Friday, July 10News That Matters

समाचार

रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

रित्तो गाउँमा योजनाको भारी, बजेटको सत्यानास

आर्थिक, लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । बैतडीको मेलौली नगरपालिकामा ४१ घर त्यसमध्ये ३० घर बसाइँ सरेपछि गाउँमा ११ घर मात्रै बाँकि छ । सुनसान लाग्दो गाउँमा विकासका योयजना चै फालाफाल छ । गत वर्ष यस ठाउँमा २ करोड लगानीमा सिँचाइ योजना बन्यो । यस वर्ष पनि ५० लाखभन्दा बढी योजना परेका छन् । केही योजना बनेको छ भने केही बनेका छैन । तर कागजमा ती सवै योजना सम्पन्न भईसकेको छ । काम नभएका योजनको काम सम्पन्न देखाएर बाँडीचुँडी खान रकम भुक्तानी भइसक्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
पहिलो फलाम उद्योग स्वीकृत

पहिलो फलाम उद्योग स्वीकृत

लिम्चुङबुङ डायरी, समाचार
भदौ ९ गते । गण्डकी प्रदेशको नवलपुरमा फलाम उद्योग स्थापना गर्न स्वीकृत पाएको छ । होप्से गाउँपालिकाको धौवादीमा उद्योग स्थापना गर्नका लागि मन्त्रिपरिषद्कोे निर्णयबाट स्वीकृति पाएको हो । फलामको व्यावसायिक उत्पादन गर्नका लागि संघिय मन्त्रिपरिषद्को बैठकले ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो । खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयले औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । उक्त क्षेत्रलाई फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले उद्योग स्थापना गर्ने निर्णयसँगै कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि नै उक्...
सालको काठसहित ४ जना पक्राउ

सालको काठसहित ४ जना पक्राउ

समाचार
भदौ ८ गते । सालको गोलीया सहित गोर्खाको हर्मी भञ्ज्याङबाट चार जना पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका – ३ को हर्मी भञ्ज्याङबाट ट्याक्टरमा अवैध रुपमा काठ ओसारपसर गर्दै गर्दा आईतबार प्रहरीले पक्राउ गरेका हुन् । ग १ त ३७२६ नम्बरको ट्याक्टर र ना १९ प ६२०९ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पालुङटार नगरपालिका –१ निबासी सुन्दर लामा, मती घले, अर्पित गुरुङ र १० नम्बरका अमित लामा पक्राउ परेको प्रहरीले जनाएको छ । ४९ क्यू फिट सालको काठसहति पक्राउ परेका चारै जनालाई आवश्क अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
चौथो प्रदेश सभा तथा बजेट अधिवेशनमा २ प्रतिवेदन

चौथो प्रदेश सभा तथा बजेट अधिवेशनमा २ प्रतिवेदन

समाचार
भदौ ८ गते । प्रदेश न. १ को प्रदेश सभा चौथो तथा बजेट अधिवेशन दैनिक कार्यसुचीमा दुई वटा प्रतिवेदन पेश भएको छ । आईतबार बसेको प्रदेश सभामा सुशासन तथा योजना र भवन निर्माण सम्बन्धमा बनेको विधेय–२०७५ प्राकृति स्रोत तथा पूर्वाधार विकासको वार्षीक प्रतिवेदन पेश भएको हो । सुशासन तथा योयजना समितिको वार्षीक प्रतिवेदन र प्रदेश भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा प्राकृतिक स्रोत तथा पुर्वाधार विकास समितीको प्रतिवेदन समितिका सभापतिहरुले सभामा पेश गर्नु भएको थियो । सभामा समितिका सभापतिहरुले आ–आफ्नो वार्षीक प्रतिवेदन पेश गरेका थिए । उक्त सभा भोली विहान ११ः३० बजे बस्ने निर्णय गर्दै सभा सकिएको थियो ।...
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार
धनकुटा/भाद्र ८ गते । धनकुटाको सागुरीगढीमा ट्याक्टर दुर्घटना हुदा चालकको मृत्यु भएको छ । सागुरीगढी गाउँपालिका–९ थाम्चुवाको भित्री सडक खण्डमा दुर्घटना हुदा चालकको मृत्यु भएको हो । तमोर करिडोर सडक खण्डको लागि सिमेन्ट बोकेर ईटहरीबाट धनकुटातर्फ जादै गरेको लु ४ त २६९९ नम्बरको टयाक्टर शनिबार साझँ ६ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेका कालिका कन्सट्रक्सनको ट्याक्टर दुर्घटनामा चालक सुनसरी बराहाक्षेत्र नगरपालिका–८ मैनाबारी निबासी २६ वर्षीय राकेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । रातीसम्म काम पनि चौधरी सिमेन्ट लिएर नपुगेपछि ठेकेदार कम्पनीका मानिसहरुले खोजतलास गर्ने क्रममा विहान करिब ३ बजे चौधरी मृत अवस्थामा फेला पारेको थियो । ट्याक्टर सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउनथास प्रहरी घटना स्थल पुगी शव परिक्षणकोे लाग...
चोरीको आरोपमा २ जना चिनिया पक्राउ

चोरीको आरोपमा २ जना चिनिया पक्राउ

समाचार
भदौ ८ गते । त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरीक चोरीको आरोपमा पक्राउ परेका छन् । जहाज भित्र नै चोरी गरेको आरोपमा चिनियाँ नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् । बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं आएका राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु र राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई मलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोपमा पक्राउ परेकाहरुको साथबाट २ थान सुनको बाला र विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ । शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान महागनरीय प्रहरी वृत्त, गौशालाले गरिरहेको प्रहरीले जनाएको छ ।...
अनमोल र एनिका मिस्टर एण्ड मिस लिटल आईकनको बिजेता

अनमोल र एनिका मिस्टर एण्ड मिस लिटल आईकनको बिजेता

Breaking News 1, मनोरञ्जन, समाचार
गाइघाट/भदौ, ८ शनिवार गाईघाटमा भएको दोस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल आईकन उदयपुरको विजेता अनमोल थापा र एनिका खड्का भएकी छिन् । शनिवार शुभलक्ष्मीहलमा भएको ग्राण्ड फिनालीमा छात्र तर्फ अनमोल थापा र छात्रा तर्फ एनिका खड्का बिजेता भएकी हुन् । त्यसैगरी छात्र तर्फ फस्र्ट रनर अप पोषण कार्की भएका छन् भने सेकेन्ड रनर अप छितिज आले मगर बनेका छन् । यता छात्रा तर्फ फस्र्ट रनर अप कोहिनुर कार्की बनिन् भने, सेकेण्ड रनर अप राखि ठाकुर बनिन् । दुवै तर्फका सबै बिजेताहरुले ट्रफि, स्याछ, बुकि, प्रमाण पत्र प्राप्त गर्नुका साथै ड्रिमल्याड कलेज बिराटनगरमा क्रमस विजेता, फस्र्ट, सेकेन्ड लाई १००/७५, र ३५ प्रतिश छुटमा स्कलरसिप प्रदान गरिएको छ । त्यसैगरी प्रतिस्पर्धामा टप फिफ्टीन शिर्ष १५ सम्म पुग्नेहरुलाई ताल डान्स हाउसले ३ महिना सम्म नृत्य प्रशिक्षण गराउने आयोजकले बताएको छ । “सानै छु बढ्न देउ बालविबाह...
ट्याक्टर दुर्घटनामा चालकसहित ५ जना घाईते

ट्याक्टर दुर्घटनामा चालकसहित ५ जना घाईते

समाचार
गाईघाट/भदौ ८ गते । गाईघाटको पिपल चौकमा ट्याक्टर दुर्घटना हुदा चालक सहित पाँच जना घाईते भएका छन् । त्रियुगा नगरपालिका – ११ ड्रिमल्याण्ड होटल अगाडी आईतबार भएको दुर्घटनामा चालकसहति पाँच जना घाईते भएका हुन् । विहान करिब साढे १० बजे ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । पिपल चौकबाट पुरानो बस पार्क तर्फ जादै गरेको स १ त ६५८३ नम्बरको ट्याक्टर ओभर स्पिडको करण घुम्तिमा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा सह–चालक त्रिनपा– ९ निबासी २२ वर्षीय भुले सदाको दायाँ खुट्टा भाँचिएको छ भने चालक र अन्य ट्याक्टरमा सवार समान्य घाईते भएको प्रहरीले जनाएको छ । चालक त्रिनपा – ९ गैरुन निबासी २५ वर्षीय काली सदा र अन्य १८ वर्षीय बुद्ध सदा, १८ वर्षीय विन्दु सदा र २८ वर्षीय सुकदेव सदा घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्थानिय सिभिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जना...
प्रिमियर लिगमा लिभरपुलको जित

प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
भदौ ८ गते । प्रिमियर लिगमा लिभरपुलले आर्सनललाई ३–१ गोलले पछि पार्दै जित हात पारेको छ । एन्फिल्डमा भएको शनिबारको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गोलले हराएको हो । दोस्रो हाफको सुरुमा लिभरपुलको जसमा सलाह प्यानलिटबाट गोल गरेको थियो । त्यस्तै खेलको ५८ औं मिनेटमा सलाहले दोस्रो गोल गरेका थिए भने खेलको अन्तिम तिर जोईल माटिपले निर्णयक गोल गरेको थियो । खेलको अन्त्यतिर आर्सनलका टोरेराले १ गोल गर्दै चित्त बुझाएका थिए । खेल निकै आक्रमक र रोचक थियो ।...
पहिरोको जोखिममा १० घर, १ विद्यालय

पहिरोको जोखिममा १० घर, १ विद्यालय

समाचार
भदौ ८ गते । वर्षापछि आएको पहिरोबाट १० घार र एक विद्यालय जोखिममा परेको छन् भने ७ रोपनी धान खेत बगाएको छ । कालिका गाउँपालिका–४, धुसेनीको देवकोटा टोलमामा गएको पहिरोले घर, विद्यालय जोखिममा पारेको र धान खेत बगाएको हो । पहिरोले ३ घर परिवारको धान खेत बगाएको छ । टोलका १० घर र सेतीबेनी मावि विद्यालय समेत पहिरोको जोखिममा परेको जिल्ला प्रशासन रसुवाले जनाएको छ ।...