Monday, July 13News That Matters

समाचार

आजको विदेशी मुद्राको विनियम दर

आजको विदेशी मुद्राको विनियम दर

आर्थिक, समाचार
मंसिर १६ गते आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ९  पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६० पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६१ पैसा रहेको थियो । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९७ रुपैयाँ ४३ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३३ पैसा छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा र बिक्रीदर २७ रुपैयाँ ५६ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा पुगेको छ । हिजो खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको थियो । कुवेती दिनार १ ...
आईसियूबाटै प्रहरीको पञ्जामा बलात्कारार आरोपी सिद्धबाबा

आईसियूबाटै प्रहरीको पञ्जामा बलात्कारार आरोपी सिद्धबाबा

समाचार
मंसिर १६ गते ।   बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनेर चिनिउने कृष्ण दासलाई प्रहरीले अस्पतालको आईसीयूबाटै पक्राउ गरेको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेपछि आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीले खोजी गरेको थियो । प्रहरीले अनुसन्धानका लागि कार्यालय लैजान प्रहरी अस्पताल पुगेपछि नाटकीय तरिकाले दास आईसीयूमा भर्ना भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) विनोद शर्माको नेतृत्वमा प्रहरी टोलीले दासलाई सोमबार विहान गरेको हो । आईतबार विहान प्रहरी टोली अस्पताल पुग्दा हृदयघात भएको भन्दै आईसीयूमा लगिएको थियो । प्रहरीका अनुसार दासको स्वास्थ्य अवस्था सामान्य रहेकाले पक्राउ गरेको जनाईएको छ । दासलाई पक्राउ गरि एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको प्रहरीले जनाएको छ । चतराधाममा १२ वर्षदेखि सिद्धबाबाको रुपमा बस्दै आएका इटहरी–२०...
उद्घाटन खेलमा वडा न.१० को जित

उद्घाटन खेलमा वडा न.१० को जित

खेलकुद, समाचार
राजेन्द्र दुष्ट बेल्टार/मंसिर १५ गते । चौदण्डीगढी नगर दोस्रो मेयर कप रनिङ शिल्ड कप प्रतियोगिताको उद्घाटन आईतबार नगर प्रमुख खगेन्द्र राईले उद्घाटनगरी शुरु भएकोे छ । ६ नं. वडा र १० नं. वडा बीच भएको उद्धघाटन खेलमा वडा नं. १० हडियाका खेलाडीले ट्राईव्रेकरमा ६–५ ले जित हासिल गरेका हो ।खेलको दुवै समुहबाट १-१ गोल भै निर्धारित समय सकिए पछि ट्राईब्रेकरमा १० नं. वडाले विजयी गरेको हो । २४ गते सम्म संचालन हुने खेलमा विजयी समुहले ५० र २५ हजार रुपैया नगद सहित ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिनेछ । कार्यक्रममा उप मेयर रिताकुमारी चौधरी, वडाध्यक्षहरु तेजराज तिम्सिना, रामकुमार खड्का त्यसैगरी नगर सदस्यहरु देविका कार्की, प्रमिला दनुवार र मनु कार्कीको उपस्थिति रहेको थियो ।नगर खेलकुद विकास समितिको आयोजना, नगरपालिकाको आर्थिक सहयोग र १० नं. वडाको समन्वय र सहयोगमा प्रतियोगिता भईरहेको आयोजकले जनाएको छ । कार्यक्...
सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

सागको ब्याडमिन्टन खेलमा नेपालको सरुवाती जित

खेलकुद, समाचार
मंसिर १५ गते ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को ब्याडमिन्टन प्रतियोगीतामा नेपाली टोलीले हिज सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबारदेखि सुरु भएको १३ औंँ सागको मेन्स टिम इभेण्टमा नेपाली टिमले भुटानी टिमलाई पराजित गर्दै सेमि फाइनल प्रवेश गरे सँगै पदक पक्का भएको हो । नेपालको तर्फबाट रत्नजित तामाङले भुटानका अनिष गुरुङलाई २१–६ र २१–९को सोझो सेटले पराजित गरेको थियो । त्यसैगरी दिपेश धामीले भुटानका नैदुप दोर्जेलाई सोझो सेटमा पराजित गर्ने क्रममा २१–१३, २१–१४ को नतीजाका साथ जित हात पारेको थियो । त्यस्तै प्रिन्स दाहालले भुटानी खेलाडी नोर्बु ड्रढुललाई २१–१२, २१– ५ को सेटमा पराजित गरे भने अर्को खेलमा जेसिका गुरुङले बंगलादेशकी विस्त्री खातुनलाई २१–१९ र २२–२० ले पराजित गरेकी थिईन् । महिलातर्फको टिम इभेण्ट प्रतिस्पर्धामा नेपालकी नङसालदेवी तामाङले बंगलादेशकी साल्पा अख्तरलाई २१–१८ र १५–२१ ...
बेलकामा ८६ हजार गाँजा फडानी गरी नष्ट

बेलकामा ८६ हजार गाँजा फडानी गरी नष्ट

समाचार
उदयपुर,मंसिर १५ गते ।  बेलकामा अवैध रुपमा लागईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरिएको छ । बेलका नगरपालिका–६ को करिब एक दर्जन गाउँ बस्तिमा लगाईएका र उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेका प्रहरी निरीक्षक रामचन्द्र शाहको नेतृत्वमा खटेका ६ जना र सशस्त्र प्रहरी बल रामपुर ठोक्सिलाबाट सशस्त्र प्रहरी निरिक्षक अरुण भण्डारीको नेतृत्वमा खटेका १० जनाको संयुक्त प्रहरी टोलीले अवैध रुपमा लगाईएका र आफै उम्रिएका गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । रानिटार, बगुवा, तित्रिबोट, धुरधुरे, घारेघाट, बासीखोप, माझिगाउँ, पुवारे थुम्का र लामीडाँडा लगायका गाउँघरको करिब ४९ कठ्ठामा लगाईएका र आफै उम्रिएका करिब ८६ हजार बोट गाँजा फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।...
अस्पतालमा गर्भवतीको मत्यु, श्रीमान् भनिएका व्यक्ति फर्किएन

अस्पतालमा गर्भवतीको मत्यु, श्रीमान् भनिएका व्यक्ति फर्किएन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, मंसिर १५ गते । जिल्ला अस्पताल उदयपुरमा सुत्केरी गराउन ल्याइएकी एक गर्भवती महिलाको आइतबार मृत्यु भएको छ । २६ वर्षिया गरिस्मा बुढाथोकी नाम गरिएकी गर्भवती महिलाको सुत्केरी गराउने भन्दै विहान ६ बजे ल्याइएकोमा १०ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । सुरुमा महिलाको अवस्था सामान्य नै देखिएपनि पछि एक्कासी शारीरिक समस्या आएर मृत्यु भएको डाक्टर अमरेश कुमार महतोले बताउनुभयो । गर्भवतीको शरिरमा सेतो रगतको कमी देखिएकाले बाहिर अस्पताल लैजान सुझाए पनि आफन्तले लैजान ढिलाई गरेको डाक्टर महतोले बताउनुभयो । श्रीमान हो भन्दै सुत्केरी गराउन अस्पताल ल्याएको एक पुरुष भने उनको मृत्यु लगत्तै बाहिरिए पछि फर्केर आएका छैनन् । आफन्तलाई बोलाउने भन्दै अस्पताल बाहिरिएका पुरुष फर्केर नआएपछि मृत गर्भवती बेबारिसे बनेको छ । मृतक महिलाको श्रीमान्को नाम प्रेम बुढाथोकी लेखाइएको भने ठेगाना उदयपुरगढी गाउँपालिक...
मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

समाचार
उदयपुर, मंसिर १५ गते ।  उदयपुरको चौदण्डिगढीमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रामपुर–फत्तेपुर सडक खण्डको चौदण्डिगढी नगरपालिका–४ शनिबारेमा मोटरसाईकल दुर्घटना हुदा दिपेन राईको मृत्यु भएको हो । गतराती करिब ८ बजे को ११ प ६९६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक चौदण्डिगढी नमुना चोक निबासी ३५ वर्षी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाईते भएका राईको त्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो मोटरसाईकल पछाडी सवार ३१ वर्षीय नारायण राईको उक्त उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
पाँचथर, मंसिर १५ गते ।  पाँचथरको भालुपमा ट्याक्टर दुर्घटना हुदा ट्याक्टर चालकको मृत्यु भएको छ । फिदिम नगरपालिका–१४ भालु खोपका भित्रि सडक खण्डमा दुर्घटना हुदा ट्याक्टर चालक अविनास राईको मृत्यु भएको हो । भालुखोपबाट लुङरु तर्फ जादै गदेको मे १ त ५७८१ नम्बरको ट्याक्टर गतराती साँढे ११ बजे अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना हुदा चालक १८ वर्षीय राईको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।...
एम्बुलेन्स दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु

एम्बुलेन्स दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु

समाचार
उदयपुर, मंसिर १५ गते ।  सुनसरीको हरीपुरमा एम्बुलेन्स दुर्घटना हुदा एम्बुलेन्स चालकसहित सात जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कोशी गाउँपालिका–७ हरिपुरमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोकिदा मृत्यु भएको हो । विराटनगरबाट गाईघाट तर्फ आउँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र विपरित दिशाबाट आएका ना २ ख ९०८२ नम्बरको ट्रक राती करिब १२ः२० बजे ठोकिदा एम्बुलेन्सको चालक त्रियुगा नगरपालिका–१० निबासी २८ वर्षीय राजेशकुमार दनुवार र ऐम्बुलेन्समा सवार त्रिनपा–१० निबासी ३४ वर्षीय दुर्गाधन राई, ५० वर्षीय तुलाबहादुर राई, २८ वर्षीय टेकेन्द्र राई, ३२ वर्षीय दिनेस राई, ३५ वर्षीय मुकेश राईको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्रिनपा–१० निबासी ८५ वर्षीया शिवमाया राई प्रेसरको विरामीले विराटनगरको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि उदयपुर लिएर आउने क्रमा दुर्घटना भएको ...
राजमार्ग जिर्ण भएको भन्दै बृहत अन्तरक्रिया कार्यक्रम

राजमार्ग जिर्ण भएको भन्दै बृहत अन्तरक्रिया कार्यक्रम

समाचार
ऋषि राई कटारी, मंसिर १४ गते ।  मिर्चैया – कटारी – घुर्मी सडकखण्ड जीर्ण भएको भन्दै उदयपुर उद्योग वाणिज्य संघले आज कटारीमा वृहत अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष पुष्कर खड्काको सभापतित्व र संविधान सभा सदस्य नारायण बहादुर कार्कीको प्रमुख आतिथ्यमा अन्र्तकृया सम्पन्न भएको हो । अन्र्तकृयामा वोल्दै प्रमुख अतिथि कार्कीले यस सडकलाई टिकाउ बनाउन उद्योगीहरुले संञ्चालन गर्ने ट्रिपरहरुलाई वैकल्पिक वाटो भएमात्र संञ्चालन गर्न दिनु पर्ने बताउनुभयो । बाटोको विषयमा आफु संविधान सभा सदस्य हुँदा धेरै चासो लिएको पनि बताउनुभयो । त्यसैगरी विशेष अतिथि साँसद शुरेस कुमार राईले यो सडकमा ट्रिफर संञ्चालन गर्ने उद्योगलाई वैकल्पिक बाटोबाट संञ्चालन गर्न नभए संञ्चालन बन्द गर्न लगाउने बताउनुभयो ।  निर्वाचनका वेला सडक , विद्युत र खानेपानीलाई प्राथमिकतामा राखेकाले यो सडक स्तरउन्नतीका लागि सँधै लागि...