आफ्नो सवारीको पैसा जनताको एम्बुलेन्समा
उदयपुर, भदौ ९ गते ।
उदयपुरको कटारी नगरपालिकाको उप–मेयरले आफु चढ्ने गाडी खरिदका लागि छुट्याएको बजेटले एम्बुलेन्स खरिद गर्ने भएको छ । उप–मेयर भिमकुमारी राउतले आफ्नो सुविधाका लागि खरिद गर्न छुट्याएको बजेटले जनताको सेवाका लागि एम्बुलेन्स खरिद गर्नेे घोषणा गरेको हो ।
आफु भैरहेकै गाडी प्रयोग गर्ने भन्दै जनताको सेवाको लागि एम्बुलेन्स किन्ने निर्णय गरेको उप–प्रमुख राउतले बताइन्् । विशेष गरी महिला तथा बालबालिका र असहायलाई सेवा दिने उदेश्यले एम्बुलेन्स खरिद गर्न लागेको उनले बताईन् ।
नगर सभाले उप–मेयरको सुविधाका लागि गाडी किन्ने निर्णय गरेपनि उपमेयर राउतले विलाशी सुविधा नलिने बरु त्यो रकमले एम्बुलेन्स किन्ने उनले बताईन् । भैरहेकै सवारी साधनको प्रयोग गर्ने र छुट्याएको बजेटले एम्बुलेन्स किन्ने उनले बताईन् ।
कार्यपालिकाको बैठकमा आफनो सुविधाको लागि सवारी गाडी किन्न विनियोजन गरेको ४० लाखबाट क...







