Thursday, August 20News That Matters

समाचार

कार्कीको अतुलनीय सामाजिक सेवा

कार्कीको अतुलनीय सामाजिक सेवा

समाचार
बीरेन्द्रकुमार साह/बिराटनगर , अहिले सामाजिक क्षेत्रमा युवाहरुको निकै नै स्कृयता देखिरहेका छौ। तर अरुभन्दा निकै नै फरक सोचका साथ सामाजिक सेवामा निरन्तर लागेको युवा हो कृष्ण कार्की । रतुवामाई नगरपालिका वाड नं. -९ मुलघर भई हाल जापान बस्दै आएका कार्किले धेरै नै सामाजिक कामहरु गर्दै आएका छन् । कार्किले बिदेशमा पसिना बगाएर कमाएको पैसा अशक्त, गरिब,निमुखाहरुकोलागी उदार भएर खर्छ गरिरहेका छन् । मैथिली विशेषगरि थारु समुदायको विशेष पर्वको रुपमा रहेको जितिया। रतुवामाई नगरपालिका वडा न-९ को जितिया बिसेश कार्यक्रमलाई कार्किले सम्पुर्ण खर्च दिएर सहयोग गरेका हुन। जितिया कार्यक्रम मधेशको धेरै जसो स्थानमा आयोजना भयो तर रतुवामाई नगरपालिका वडा न -९ मा भएको उक्त कार्यक्रम अन्य कार्यक्रम भन्दा निकै नै फरक थियो। कार्यक्रममा रतुवमाई नगरपालिकाका शारीरिक रुपमा अशक्त बृद्धहरुलाई कार्किले ब्यक्तिगत रुपमा प्रदान ...
अर्थमन्त्री आङबोद्वारा भुपु सैनिक भवन उद्घाटन्

अर्थमन्त्री आङबोद्वारा भुपु सैनिक भवन उद्घाटन्

समाचार
उदयपुर, असोज ७ गते । १ नं. प्रदेशको अर्थमन्त्रि ईन्द्रबहादुर आङ्वोले उदयपुरको बेल्टारमा संयुक्त भु.पु. सैनिक भवन मङ्गलबार उद्घघाटन गरेका छन् । करिब ३८ लाख ३३ हजारको लागतमा बेल्टारको हाङबजार राईसरटोलमा निर्मत भवनको मन्त्रि आङ्बोले उद्घाटन गरेका हुन् । भु.पु. सैनिकहरुको संयुक्त पहलमा संकलित चन्दा सहयोग तथा विभिन्न निकायको सहयोगमा निर्मित भवनले भु.पु. सैनिकहरुलाई सामाजिक कार्यका लागि मनोबल उच्च पारेको छ । भारतीय भु.पु.हरुबाट १३ लाख ३३ हजार, ब्रिटिस सिङ्गपुर भु.पु.हरुबाट २ लाख ४० हजार हजार रुपैया, भु.पु. परिषद् उदयपुरका सल्लाहकार उर्मिला राई र उहाँका श्रिमान भारतीय सेना जेसी ६३५६६८ए नायव सुवेदार मोहन राईबाट ३ लाख रुपैया बराबरको जग्गादान, भु.पु. सद्भाव कोषबाट ३ लाख ५० हजार, १ नं. प्रदेश अर्थ मन्त्रालयबाट १५ लाख रुपैया, चौदण्डिगढी नगरपालिकाबाट ३ लाख भवनका लागि सहयोग जुटेको हो । त्यस्तै भु.पु. ...
जेसिबीले किचेर १ जनाको मृत्यु

जेसिबीले किचेर १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, असोज ७ गते । सोलुखुम्बुको दुधकुण्डमा जेसिवीले किचेर एक जनाको मृत्यु भएको छ । दुधकुण्ड नगरपालिका–९ धारापानी निबासी ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो । गोराखानीमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा जेसिबीको पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर विहान बिहान ११ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी जेसिवी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
सडक मर्मत गर्न सिटि स्टारको माग

सडक मर्मत गर्न सिटि स्टारको माग

समाचार
उदयपुर, असोज ७ गते ।  उदयपुरमा सडक मर्मत नर्गका लागि सम्बन्धित निकायलाई सिटि स्टार प्रालिले ध्यानकर्षण गराएका छन् । सरमुकाम गाईघाटको मेन सडकसमेत मर्मत नभएपछि सडक पूर्णरुपमा मर्मत गर्नका लागि मंगलबार सिटि स्टार प्रालिले ध्यानाकर्षण गराएको हो । गर्भवती, जेष्ठ नागरिक, अपाङ असहाय, सुत्केरी यात्रुलाई यात्रा गर्न असहज भएपछि यात्रुको पिडालाई विशेष मध्येनजर गर्दै त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीलाई ध्यानाकर्षण पत्र बुझाएको सिटि स्टार प्रालिले जनाएको छ । दक्षिण–उत्तर सगरमाथा राजमार्ग र पूर्व–पश्चिम मदन भण्डारी राजमार्गले क्रश गरेको गाईघाट बजार भित्रका सडकको काम स्थानीय तहले गर्न नमिल्ने भएकाले मर्मत नगरिएको त्रियुगा नगरपालिकाका मयेर चौधरीले बताए । त्यो भन्दा बाँकि सडकहरुको काम तत्काल मर्मत सम्भार सुरु गर्ने उनले बताए । अवको करिब ६ महिना भित्र कुनै पनि सडकमा समस्या नआउने आश्वासस...
नेपालकै पहिलो सुरुङ मार्गका लागि १६ अर्ब

नेपालकै पहिलो सुरुङ मार्गका लागि १६ अर्ब

आर्थिक, समाचार
असोज ७ गते ।  नागढुङ्गा–नौविसे सुरुङ मार्ग निर्माणको लागि सम्झौता भएको छ । नेपालकै पहिलो सुरुङ मार्गको रुपमा चिनिएको सुरुङ मार्ग निर्माणको सम्झौता भएको हो । दुई दशमलव छ किलोमिटर लामो सुरुङ बनाउन सडक विभाग र जापानको हाज्मा आन्द्रो जेभीबी विच सोमबार सम्झौता भएको थियो । सडक विभागको विकास सहायता समन्वय महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापा र  हाज्मा–आन्द्रो जेभीका प्रतिनिधिले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सुरुङ मार्गको काम नोभेम्बर महिनादेखि सुरु गर्नेछ । आयोजनाको कामको लागि धादिङका केही स्थानमा जग्गा अधिग्रहणको विषयमा समस्या देखिएपछि कम्पनीले काठमाण्डौैतर्फबाट काम सुरु गर्ने र जग्गाको समस्या आफूहरुले समाधान गर्दै जाने विभागले जनाएको छ । ४२ महिनामा सुरुङ मार्गको काम सक्ने गरि सम्झौता गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग सुरुङ मार्ग निर्माणको लागि १६ अर्ब र...
अवैध ढंगले असुलेको ३९ करोड मेडिकल कलेजले फिर्ता नगरे कारवाही

अवैध ढंगले असुलेको ३९ करोड मेडिकल कलेजले फिर्ता नगरे कारवाही

लिम्चुङबुङ डायरी, समाचार
असोज ७ गते । अवै ढंगले मेडिकल कलेजहरूले असुलेका ३९ करोड रुपैयाँ फिर्ता गर्न नमानेपछि सरकारले कारबाहीको दायरामा ल्याउन लागेको छ । सरकारले तोकेको भन्दा १३ लाख रुपैयाँ बढी असुलेको पाइएपछि सरकारले कारबाहीको दायरामा ल्याउन लागेको हो । किस्ट कलेज, युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेसनल मेडिकल कलेजले मापदण्ड भन्दा बढी शुल्क लिएको पीडित विद्यार्थीहरुको गुनासो छ । कलेजहरूले बढी लिएका ३९ करोड रुपैयाँ फिर्ता गर्न बाँकी रहेको विद्यार्थी संघर्ष समितिले जनाएको छ । मेडिकल कलेजहरुलाई सरकारले अवैध ढंगले असुलिएको शुल्क फिर्ता गर्न एक महिनाको अल्टिमेटम दिएको छ । उक्त कलेजहरुले एक महिनाभित्र विद्यार्थीलाई शुल्क फिर्ता नगरे सरकारले कारबाही गर्ने जनाएको हो । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ । ...
बालुवाटार प्रकरणमा सीआईबीको निष्कर्ष

बालुवाटार प्रकरणमा सीआईबीको निष्कर्ष

लिम्चुङबुङ डायरी, समाचार
असोज ७ गते ।  बालुवाटारको ललिता निबास प्रकरणमा सीआईवीले संलग्नलाई गठी कसुरमा कारबाही गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन ल्याउन लागेको छ । प्रहरीले ललिता निवासको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्न भएकालाई कारबाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको हो । छ महिना लामो छानविनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अन्तिम रुप दिन लागेको छ । प्रतिवेदनमा ‘भूमाफिया’ किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रक्मशमशेर राणा तथा  उनका दुई भतिजा हाटक शमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औंल्याएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
श्रीमानले वास्ता नगरेपछि  मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग

श्रीमानले वास्ता नगरेपछि मृगौला पिडित टिकाको बिजोग, उपचारको लागि आर्थिक सहयोगको माग

समाचार
उदयपुर/आसोज, ६ ३ बर्षदेखि बैदेशिक रोजगारमा कतार पुगेको श्रीमानले वास्त नगरेपछि दुवै मृगौला पिडित टिका बस्नेत एतिवेला बिजोक अवस्थामा रहेकी छिन् । चौदण्डीगढी नगरपालिका वडा नं ९ हडियाका तेज बहादुर थापासँग मागी बिबाह गरेकी बस्नेत अहिले श्रीमानको सहारा नपाएपछि आफुलाई माइती र आफन्तहरुले बचाँईरहेको बताउँछिन् । उदयपुरगढी गाउँपालिका वडा नं ७ बिजनबारी नेपालटारमा रहेको माइती पक्ष र आफन्तहरुको कारण अहिले सम्म बाँच्न सकेरहेको उनीले बताईन् । उपचारको क्रममा लाखौँ खर्च सकिएपछि बिगत ४ बर्ष देखि दुवै मृगौला फेल भएकी बस्नेतको आर्थिक समस्याका कारण अहिले उपचारमा समस्या आएको छ । श्रीमालने आफुले अर्कै बिबाह गरिसकेको भन्दै उनिको वास्त व्यस्त गर्न छाडेको र त जे सुकै गर मलाई तेरो कुनै मतलव छैन तलाई म अब केहि गर्न सक्दिन भन्दै थप पिडा दिएको उनिले बताईन् । १ बर्ष सम्म श्रीमानले नै उपचार खर्च गर्दै आएको भएता ...
रामजानकीमा कानुन विषय पठनपाठन सुरु

रामजानकीमा कानुन विषय पठनपाठन सुरु

शिक्षा, समाचार
उदयपुर, असोज ६ गते ।  उदयपुरको रामजानकी माविमा कानुन विषयको पठनपाठन सुरु भएको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको रामजानकी माध्यामिक विद्यालयले कक्षा ११ बाट कानुन विषयको पठनपाठन सुरु गरेको हो । कानुन विषयमा भर्ना भएका विद्यार्थीलाई सोमबार स्वागत कार्यक्रमका साथ स्वागत गरेएका छन् । यस विद्यालयले जिल्लामै पहिलो पटक कानुन विषयको पठनपाठन सुरु गरेको विद्यालयका प्रध्यानध्यापक देवनाथ चौधरीले बताए । समाजको आवश्यता र शिक्षामा गुणस्तरियतासँगै प्राविधिक शिक्षालाई जोड दिने उद्देश्यले कानुन विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयले कानुन र शिक्षा संकायको पठनपाठन सुरु गरेको छ । नगरबाट स्वीकृती लिएर दुई विषयको पठनपाठन सुरु गरको प्रअ चौधरीले बताए । विद्यालयको प्रस्तावलाई मेयरले महत्वका साथ स्वीकृती दिएर कानुन विषयलाई विशेष रुपमा लिएको र सहयोग गर्दै आएको प्रअ चौधरीले बताए । वडा...
इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता

इस्ट टुरिजम् मार्टमा होटल व्यवसायी संघ उदयपुरको सहभागीता

समाचार
उदयपुर/असोज, ५ नेपालको बिभिन्न पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन र विकास गर्ने भन्दै आयोजना भएको इन्डस्ट्रि इस्ट टुरिजम् मार्ट २०१९ मा जिल्ला होटल व्यवसायी संघ उदयपुरले पनि उत्साहजनक सहभागीता जनाएको छ । शनिवार १ नं प्रदेशको धरान उप–महानगरपालिकामा भएको टुरिजम महोत्सवमा सहभागिता जनाएको हो । जिल्लाबाट होटल व्यवसायी संघ उदयपुरका अध्यक्ष कृष्णकुमार श्रेष्ठसहितको टोलीले सहभागीता जनाएको हो । १ नं प्रदेशको सबै जिल्लाहरु आयोजक समितिको सदस्य समेत रहेर कार्यक्रममा सहभागी रहेको संघका अध्यक्ष श्रेष्ठले बताए ।१ नं प्रदेशको १४ ओटै जिल्ला र प्रदेश बाहिरको पोखरा, मकवानपुर, चितवन र देश बाहिरबाट, पूर्वी भारत, भुटान र बङगलादेशले पनि सो कार्यक्रममा सहभागी जनाएका थिए । बिषेश गरी १ नं प्रदेशको पर्यटकीय क्षेत्रलाई पहिचान गर्ने र त्यस्ता क्षेत्रलाई अवलोकन गरी तत्काल परिचालनमा ल्याउने भन्दै पर्यटनन महोत्सवको आयोजना ...