प्रभावकारी अनुगमन, मूल्यांकनका लागि तालिम
उदयपुर, साउन ३२ गते ।
जिल्ला समन्वय समिति उदयपुरले स्थानीय तहमा सञ्चालित आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मुल्याङ्कन सम्बन्धि तालिम गाईघाटमा सञ्चालन भएको छ ।
शुक्रबारदेखि सञ्चालित तीनदिने तालिममा जिल्लाका आठै स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकारहरुको सहभागिता छ ।
हुरेण्डेक उदयपुर र वल्डभिजनको सहयोग तथा व्यवस्थापनमा भएको तालिममा पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सहभागितालाई प्राथमिकता दिइएको छ ।
आयोजनाको अनुगमन, मुल्याङ्कन, सुपरिबेक्षणका प्रभावकारी तरिका बारे जानकारि दिने उद्देश्यले भएको तालिमको उद्घाटन जिल्ला समन्वय प्रमुख खड्ग परियारले गरेका थिए ।
जिल्लाका आयोजनाहरुको प्रभावकारी अनुगमन तथा मूल्यांकनल गरी विकासमा टेवा पुगोस् भन्ने हेतुले तालिमको आयोजना गरिएको जिसस प्रमुख परियारले बताए ।...








