Saturday, July 11News That Matters

समाचार

अलपत्र यात्रुलाई सहयोग

अलपत्र यात्रुलाई सहयोग

समाचार
उदयपुर, भदौ २९ गते ।  बेखर्ची भई अलपत्र परेका यात्रुलाई यहाँका अटो चालकहरुले रकम जुटाई सहयोग गरेका छन् । बेखर्ची भई त्रियुगा बस पार्कमा अलपत्र भएकी ओखलढुंगाकी महिला विष्णु गिरीलाई सिटी स्टार प्रा.लि.मा आवद्ध अटो चालकहरुले आइतबार रकम जुटाई सहयोग गरेका हुन् । तीन बालबालिकासहित अलपत्र परेकी उनलाई चालक तथा व्यावसायीहरुले आ–आप्mनै पहलमा सय, पचास रुपैयाको दरले रकम जुटाई एक हजार तीनसय रुपैया सहयोग दिए । हेर्दा सामान्य भएपनि एउटा समस्यामा परेकी महिलाको लागि ठूलो सहयोग भएको छ । आफुसंग भएको तीन हजार रुपैया चोरी भयो वा कतै हरायो पत्ता नपाएकी उनी एक भदा र दुई छोरीसहित अलपत्र अवस्थामा देखेपछि सहयोग जुटाइ दिएको सिटि स्टारका कोषाध्यक्ष नारायणप्रसाद दाहालले बताए । । बसपार्कमै उनीहरुले सामुहिकरुपमा महिलालाई रकम हस्तान्तरण गरेका थिए । अलपत्र परेको एक यात्रु महिलालाई मानवीय सहयोगको रुपमा पैसा उठा...
दुर्घटनामा १ बृद्धको मृत्यु

दुर्घटनामा १ बृद्धको मृत्यु

समाचार
संखुवासभा,भदौ २९ गते । संखुवासभाको खाँदवारीमा जेसिवीको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट मृत्यु भएको हो । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका–७ निबासी ९१ बर्षीय सवरबहादुर राईलाई शनिवार दिउँसो सवा १ बजेको  ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगि उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जेसीबी र जेसीवी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...
लागु औषध र कारसहति ५ जना पक्राउ

लागु औषध र कारसहति ५ जना पक्राउ

समाचार
भदौ २९ गते ।  मकवानपुरबाट लागु औषध र कार सहित पाँच जना पक्राउ परेकाछन् । जिल्लाको विभिन्न ठाउँबाट चरेस, गाँजा र लागु औषधमा ओसारपसारमा संलग्न एउटा कारसहित पक्राउ गरेको हो । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट विहान लागु औषध र कारसहति तीन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।  हेटौँडाबाट विरगञ्ज तर्फ जादै गरेको विआर ०१ पिएफ ७९९८ नम्बरको भारतीय नम्बर प्लेट भएको कार चेक जाँच गर्दा ललुकाई छिपाई लादै गरेको नौ सय ग्राम चरेस बरामद गरेको प्रहरीले जनाएको छ । भारत बिहार जिल्ला मजफ्फरपुर दादर निबासी २८ वर्षीय शिवराज सिंंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा निबासी २४ वर्षीय राजु महतो पक्राउ परेको हो । त्यस्तै राक्सिराङ गाउँपालिका–४ को कालिका दोभानबाट १२ केजी चार सय ग्राम गाँजासहित दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ । कैलाश गाउँपालिका– निबासी २६ वर्षीय राजकुमार थिङ र...
पाठेघरको ट्युमर विना अप्रेसन उपचार

पाठेघरको ट्युमर विना अप्रेसन उपचार

समाचार, स्वास्थ्य
भदौ २९ गते । नेपालमै पहिलो पटक ललितपुरको नेपाल मेडिसिटी अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिष्टहरुले पाठेघरमा भएको फाइबरलाई युटेराइन आर्टरीको इम्बोलाइजेसन गरी उपचार गरेका छन् । पाठेघरलाई आपूर्ति गर्ने आर्टरीलाई बन्द गरी फाइबरलाई निष्क्रिय पार्ने यो पद्वतिलाई युटेराइन आर्टरी इम्बोलाइजेसन भनिन्छ । यस्तो खालको उपचार यसअघि नेपालमा नभएको र पहिलो पटक सफल भएको चिकित्सकहरुले बताएकाछन्  । सफल इम्बोलाइजेसन प्रक्रियामा नेपाल मेडिसिटी अस्पतालको रेडियोलोजी विभाग प्रमुख डा. राम कुमार घिमिरे, इन्टरभेन्सनल रेडियोलोजिष्ट डा. ओम बिजु पन्त, एनेस्थेसियोलोजिष्ट डा. प्रज्वल भट्टराई र डा. हेमन्त अधिकारी संलग्न थिए । इम्बोलाइजेसनले ट्युमरमा रक्तसञ्चार बन्द गराइ ट्युमरलाई घटाउँदै लैजाने काम गर्ने चिकित्सकहरुले बताए । यो बहुसंख्यामा ट्युमर भएको एक ३७ वर्षिय महिलामा गरिएको हो ।...
इंग्लिस प्रिमियर लिगमा नर्विचको जित

इंग्लिस प्रिमियर लिगमा नर्विचको जित

खेलकुद, समाचार
भदौ २९ गते । इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीले म्यान्चेस्टर सिटीलाई पछि पार्दै जित हात पारेको छ । गतराती भएको खेलमा घरेलु टिम नर्विचले म्यान्चेस्टर सिटीलाई ३–२ गोलले पछि पार्दै जित हात पारेको हो । नर्विच टिमको केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुक्कीले गोल गरेका थिए । म्यान्चेस्टर सिटीको  सर्जियो अगुइरो र रोड्रिगोले गोल गरेका थिए । खेल सुरु भएको १८औं मिनेटमा नर्विचका म्याकलिनले एक गोल गरेका थिए । त्यस्तै  २८औं मिनेटमा क्यान्टवेलले गोल गरेका थिए ५० औँ मिनटमा टेमु पुक्कीले गोल गर्दै टिमलाई विजय बनाएको थियो । म्यान्चेस्टर सिटीको अगुइरोले ४५औं मिनेटमा एक गोल गरेका थिए भने रोड्रिगोले ८८ औँ मिनटमा गोल गरेको थियो ।...
पहिरोले १० घर विस्थापित दजनौँ घर जोखिममा

पहिरोले १० घर विस्थापित दजनौँ घर जोखिममा

समाचार
भदौ २९ गते ।  सिन्धुपाल्चोकको चोकी डाँडाका १० घर परिवार बस्ती माथिबाट खसेको पहिरोले विस्थापित भएका छन् । भोटेकोशी गाउँपालिका–२ तातोपानीको चोकीडाँडाका १० परिवार विस्थापित भएका हुन् । बस्ती माथिबाट पहिरो खस्ने र तलबाट भोटे कोशी नदिले कटान गरेपछि उक्त घरपरिवार विस्थापित भएका छन् भने २० घर उच्च जोखिममा परेको छ । ग्रामिण सडक विस्तार गर्न थालेपछि पहिरोको जोखि बढ्दै गएको स्थानियबासीहरुले बताएका छन् ।...
कार्यवाहक वडा अध्यक्षको निधन

कार्यवाहक वडा अध्यक्षको निधन

समाचार
भदौ २९ गते ।  नवलपरासीको एक वडा अध्यक्षको निधन भएको छ । बौदीकाली गाउँपालिका –५ का कार्यवाहक वडा अध्यक्ष कुल सिंह रानाको गतराती निधन भएको हो । ६८ वर्षीय वडाध्यक्ष राना उच्च रक्तचापका कारण भरतपुरमा उपचारको क्रममा निधन भएको आफन्त जनले जनाएको छ  । बौदीकाली –५ को वडा सदस्यमा निर्वाचित भएका राना वडा अध्यक्षको निधनपछि कार्यवाहक वडाध्यक्षका रुपमा काम गर्दै आएको थियो । गत वर्ष वडा अध्यक्ष दलबहादुर खरु मगरको उच्च रक्तचापका कारण निधन भएको थियो । वडा अध्यक्षको निधनपछि रानाले कार्यवाहक अध्यक्षको रुपमा वडाको काम सम्हाल्दै आएको थियो ।...
शिद्ध कुखाम गाउँपालिकाकाको गाडी आगजनी

शिद्ध कुखाम गाउँपालिकाकाको गाडी आगजनी

समाचार
भदौ २९ गते । सल्यानको एक गाउँपालिकाको गाढी गतराती आगजनी भएको छ । शिद्ध कुमाख गाउँपालिकाको गाडी पार्कीङ गरेर राखेको ठाउँमा नै अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको हो । पालिकाको कार्यालय अगाडी पार्किङ गरेर राखेको अवथामा राती करिब साढे ११ बजे आगजनी भएको प्रहरीले जनाएको छ । अहिलेसम्म आगजनी गर्ने पक्षको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । पालिकाको रा १ झ १०७० नम्बरको डबलक्याप स्कारपियो गाडी आगजनी भएको पालिकाले जनाएको छ । कुनै पक्षले कहि कतैबाट पनि धम्की नदिएका कस्ले गाडीमा आगजनी ग¥यो भनेर पहिचान गर्न नसकिएको पालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले बताएका छन् । गाडी पूर्ण रुपमा क्षति भएको छ । प्रहरी टोली घटना स्थल पुगी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।...
आजको विदेशी मुद्राको विनियम दर

आजको विदेशी मुद्राको विनियम दर

आर्थिक, समाचार
भदौ २९ गते ।  आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिद दर १ सय १३ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ७७ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको हो । ओमानी रियाल १ को खरिद दर २ सय ९४ रुपैयाँ ४२ पैसा तोकेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा पुगेको छ । कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ४३ पैसा पुगेको छ भने बहराइन दिनार १ को खरिददर ३ सय रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ७०...
६ वर्षपछि हुम्डे विमानस्थलमा हवाइजहाज

६ वर्षपछि हुम्डे विमानस्थलमा हवाइजहाज

आर्थिक, पर्यटन, समाचार
भदौ २८ गते ।  मनाङको हुम्डे विमानस्थल बन्द भएको ६ वर्षपछि शुत्रबारबाट पुन संचालनमा आएको छ । जहाज पुगेको छ । ङिस्याङ गाउँपालिका–४ हुम्डेको हुम्डे विमानस्थलमा गण्डकी प्रदेशको समन्वयमा समिट एयरको हवाइजहाजले उडान भरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग–पर्यटन– वन तथा वातावरण मन्त्री विकास लम्साल, मनाङबाट निर्वाचित संघीय सांसद पोल्देन छोपाङ गुरुङसहित १५ यात्रुलाई लिएर समिट एयरको जहाज हुम्डे विमानस्थल पुगेको थियो । आगामी असोज १० गतेबाट नियमित हवाईले उडान भर्ने जनाईएको छ । उक्त विमानस्थल संचालनमा आएपछि स्थानियबासीहरु उत्साहित भएका छन् । लामो समयसम्म हवाई सेवा अबरुद्ध हुँदा नागरिक, पर्यटक, कर्मचारीले ठूलो समस्या भोग्नु परेको थियो । अव मनाङ–पोखरा र पोखरा–मनाङ नियमित उडान हुने जनाईएको छ । पर्यटकिय सिजन सुरु तथा दशैँ तिहार नजिकएकै बेला विमानस्थल सांलनमा आएको पाल...