Thursday, August 20News That Matters

समाचार

रिले दौड सम्पन्न

रिले दौड सम्पन्न

खेलकुद, समाचार
उदयपुर, असोज २ गते ।  संविधान दिवसको अवसरमा रिले दौड सम्पन्न भएको छ । विभिन्न कार्यक्रम गरी दिवसलाई भब्यताका साथ मनाउने क्रममा पहिलो दिन चार सय मिटरको रिले दौड सम्पन्न भएको हो । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔँ, घर घरमा दिपावली गरौँ र राष्ट्रिय झण्डा फहराऔँ” भन्ने मुल नाराको साथ संविधान दिवस समारोह समिति उदयपुरको आयोजनमा जिल्ला समन्वयन समिति उदयपुर, त्रियुगा नगरपालिका र जिल्ला खेलकुद विकास समिति उदयपुरको सहयोगमा दौड भएको थियो । जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको रिले दौडमा त्रियुगा माध्यामिक विद्यालय प्रथम, द्धितिय लक्ष्मीपुर माध्यामिक विद्यालय र तृतियमा त्रियुगा माध्यामिक विद्यालय भएको छ । त्रिमाविको दिवस राई, निश्चल राई, सन्दिप राई र रोशन राई प्रथम भएका छन् । त्यस्तै लक्ष्मीपुर माविका  निकेश चौधरी, ब्रमानन्द चौधरी, देवचरण राउत र सागर चौधर...
विद्यार्थीलाई ब्याच वितरण

विद्यार्थीलाई ब्याच वितरण

शिक्षा, समाचार
उदयपुर, असोज १ गते ।  उदयपुरको दुई विद्यालयमा म अघि बढ्छु अभियानको लोगो वितरण बुधबार भएको छ । त्रियुगा नगरपालिका ३ र ४ वडास्थित विद्यालयहरुमा मेयर बलदेव चौधरीले लोको वितरण गरेका छन् । वडा नं. ३ को रामजानकी माध्यामिक विद्यालयमा एक समारोहकाबीच १ सय ८५ जना विद्यार्थीलाई लोगो वितरण गरिएको थियो भने वडा नं. ४ को राष्ट्रिय मावि बगाहामा २ सय ६० जना विद्यार्थीलाई लागो वितरण गरिएको थियो । लोगो वितरण गरिएका विद्यालयहरुमा यसअघि नै सगरमाथा टिन्स क्लवहरु गठन गरिएका थिए । क्लव आवद्ध कक्षा ९ देखि १२ कक्षासम्मका १३ वर्षदेखि १९ वर्षसम्मका विद्यार्थीहरुलाई ब्याच वितरण गरिएको हो । ती विद्यालयहरुमा शिक्षक नायक समेत तोकिएका छन् । अभियानका जिल्ला मुख्य प्रशिक्षक तुलसी चौलागाईका अनुसार क्लवको पहिचानका लागि लोगो वितरण गरिएको हो । क्लवलाई असल नागरिक बन्ने प्रारम्भिक थलोको रुपमा लिइएको छ । ब्याच वितर...
खोलामा डुबेर १ जनाको मृत्यु

खोलामा डुबेर १ जनाको मृत्यु

समाचार
सुनसरी, असोज १ गते ।  सुनसरीका रामधुनीको एक खोलामा एक जना मृत अवस्थामा फेला परेको छ । रामधुनी नगरपालिका–६ बक्लौरी निबासी ३५ वर्षीय विरेन्द्र साह खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सेउती खोलामा साह डुबेको अवस्थामा स्थानियबासीहरुले देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
मुरियारी मृत अवस्थामा फेला

मुरियारी मृत अवस्थामा फेला

समाचार
मोरङ, असोज १ गते ।  मोरङको रंगेलीमा कासीराम मुरियारी मृत अवस्थामा फेला परेको छ । रंगेली नगरपालिका–२ निबासी कमल झोडा जोगी बगैचा निबासी ५० वर्षीय मुरियारी मृत फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घरको बरण्डामा झुल टाँगी सुतेका मुरियारीलाई छोराले उठाउन खोज्दा मृत अवस्था फेला पारेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनएको छ ।...
बोलेरो अरुण नदिमा खस्दा ६ जना बेपत्ता

बोलेरो अरुण नदिमा खस्दा ६ जना बेपत्ता

समाचार
संखुवासभा, असोज १ गते । संखुवासभाको धर्मदेविमा बोलेरो दुर्घटना हुदा छ जना बेपत्ता भएका छन् । धर्मदेवि नगरपालिका–८ को अक्कर भिरबाट बोलेरो खस्दा अरुण नदिमा बेपत्ता भएका हुन् । विरामी बोकेर उपचारको लागि खाँदबारीबाट धरान तर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गतराती पौने ११ बजे भिरबाट नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनमा खादबारी नगरपालिका–९ ढुङगेधारा निबासी २४ वषीय संगम श्रेष्ठ उनको श्रीमती २३ वर्षीया सदिछा श्रेष्ठ, अढाई महिनाको छोरा समिर श्रेष्ठ, २४ वर्षीय प्रमेश थापा मगर, उनका भिनाजु खोटाङ मास्तीम घर भई हाल खादबारी नगरपालिका–९ ढुङगेधारा ससुरालीमा बस्दै आएका २९ वर्षीय खबरमान पिठाकोटी र बोलेरो चालक २५ वर्षीय सन्तोष बि.क. बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थल पुगी बेपत्ता भएकाहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासबाले...
यसपटक पृथकढंगले संविधान दिवस मनाउने तयारी

यसपटक पृथकढंगले संविधान दिवस मनाउने तयारी

समाचार
उदयपुर, भदौ ३१ गते ।  यसवर्षको संविधान दिवस उदयपुरमा पृथकढंगले मनाउने तयारी भईरहेको छ । २०७२ साल असोज ३ गते जारी संविधानलाई आत्मसाथ गर्दै सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हाँसिल गर्न सकारात्मक सन्देश प्रभावका लागि पृथकढंगले मनाउन लागिएको संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवम् जिल्ला समन्वय प्रमुख खड्गबहादुर परियारले बताए । “संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोउल्लासका साथ मनाऔं, घरघरमा दिपावली गरौं र राष्ट्रिय झण्डा फहराऔं” भन्ने नाराका साथ मनाउन लागिएको दिवसको अबसरमा असोज २ गतेदेखि नै विविध कार्यक्रम तय भएको छ । असोज २ मा जिल्लास्थित सरकारी कार्यालयहरुले कार्यालय परिसर र आम नागरिकहरुले आ आप्mना घरमा सरसफाई तथा दिपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड प्रतियोगिता गर्ने, संविधान, राज्यको पुनः संरचना र संघीयता विषयक हाजिरी जवाफ प्रतियोगिता गर्ने, लेखरचना पत्रपत्रिकामा प्रका...
छात्राहरुमा अनौठो विमार

छात्राहरुमा अनौठो विमार

शिक्षा, समाचार
सविना राई भोजपुर (हतुवागढी), भदौ ३१ गते ।   हतुवागढी गाउँपालिका १ स्थित भिमेश्वरी आधारभूत विद्यालयमा विद्यार्थीहरुमा अनौठो विमार देखिएको छ । गत भदौ २० गतेदेखि अनौठो विमार देखिएको हो । हालसम्म छात्राहरुमा मात्र उक्त विमारी देखा परेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक हर्कराज प्रधानका अनुसार विद्यार्थीहरुमा एक्कासी चिच्याउने, कराउने,लछारपछार हुने, ठूलो र छिटो स्वास फेर्ने र बेहोस् समेत हुने गरेका छन् । विद्यालयमा चार/पाँच जना विद्यार्थीमा यो समस्या देखिएपछि तीनदिनका लागि विद्यालय बन्दसमेत गरिएको थियो । घरमा सन्चो हुने बालबालिकाहरु विद्यालयमा विरामी हुने र विरामीको संख्या बढ्न थालेपछि विद्यालयले बैंठकबाटै निर्णय गरी विद्यालय बन्द गरेको थियो । तीनदिनपछि विद्यालय सञ्चालन ल्याउदा पनि अर्की एक छात्रामा समस्या देखिएको विद्यालयले जनाएको छ । विरामीको बारेमा विद्यालयले  के ...
कर्जा प्रवाहबारे अन्तरक्रिया

कर्जा प्रवाहबारे अन्तरक्रिया

आर्थिक, समाचार
उदयपुर, भदौ ३१ गते । त्रियुगा नगरमा प्राथमिकता प्राप्त एबम् उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह सम्बन्धि समन्वयात्मक अन्तरक्रिया कार्यक्रम मंगलबार गाईघाटमा सम्पन्न भयो । त्रियुगा नगरपालिकाको आयोजना भएको कार्यक्रममा जिल्लामा सेवा प्रवाह गरिरहेका नीजि बैंकका प्रतिनिधीहरुको सहभागिता रह्यो । उद्यमी, उद्योग वाणिज्य संघ, पत्रकारसमेतको सहभागिता रहेको कार्यक्रममा हाल प्रवाह भईरहेका बैंकिङ सेवा, बित्तिय सेवा र उद्यमशील गतिबिधीलाई गरिबी निवारणमुखी बनाउनु पर्नेमा जोड दिइएको छ । नगर क्षेत्रमा हुने बैकिङ तथा बित्तिय सेवा तथा गतिबिधीलाई नगरको समृद्धि र विकाससंग जोड्ने उद्देश्यका साथ कार्यक्रम गरिएको मेयर बलदेव चौधरीले बताए । कार्यक्रममा बैंक शाखा मेनेजरहरुले बैंकको सेवा सुबिधाको बारेमा अझ धेरै बुझ्न बाँकि रहेको भन्दै जानकारिमुलक कार्यक्रम आबश्यक रहेको बताए । उद्यम, ब्यबसायका लागि भन्दा पनि ऋण ...
डेङ्गु नियन्त्रणमा सामुहिकता

डेङ्गु नियन्त्रणमा सामुहिकता

समाचार, स्वास्थ्य
उदयपुर, भदौ ३१ गते । उदयपुरमा डेङ्गु रोगको प्रकोप बढेपछि एक सर्वपक्षीय बैठक गरि सामुहिकरुपमा नियन्त्रनमा लाग्ने निर्णय भएको छ । मङ्गलबार त्रियुगा नगरपालिकाले बैठकको आयोजना गरि यस्तो निर्णय भएको हो । प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, जनस्वास्थ्य, निजि स्वास्थ्य संस्था, टोलविकास संस्था, नागरिक समाज पत्रकार लगायतको उपस्थितिमा भएको बैठकले तुरुन्त नियन्त्रणको गतिविधीमा लाग्ने निर्णय भएको हो । नगर पालिकाले बिरामीलाई निस्शुल्क रोग परिक्षणका लागि सय थान कीट प्रदान गर्ने भएको छ । उदयपुरमा हालसम्म ९७ जनामा रोग फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा धेरै कटारी नगरपालिकामा देखिएका छन् । बजारका नीजि हस्पिटल तथा क्लिनिकहरुमा ४ सय ५० रुपैया पर्ने कीट परिक्षण २ हजारबढि असुलेको पाईएपछि अबका दिनमा ६ सय मात्र लिन पाउने निर्णय भएको छ । साथै घरघर, टोलमा सरसफाई, खाल्टो पुर्...
महोत्सव सर्यो

महोत्सव सर्यो

समाचार
उदयपुर, भदौ ३१ गते ।  असोज १ देखि सुरु हुने भनिएको दशैं तिहार महोत्सव दुई दिन पछि सरेको आयोजकले जनाएको छ । मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्राकृतिक विपत्तिका कारण सार्नु परेको जनाएको हो । त्रियुगा बसपार्क नजिकै तयारीको अवस्थामा वर्षातले तयारीको काम प्रभावित भएपछि सार्नु परेपछि ३ गते उद्घाटन समारोह राखि महोत्सव सुरु हुने जनाइएको छ । महोत्सव सर्न जाँदा सर्बसाधारणलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै आयोजकले दुईदिन भित्रमा सम्पूर्ण तयारीको काम सकेर सञ्चालनमा ल्याउने जनाएको हो ।...