Tuesday, May 5News That Matters

समाचार

डेढ वर्षमा ३३ वटा विधेयक पारित

डेढ वर्षमा ३३ वटा विधेयक पारित

समाचार
साउन २३ गते । १  न. प्रदेशसभाबाट डेढ बर्षमा ३३ वटा विधेयक पारित गरेको छ । प्रदेशसभाबाट सरकार संचालनका लागि अति आवश्यक र महत्वपूर्ण मानिएका कानूनहरु पारित गरेको हो । अहिलेसम्म ३३ वटा विधेयक पारित भई कानूनको रुप लिई सेकेको छ । त्यस्तै ३ वटा प्रक्रियामा र ७ वटा विधेयक संसद सचिवालयमा दर्ता गरिएको छ । चारवटा संसद् अधिवेशन मध्ये सबै भन्दा बढी दोस्रो अधिवेशनबाट विधेयक पारित भएको प्रदेश संसाद सचिवालले जनाएको छ । प्रदेश संसदको पहिलो अधिवेशनमा ११ वटा र दोस्रो अधिवेशनमा १२ वटा विधेयक पारित भएको थियो । त्यस्तै तेस्रो अधिवेशनमा ६ विधेयक पारित भएको थियो । तेस्रो अधिवेशनमा एक नियमावली र विधेयक संशोधनसहित पारित भियो । प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन) विधेयक २०७५ र प्रदेशसभा (पहिलो संशोधन) नियमावली, २०७५ पारित भएको थियो । विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, भवन निर्माण सम्बन्...
तार तान्दा करेन्ट लागेर एकको मृत्यु

तार तान्दा करेन्ट लागेर एकको मृत्यु

समाचार
झापा, साउन २३ गते । झापाको शरणार्थी शिविरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ शरणार्थी शिविरमा बुधबार साँझ करेन्ट लागेर प्रकाश कार्कीको मृत्यु भएको हो । शरणार्थीको खाद्यन्न गोदाम छेउको पोलमा पाथिभरा नेटवर्किङ प्रालिले नेटको तार तान्ने क्रममा अचानक करेन्ट लागेर प्रालिको कर्मचारी २३ वर्षीय कार्की गम्भिर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारको दाम्दा अस्पताल दमक लगी उपचारको क्रममा सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।...
लागु औषध सहित दुई जना पक्राउ

लागु औषध सहित दुई जना पक्राउ

समाचार
उदयपुर, साउन २३ गते । उदयपुरमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ को चुरे जंगलमा चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार दुई जना पक्राउ परेका हुन् । कदमाहाबाट जलजले तर्फ आउँदै गरेको स ९ प ८२५१ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार त्रिनपा–६ जलजले निबासी २७ वर्षीय मनोज चौधरी र ३० वर्षीय सन्तोष चौधरीलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाको साथबाट २ सय ग्राम गाँजा लागु औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न जग्गै घूस

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न जग्गै घूस

लिम्चुङबुङ डायरी, समाचार
साउन २३ गते । सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन २० रोपनी भन्दा बढी जग्गा नै घुस लेनदेन भएको खुलेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गाउन २० रोपनी भन्दा बढी जग्गा लेनदेन भएको खुलेको हो । व्यक्तिको नाममा पुगेको सरकारी जग्गाको अनुसन्धान गरिरहेको अख्तियारले शंकास्पद जग्गाधनीहरुलाई  बयान लिइरहेको छ । तिनिहरु मध्ये अधिकांश तत्कालिन उच्च पदस्थ पदाधिकारीका परिवारका सदस्य तथा नातेदार रहेको खुलेको छ । प्राप्त भएका सूचनाअनुसार त्यतिबेला सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेबापत करिब २४ रोपनी जग्गा घूसबापत उनीहरुका आफन्त र नातेदारका नाममा सित्तैमा दिएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उच्च अधिकारीकाले बताएका छन् । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशन भएको छ ।...
टोरोन्टो प्लेअफमा सन्दीपको टिम

टोरोन्टो प्लेअफमा सन्दीपको टिम

खेलकुद, समाचार
साउन २३ गते ।  टोरन्टो नेसनल्स ग्लोबल टी–२० क्रिकेटको प्लेअफमा नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछानेको टिम प्रवेश गरेको छ । क्यानाडामा जारी प्रतियोगिताको गतराति भएको खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पछि पार्दै टोरोन्टो प्लेअफमा प्रवेश गरेको हो । १ सय ९० रनको लक्ष्यका साथ ब्याटिङ गरेको मोन्टरियल टाइगर्सले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ५४ रन मात्रै बनाएपछि टोरोन्टोले जित हात पारेको थियो । म्याथ्यु क्रसले ३९, दिनेश चन्डिमलले ३६ र केली कोट्जरले १८ रन बनाए पनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन नसक्दा हार ब्यहोरेको थियो । टोरोन्टोको जितमा मिचेल मेग्क्लेनघन र क्रिस ग्रीनले समान ३–३ विकेट लिएका थिए । सन्दीप लामिछानेले पनि एक विकेट लिए । सन्दीपले तीन ओभर बलिङ गर्दै २५ रन खर्र्िचएर एक विकेट हात पारे । टस हारेर ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ स...
सामान्य पानीले भत्कायो रेलवेको पर्खाल

सामान्य पानीले भत्कायो रेलवेको पर्खाल

समाचार
साउन २३ गते । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको निर्माणाधीन रेलवे परियोजनाको पर्खाल भत्किएको छ । निर्माणाधिन परियोजना अन्तर्गत विराटनगर कस्टम यार्डमा बनाइएको २ सय मिटर पर्खाल वर्षाले भत्किएको हो । विराटनगर बथनाह रेल्वेलाइन भारतीय इरकोण कम्पनीले निर्माण गरेको थियो । भारत सरकारको लगानी रहेको परियोजनामा ठेकदारको लाप्रवाहीले सामान्य वर्षाले पर्खाल भत्किएको छ । गत बैशखाको असिना पानीले नै एक सय ५० मिटर कस्टम यार्डको नाला भासिदा पर्खालमा क्षति पुगेको थियो । भासिएका नाला पूनर्निर्माण गरेपनि साउन पहिलो साता परेको पानीले कस्टम यार्डको उत्तरपटी ५० मिटर र दक्षिण पटी १ सय ५० मिटर पर्खाल भत्किएको हो । भारतको बथनाहदेखि नेपालको कटहरी गाउँपालिकासम्म रेल्वेलाइन निर्माण गर्ने इरकोण इन्टरनेशनल लिमिटेडले ठेक्का लिएको थियो । यस कम्पनीले नेपालका दुई ठाउँमा कस्टम यार्ड बनाउने जिम्मेवारी पाएको छ । ...
यायोक्खाको स्थापना दिवस भब्यरुपले सम्पन्न, गृहमन्त्री थापाद्वारा पहिचानका लागि सहयोगको प्रतिबद्धता

यायोक्खाको स्थापना दिवस भब्यरुपले सम्पन्न, गृहमन्त्री थापाद्वारा पहिचानका लागि सहयोगको प्रतिबद्धता

समाचार
साउन २२ गते । गृहमन्त्री रामबहादुर थापा (बादल)ले किरात भूमी पहिचानका लागी सहयोग गर्ने प्रतिबद्धता जनाएका छ्न । ३२ औँ स्थापना दिवसको अवसरमा किरात राई यायोक्खा केन्द्रिय समितिले गरेका एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले प्रतिबद्धता जनाएका हुन् । पछिल्लो पटक जारी संविधान सहमतिको दस्तावेज भएकोले पूर्ण संघीयत, समाबेसिता, पहिचानलाई स्थापित गर्न नहुने गृहमन्त्रि थापाले बताए । कार्य अनुसार प्राप्त भएका उपलब्धिलाई प्रयोग गर्दै थप उपलब्धिको लागि कृयाशील रहनु पर्ने उनले बताए । राजनीतिक शक्ति सन्तुलनको हिसाबले उत्पीडित समुदायलाई पहिलाकै अवस्थामा राखिएकाले  १ नम्बर प्रदेश सभाले नाम किरात राख्न हम्मे हम्मे परेको गृहमन्त्रि थापाले बताए । पहिचानको आन्दोलनमा भने आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएको छ । संघीयता, पहिचान र संमृद्धीको नाममा देशमा रहेका दलाल, तस्करी र भ्रष्टाचारी विरुद्धमा य...
ताप्लिको अवरुद्ध सडक संचालन

ताप्लिको अवरुद्ध सडक संचालन

समाचार
शुसिला लामिछाने मगर ताप्लि, साउन २२ गते । ताप्लि गाउँपालिका केन्द्रसम्म पुग्ने अवरुद्ध सडक संचालनमा आएको छ । अविरल वर्षपछि आएको पहिरोले पालिका केन्द्रसँग जोडिएका क्षती ग्रस्त सडक मर्मतछि बुधबारदेखि संचालनमा आएको हो । गत असार अन्तिम सातामा परेकोे अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । कटारी–बेतेनी–नुनथला–रुपाटार–थानागाउ–बासबोटे र नुनथला–ओख्ले–ईनामे–माझर्खक सडक खण्ड मर्मतपछि पालिका केन्द्र रुपाटार र ३ न. वडाकार्यालय ईनामेसम्म संचलनमा आएको बेतेनी–नुनथला–रुपाटार सडक मर्मत उपभोक्ता समितिका अध्यक्ष तोपबहादुर ज्यूठकुरीले बताए । अवरुद्ध सडक मर्मतको लागी पूर्वधार विकास मन्त्रलय १ न. प्रदेश, कटारी नगरपालिका र ताप्लि गाउँपालिकाको संयुक्त ४५ लाख बजेटमा सडक मर्मत कार्य थालिएको समितिका अध्यक्ष ठकुरीले बताए । ३६ किलोमिटर दुरीको तल्लो सडक बेतेनी–नुनथला–रुपाटार–थानागाउँ–बासबोटेसम्म र २८ किलोमिटर...
बिद्यार्थी संघद्वारा एसपी राई अभिनन्दित

बिद्यार्थी संघद्वारा एसपी राई अभिनन्दित

समाचार
गाईघाट /साउन, २२ भर्खरैमात्र सरुवा भई उदयपुर आएका एक सशस्त्र प्रहरी उपरिक्षकलाई किराँत राई विद्यार्थी संघ, जिल्ला कार्यसमिति उदयपुरले स्वागत तथा अभिनन्दन बुधबार गरेको छ ।नवलपरासी स्थित नेपाली सिमाक्षेत्र सुस्ताको गौरबपूर्ण ढंगले सुरक्षा गरेर नेपाली आत्मसम्मानलाई उच्च बनाउने व्यक्ती सुरक्षा प्रमुखको रुपमा उदयपुर आएको भन्दै सशस्त्र प्रहरी उपरिक्षक गाहारर्धन राईलाई संघले स्वागत तथा अभिनन्दन गरेको हो । संघको नेतृत्वमा विद्यार्थीहरुले सशस्त्र प्रहरी बल, नं. ५ गण उदयपुर (बोक्से) मै गएर उनलाई अभिनन्दन गरेका थिए । राईलाई मायाको चिनो खुकुरी प्रदान गर्दै दोसल्ला ओढाएर अभिनन्दन गरिएको थियो । संघका जिल्ला सल्लाहकार देवराज राई लगायतले उनलाई अभिनन्दन गरेका थिए । विद्यार्थीहरुले उदयपुरमा रहेर पनि देशका लागि गौरबपूर्ण कामहरु गर्न शुभकामना दिएका थिए । स्वागत तथा अभिनन्दनप्रति खुसि ब्यक्त गर्दै एसपी र...
विष्फोट भए झै भत्कियो पहरा, सिंगो पोखरी बस्ती नसारी नहुने अवस्था

विष्फोट भए झै भत्कियो पहरा, सिंगो पोखरी बस्ती नसारी नहुने अवस्था

समाचार
उदयपुर,  साउन २२ गते । यसवर्षको असार अन्तिमको वर्षातले धेरै धनजनको क्षती भयो । धेरैको विल्लिबाठ बनायो । त्यसै सन्दर्भमा उदयपुरको पोखरी गाउँ पहिरोको उच्च जोखिममा परेको छ । पोखरीको बस्ती नै स्थानान्तर गर्नुपर्ने अवस्था परेको छ । रौतामाई गाउँपालिका–५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नुपर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । पोखरीमा ११ वटा पसलघरसहित करिब दुईदर्जन घरपरिवार उच्च जोखिममा रहेका छन् । बस्तीभन्दा माथिको अग्लो पहरा विष्फोट भए झै गरी भत्किन सुरु गरेको छ । ठूलठूला चट्टान खस्न लागेका छन् । खसेको खण्डमा सिधै घरको छानोछानोमा पर्ने र ठूलो धनजनको क्षती पुर्याउने जोखिम छ । उक्त ठाउँको मंगलबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरु, राजनीतिक दलका नेताहरु र पालिकाका जनप्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको थियो । टोलीले...