्रबार राती करिब ९ः३० बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढा मगरले बताए । शंखास्पद अवस्थामा फेला पारी सोधपुच्छ गर्दा स्थानीय पदमबहादुर राईको घरमा बन्दुक लुकाई छिपाई राखेको भनेपिछ घर खान्तलासी गर्दा एक थान भरुवा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । पदमबहादुर घरमा नभएकाले खोजतलास भईरहेको छ भने पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
कोरोना सङ्क्रमणबाट अमेरीकामा २० हजारभन्दा बढीको मृत्यु

कोरोना सङ्क्रमणबाट अमेरीकामा २० हजारभन्दा बढीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, चैत ३० गते ।  कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण अमेरिकामा मात्रै साढे २० हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १८ सय भन्दा धेरैको मृत्यु भएसँगै अमेरिकामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या साढे २० हजार नाघेको हो । ५ लाख ३० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । इटलीमा १९ हजारभन्दा बढीको मृत्यु भएको छ । हिजोसम्म ज्यान गुमाउनेको संख्या इटलीमा धेरै थियो । विश्वका २ सय १० र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिँदा १७ लाख ७५ हजार भन्दा धेरै मानिसमा कोरोनासङ्क्रमण भएको वल्डओमिटरले जनाएको छ । उक्त संख्यामध्ये ४ लाख १ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।...
लकडाउनको १८ दिनमा नाैं सय सवारी नियन्त्रणमा

लकडाउनको १८ दिनमा नाैं सय सवारी नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, चैत २९ । उदयपुरमा लकडाउनको १८ औं दिनसम्ममा नौ सय सवारी साधनहरु प्रहरी नियन्त्रणमा परेका छन् । यसले सवारीसहित लकडाउनको अवज्ञा गर्नेको संख्या ठूलो देखिएको छ । प्रहरीले कडाई गर्दागर्दै पनि अवज्ञा गरेको अवस्थामा ती सवारीसाधनहरु नियन्त्रणमा परेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढा मगरले बताउनुभयो । एसपी मगरका अनुसार लकडाउनमा अतिआवश्यकीय काम बाहेकमा बाहिर निस्कन नपाउने हुन्छ । सवारी साधनहरु प्रशासनको पासविना सञ्चालन गर्न मिल्दैन तर, ती साना तथा ठूला सवारी साधनहरु विना पास, अतिआवश्यक काम बाहेकमा सञ्चालन भएको पाइएपछि नियन्त्रणमा परेको उहाँले बताउनुभयो । नियन्त्रणमा पर्ने सवारी साधनहरुमा दुइपांग्रे मोटरसाईकल तथा स्कूटी सबैभन्दा ठूलो संख्यामा छन् । मोटरसाईकल तथा स्कूटी ४ सय ८१ वटा छन् । साना तथा ठूला चारचक्के सवारी साधन १ सय ५२ वटा छन् । त्यस्तै अटो १० वटा र साईकल १ सय...