Friday, August 21News That Matters

समाचार

ढुङ्गा लागेर ३ जना कामदार घाईते

समाचार
संखुवासभा, मंसिर २० गते । संखुवासभाको मकालु गाउँपालिका–५ आम्राङको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गाले लागेर तीन जना कामदार घाईते भएका छन् । भारतको आसाम नलबारी निबासी २३ वर्षीय भाजिदिन अली, भारतको जिल्ला बर्बता नीबासी २६ वर्षीय हस्तम अली र भारत अलिकाद्वार जिल्ला निबासी २८ वर्षीय अबुद करको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
अबैध लागुऔषध सहित ३ जना पक्राउ

अबैध लागुऔषध सहित ३ जना पक्राउ

समाचार
झापा, मंसिर २० गते । झापाको बिर्तामोडबाट लागु औषधसहित तीन जना पक्राउ परेका छन् । विर्तामोड नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गबाट ब्राउनसुगर सहित पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय अनारमनिबाट गस्तीमा खटेका प्रहरी टोलीले गतसाँझ करिब ७ बजे एक युवतीसहित तीन जनालाई १२ ग्राम ७ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । बिर्तामोड निबासी २१ बर्षीय राजकुमार राजवंशी, ईलाम निबासी १९ बर्षीय समिर महत  र काठमाण्डौ सिनामंगलकी १८ बर्षीया पुजा शंकर लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ । मे १ ह २४३० नम्वरको अटोरिक्सामा सवार गरी आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा सोही अटोका चालक समेत रहेका राजकुमारको साथबाट १२ ग्राम ब्राउन सुगर, १० पिस ट्रेडोल ट्याब्लेट, नगद ५९ हजार ६ सय रुपैयाँ र पुजाको साथबाट ७ सय मिलिग्राम ब्राउनसुगर फेला पारी बरामद गरिएको प्रहरीले जनाएक...
ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

ग्लोबल र जनताको एकीकृत कारोबार सुरु

आर्थिक, समाचार
मंसिर २० गते ।  जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भएपछि आजबाट एकिकृत कारोबार सुरु भएको छ । एक कार्यक्रमको साथ शुक्रबारदेखि एकीकृत कारोबार सेवा सुरु भएको हो ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलो पटक दुईवटा वाणिज्य बैंक मर्ज भएर एकिकृत कारोबार सुरु हुन थालेको हो । मर्ज हुँदा ग्लोबल आइएमईको एक सय कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।...
वैदेशिक रोजगारीसँगै मानव बेचविखन बढ्दो

वैदेशिक रोजगारीसँगै मानव बेचविखन बढ्दो

लिम्चुङबुङ डायरी, समाचार
मंसिर २० गते ।  वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा सरकार लागि परेको बेला मानव बेचविखनमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता सक्रिय रहेको देखिएको छ । मानव बेचविखनका एकतिहाई घटना वैदेशिक रोजगार र परामर्शसँग सम्बन्धीत रहेको पाइएको हो । वैदेशिक रोजगार व्यवसायमा देखिएको अराजकतालाई नियन्त्रण गर्न नसक्दा रोजगारीको आडमा मानव बेचविखन तथा ओसारपसार बढेको अध्ययनले देखाएको छ । महिला तथा बालबालिका बेचविखनविरुद्ध सहकर्मी समुहले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी  सामग्रीहरुको अध्ययन तथा विश्लेषण गरी तयार गरिएको प्रतिवेदनले ठगीमा वैदेशिक रोजगारका एजेन्ट, म्यानपावर र परामर्शदाता पनि दोषी देखिएका हुन् । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ । ...
बन समुहले बनायो सामुदायिक भवन, खुशीयालीका साथ उद्धाटन

बन समुहले बनायो सामुदायिक भवन, खुशीयालीका साथ उद्धाटन

समाचार
पूर्णपुष्टि, मंसिर १९ गते । गाउँमा सामुदायिक भवन निर्माण भएपछि उदयपुरको रौतामाई गाउँपालिका वडा नं. ७ धाङ्लेका गाउँबासिमा खुसी छाएको छ । गाउँकै अन्नपूर्ण सामुदायिक वन उपभोक्ता समुहको आप्mनै आम्दानीबाट भवन निर्माण भएपछि  उनीहरुमा खुसी छाएको हो । समुहको १४ लाख ६९ हजार ४३४ रुपैया लागतमा निर्मित भवनको बुधबार एक विशेष समारोहकाबीच गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले उद्घाटन गरे । अध्यक्ष खड्काले प्रशंसनीय काम भएको भन्दै समुह र गाउँलेहरुलाई धन्यवाद दिए । गाउँ मात्र नभई पालिकाकै लागि राम्रो काम भएको पालिकाको ठहर छ । एउटा कार्यालय कोठासहित कार्यक्रम हल रहेको भवन र चर्पी निर्माण गरिएको छ । भवन निर्माणले गाउँको शोभा बढेको मात्र छैन, सबै किसिमका कार्यक्रमहरु गर्न सजिलो र व्यवस्थित हुने भएको छ । भवन नहुँदा खुल्ला चौरी, सडकमा बसेर बैंठक, छलफल, भेला जस्ता कार्यक्रम गर्नुपर्ने अवस्था थि...
त्रियुगा उद्योग वाणिज्य संघ अधिबेशनबाट भाग्न खोज्दै

त्रियुगा उद्योग वाणिज्य संघ अधिबेशनबाट भाग्न खोज्दै

आर्थिक, समाचार
पूर्णपुष्टि, मंसिर १९ गते । ६ महिना अघि नै कार्यकाल सकिसकेको त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले अधिवेशनको छाटकाट देखाएको छैन । गत असारमा तीनवर्षे कार्यकाल पुरा भएर अधिवेशन गर्नुपर्ने कार्यसमितिले ६ महिनाको कार्यावधी थपेको थियो । अधिवेशन यहि मंसिर २८ र २९ गते गर्ने निर्णय भएको थियो । थव कार्यावधी सकिन सातादिन मात्र बाँकी हुँदासम्म अधिवेशनको छाटकाट देखाएको छैन । अधिवेशनको तयारी, आन्तरिक छलफल, बैंठक, प्रचार प्रसार जस्ता कुराहरु केही भएको छैन । बार्षिक रुपमा साधरण सभा हुनु पर्नेमा समितिले त्यो पनि नगरेको व्यवसायीहले बताएका छन् । व्यापारी, व्यवसायीहरुको साझा संस्थाको रुपमा रहेको उद्योग वाणिज्य संघले समयमा साधरण सभा, अधिवेशन गर्नुपर्दछ । अपारदर्शीता, अनियमितता र पद लोलुपताका कारण पनि यस्ता लगत हर्कत हुने भन्दै अव स्थानीय सरकार स्थापना भईसकेकोले उसले र सरोकारवाला निकायले पनि चाँसो दिनुपर्न...
वालाम्तामा पनि दिखलीपाछाको वंशावली किताव विमोचन

वालाम्तामा पनि दिखलीपाछाको वंशावली किताव विमोचन

समाचार
उदयपुर/१८ रोदुङ चाम्लीङ दिखलीपाछाले आफ्नो वंश पुनर्मिलन तथा वंशवली किताव विमोचनको अभियान देशै भरी चलाएको छ । आफ्नो पाछाको खोज अनुसन्धान तथा पूर्नमिलन कार्यक्रम अन्तर्गत देशका बिभिन्न ठाउँहरुमा रहेको आफ्नो वंशहरुलाई पुर्नमिलन तथा वंशाली किताव विमोचनमा समिति अहिले लागि परि रहेको छ । वंशावली पुस्तक विमोचनमा तथा पुनर्मिलनमा दिखलीपाछाहरुको उत्साहजनक सहभागी ।      सो अभियानमा आफ्नो वंशालीहरुलाई पुनर्मिलन तथा किताव विमोचन सँगै सोमवार उदयपुरको वालाम्ताामा पनि वंशालीहरुको पुस्ता विभाजन, ढोक भेट, खानपिन, चिनजान सँगै संस्कार संस्कृतिको बारेमा १ दिने कार्यक्रम चलाएको हो ।                                     वंशावली खोज अनुसन्धान तथा सहजीकरणका स्थानीय स्रोत व्यक्तिहरु । बिभिन्न ठाउँहरुमा ठुलो संख्यामा रहेको आफ्नो वंशहरुको वासोवास क्षेत्रमा यस्तो अभियान चलाईरहेको  रोदुङ चाम्लीङ दिखलीपाछ रो...
टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

समाचार
मोरङ, मंसिर १७ गते ।  मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–५ झुम्राहाको भित्रि सडक खण्डमा स्थानीय जोगिन्दर मण्डलको छोरी ४ बर्षिया राधिकाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नम्बरको टिपरले पैदल यात्री बालिकालाई बिहान साढे ८ बजे ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।...
भिरबाट लडेर १ जनाको मृत्यु

भिरबाट लडेर १ जनाको मृत्यु

समाचार
धनकुटा, मंसिर १७ गते । धनकुटाको महालक्ष्मीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–६ मुंगालीगाउँ निबासी ५२ बर्षीय लाल बहादुर कार्कीको मृत्यु भएको हो । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार दिउँसोसम्म घर फर्किएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा  दिउँसो १ बजे छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थलमा पुगी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
ससुराले बुहारीको शव बुझे

ससुराले बुहारीको शव बुझे

समाचार
पूर्णपुष्टि/मंसिर १७ गते ।  जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याएको बुहारीको मृत्यु पश्चात छोरा वेपत्ता भएपछि ससुराले बुहारीको शव बुझेको छ । गत आईतबार सुत्केरी गराउन ल्याइएकी गरिस्मा बुढाथोकीको अस्तालमा मृत्यु भएपछि ससुरा अमृतबादुर बुढाथोकीले शव बुझेको हो । उदयपुरगढी–८ फाट स्थायी ठेगाना भएको प्रेम बुढाथोकीले श्रीमती २६ वर्षीय गरिस्मालाई सुत्केरी गाउन भन्दै अस्पतालमा ल्याईएपछि श्रीमतीको मृत्यु पश्चात बेपत्ता भएको अस्पताले जनाएको छ । प्रेम बेपत्ता भएपछि उनको बुवा अमृतबहादुरले बुहारीको शव बुझेको प्रहरीले जनाएको छ ।...