प्रदेशस्तरीय ब्याड्मिन्टनमा सुजन र प्रनिशसिंह प्रथम
पूर्णपुष्टि, मंसिर १४ गते ।
सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) को जोडीले उदयपुरमा भएको १ नं. प्रदेश स्तरीय व्याड्मिन्टन प्रतियोगिताको उपाधि सनिबार जितेका छन् ।
त्रियुगा नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला ब्याड्मिन्टन संघ उदयपुरको आयोजनामा भएको प्रतियोगितामा रविन साउदेन (धरान) र प्रकाश राई (दमक) लाई फाईनल खेलमा पछि पार्दै श्रेष्ठ र ठकुरीको जोडीले उपाधी हात पारेको हो । प्रतियोगिताको मेन्स डबल्स खुल्लातर्फ उपाधी हात पारेसंगै उनीहरुले नगद पुरस्कार तीस हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेका छन् ।
साउदेन र राईको जोडीले दोस्रो स्थानमा चित्त बुझाउदै पच्चीस हजार नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । सो खेलतर्फको तेस्रो स्थान उदयपुरका सरोज खवास र हिमाल श्रेष्ठको जोडी तथा भोजपुरका विसाल तामाङ र प्रमिस श्रेष्ठले हात पारेका छन् । उनीहरुले जनही पाँच हज...








