Thursday, August 20News That Matters

समाचार

१ जना पर्याटकको मृत्यु, ७ जना विरामी

समाचार
सोलुखुम्बु, भदौ ३१ गते ।  सोलुखुम्बु भ्रमण गर्न आएको विदेशी एक जना नागरीकको मृत्यु भएको छ भने सात जना विरामी परेका छन् । केन्याबाट नेपाल भ्रमणमा आएका ३३ वर्षीय गोभिन्द लाखमानको गत २९ गते मृत्यु भएको प्रहरीले जनाएको छ । महाकुलुङ गाउँपालिका–१ थाङ्नेको मेरा गेष्टहाउसमा बसेका पर्यटकको मृत्यु भएको हो भने उक्त गेष्ट हाउसमा बसेके सात जना विरामी परेको प्रहरीले जनाएको छ । कैलासरडाईनेस्टिक हेलिकप्टरद्धारा मंगलबार विहान साढे ६ बजे मृतकसहित सातै जना विरामी र एक जना गाईडलाई रेस्क्यु गरीे काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...
खोलाले बगाएर १ जना बेपत्ता

खोलाले बगाएर १ जना बेपत्ता

समाचार
संखुवासभा, भदौ ३१ गते ।  संखुवासभाको मकालुमा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । मकालु गाउँपालिका–६ निबासी २६ वर्षीय शुकमाया राईलाई पोखुवा खोलो बगाएर बेपत्ता भएको हो । सोमबार दिउँसो ४ बजे राईसहित चार जना आफन्तको घर गई फर्कने क्रममा सिलिचोङ गाउँपलिका– र मकालु गाउँपालिका–६ सिमानामा पर्ने खोलाले बगाएर राईलाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । खोला तर्ने क्रममा एक्कासी आएको भेलले राईलाई बगाई बेपत्ता बनाएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।...
बसको ठक्करबाट १ जनाको मृत्यु

बसको ठक्करबाट १ जनाको मृत्यु

समाचार
सुनसरी, भदौ ३१ गते ।  सुनसरीको ईटहरीमा यात्रुवहाक बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । धरान–विराटनगर सडक खण्ड ईटहरी उप–महानगरपालिका–१३ खनारमा बसको ठक्करबाट मंगलसिंह दमाईको मृत्य भएको हो । धरानबाट विराटनगर तर्फ जादै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायात बसले सोहि दिसा तर्फ साईकलमा सवार रतुवामाई नगरपालिका–७ निबासी ३४ वर्षीय दमाईलाई विहान पौने ८ बजे ठक्कर दिएको प्रहरीले नजाएको छ । बसको ठक्करबाट गम्भिर घाईते भएका दमाईको उपचार गर्नका लागि कोशी अञ्चल अस्पताल विराटनगर पु¥याएपनि डक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुहवीमा राखिएको प्रहरीले जनाएको छ ।...
चिर्पटले हानेर १ जना घाईते

चिर्पटले हानेर १ जना घाईते

समाचार
मोरङ, भदौ ३१ गते ।  मोरङको पथरीमा वादविवाद हुदा दाउराको चिर्पट प्रहार गरी एक जनालाई घाईते भएको छ । पथरीशनिश्चरे नगरपालिका–१ रत्न चोक निबासी५० वर्षीय उजेध्वज लिम्बुले ३ नम्बर निबासी २९ वर्षीय सन्तोस लिम्बुलाई घाईते बनाएको हो । गतराती पौने ८ बजे सामान्य वादविवादका क्रामा टाउकोमा चिर्पट प्रहार गरी सन्तोसलाई घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते सन्तोसको उपचारको लागि पथरीको मोरङडाइनेष्टिक अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । चिर्पट प्रहार गर्ने उजेध्वजलाई ईलाका प्रहरी कार्यालय पथरीमा राखेको प्रहरीले जनाएको छ ।...
मोटरसाईकलको ठक्करबाट १ बृद्ध घाईते

मोटरसाईकलको ठक्करबाट १ बृद्ध घाईते

समाचार
मोरङ, भदौ ३१ गते ।  मोरङको सुन्दरहरैचामा मोटरसाईकलले ठक्कर दिदा एक बृद्ध गम्भिर घाईते घएको छ । सुन्दुहरैचा नगरपालिका–८ को पूर्व–पश्चिम राजमार्गमा पैदलयात्रीलाई मोटरसाईकलले ठक्कर दिदा घाईते भएको हो । पूर्वबाट पश्चिम तर्फ जादै गरेको को २५ प ७६५८ नम्बरको मोटरसाईकलले स्थानियबासी ७५ वर्षीय श्रीप्रसाद पौडेललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । गम्भिर घाईते भएका पौडेललाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
सामुदायिक वनद्धारा २ पत्रकार सम्मानित

सामुदायिक वनद्धारा २ पत्रकार सम्मानित

समाचार
मोरङ, भदौ ३० गते ।  मोरङको एक सामुदायिक वनले आफ्नो वार्षिक साधारण सभामा दुई पत्रकारलाई सम्मान गरेको छ । पथरीशनिश्चरेको हरियाली सामुदायिक वन उपभोक्ता समूहले १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको हो । समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन पत्रकारिता क्षेत्रबाट अमुल्य टेवा पु¥याएको भन्दै पत्रकार अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई ट्रफी (खुकुरी) र सम्मान पत्रले सम्मान गरेको आयोजले जनाएको छ । पत्रकार जम्नेली नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) प्रदेश १ को अध्यक्ष तथा नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद पनि हुन् । भट्टराई नेपाल पत्रकार मञ्चको अध्यक्ष हुन् । सामुदायिक वन नेपालको २२ हजार मध्ये आर्थिक बर्ष २०७५÷०७६ को वन मन्त्रालयबाट गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए । हरियाली नेपालको प्रथम पुरस्कार पाउने प...
बालदिवसमा बालबालिकासंग मेयर

बालदिवसमा बालबालिकासंग मेयर

समाचार
उदयपुर, भदौ ३० गते । बाल दिवसको अबसरमा उदयपुरमा बालबालिकाहरुले सम्बन्धित निकायसंग सवालको जवाफ खोजेका छन् । बालबालिकासंग मेयर कार्यक्रमको आयोजना गरि मेयर लगायत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, उधोग बाणिज्य संघ, मानव अधिकारकर्मीसंग सवाल राखेका थिए । उनीहरुले बाल अधिकार, बाल सहभागिता, बालस्रम, छात्रबृत्ती, बाल क्षेत्रको लगानी बारेमा सवालहरु राखेका थिए । त्रियुगा नगर बालक्लव सञ्जालको आयोजनामा भएको कार्यक्रममा १६ वटै वडाका बालबालिका प्रतिनिधिहरुले सहभागिता संगै विभिन्न सवालहरु राखेका थिए । वालवालिकाले उठाएका सवालहरुको जवाफ मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी ध्रुब खड्का, प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगर, नगर शिक्षम समितिका संयोजक मानबहादुर राई, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश रसाइली, मानव अधिकारकर्मी महेश्वरी राई लगायतले जवाफ दिएका थिए । त्रियु...
महिला हिंसा बढ्दो

महिला हिंसा बढ्दो

समाचार
उदयपुर, भदौ ३० गते । उदयपुरमा महिला हिंसाका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । महिला सिंसाका घटना तिब्र रुपले बढ्दै गएको ओरेक नेपालको तथ्याङकले देखाएको हो । नेपाल पत्रकार महासंघको सहकार्यमा ओरेक नेपालले सोमबार गाईघामा आयोजना गरेको महिला हिंसा न्युनिकरणमा पत्रकारको भुमिका बिषयक अन्तरक्रियामा गत आर्थिक बर्षमा १ सय ६० वटा घटना घटेको तथ्यांक प्रस्तुत गरिएको थियो । घटनामध्ये सबै भन्दा बढि १ सय २६ जना महिला घरेलु हिंसाबाट प्रताडित भएकाछन् । त्यसैगरी बलात्कार १४, प्रयास ४, यौन दुव्र्यवहार ४, सामाजिक हिंसा ९, हत्या १, वेचविखनको प्रयास १ र हिंसाकै कारण आत्महत्या १ रहेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढि २६ देखि ३५ बर्ष उमेर समुहका ६८ जना हिंसाको घटना घटेको तथ्याङ्कले देखाएको छ । त्यसैगरी १७ देखि २५ बर्षका ४९ जना, ३६ देखि ४५ वर्षका २५ जना र ५५ बर्षभन्दा माथिका २ जना र १६ बर्षभ...
अलपत्र यात्रुलाई सहयोग

अलपत्र यात्रुलाई सहयोग

समाचार
उदयपुर, भदौ २९ गते ।  बेखर्ची भई अलपत्र परेका यात्रुलाई यहाँका अटो चालकहरुले रकम जुटाई सहयोग गरेका छन् । बेखर्ची भई त्रियुगा बस पार्कमा अलपत्र भएकी ओखलढुंगाकी महिला विष्णु गिरीलाई सिटी स्टार प्रा.लि.मा आवद्ध अटो चालकहरुले आइतबार रकम जुटाई सहयोग गरेका हुन् । तीन बालबालिकासहित अलपत्र परेकी उनलाई चालक तथा व्यावसायीहरुले आ–आप्mनै पहलमा सय, पचास रुपैयाको दरले रकम जुटाई एक हजार तीनसय रुपैया सहयोग दिए । हेर्दा सामान्य भएपनि एउटा समस्यामा परेकी महिलाको लागि ठूलो सहयोग भएको छ । आफुसंग भएको तीन हजार रुपैया चोरी भयो वा कतै हरायो पत्ता नपाएकी उनी एक भदा र दुई छोरीसहित अलपत्र अवस्थामा देखेपछि सहयोग जुटाइ दिएको सिटि स्टारका कोषाध्यक्ष नारायणप्रसाद दाहालले बताए । । बसपार्कमै उनीहरुले सामुहिकरुपमा महिलालाई रकम हस्तान्तरण गरेका थिए । अलपत्र परेको एक यात्रु महिलालाई मानवीय सहयोगको रुपमा पैसा उठा...
दुर्घटनामा १ बृद्धको मृत्यु

दुर्घटनामा १ बृद्धको मृत्यु

समाचार
संखुवासभा,भदौ २९ गते । संखुवासभाको खाँदवारीमा जेसिवीको ठक्करबाट एक जना बृद्धाको मृत्यु भएको छ । खाँदबारी नगरपालिका–८ तुम्लिङटार चेवावेशी सडक खण्डमा जेसीवीको ठक्करबाट मृत्यु भएको हो । बाटो मर्मत गर्ने क्रममा सडकमा हिडिरहेका खाँदवारी नगरपालिका–७ निबासी ९१ बर्षीय सवरबहादुर राईलाई शनिवार दिउँसो सवा १ बजेको  ठक्कर दिएको प्रहरीले जनाएको छ । घाईते भएका राईलाई उपचारको लागि मनकामना अस्पताल तुम्लिङटार लगि उपचारको क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । जेसीबी र जेसीवी चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।...