Monday, May 4News That Matters

समाचार

नेपालको कोशी नेपालमै बाँध, दिल्लीमा बैठक

नेपालको कोशी नेपालमै बाँध, दिल्लीमा बैठक

समाचार
साउन १२ गते । सप्तकोशी उच्च बाँधको ज्वाईन्ट टिम एक्सपर्ट्स (जेटिई) को नेपाल–भारत बैठक भारतको नयाँ दिल्लीमा सम्पन्न भएको छ । कोशीको बाढी नियन्त्रणका लागि दिर्घकालीन समाधानको उच्चबाँध सहित सुनकोशी–मरिण उहुउद्देश्यीय आयोजनाको प्राविधिक पक्षका जटिलता हल गर्ने विषयमा बैठकमा छलफल भएको हो । विद्युुत विकास विभागका महानिर्देशक मधुप्रसाद भेटवाल नेतृत्वमा टोलीले भारतको केन्द्रीय जल आयोगको टोलीसँग जेटीईको १६ औं बैठक गरेको थियो । भारतको जल आयोगले नेपालसँग बैठकमा एक समझदारीमा हस्ताक्षर भएको जनाईएको छ । यतिबेला सप्तकोसी नदीमा उच्च बाँध बनाउन भारत र नेपालले संयुक्त रुपमा सम्भाब्यता अध्ययन गरिहेका छन् । विहारमा वर्षेनी कोशी नदीले निम्त्याउने बाढीको प्रकोप नियन्त्रणका लागि नेपालतर्फ उच्च बाँध बनाउनने योजना छ । तर नेपाल सहमत भएर सम्भाब्यता अध्ययन अघि बढे पनि प्रतिवेदन आईसकेको छैन । नेपाल र भारतले...
दुर्गम जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

दुर्गम जिल्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाईसेवा

समाचार, स्वास्थ्य
साउन १२ गते ।  दुर्गम जिल्ला जुम्लाका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा दिने भएको छ । दुर्गम पहाडी क्षेत्रका गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो सेवा प्रवाह गर्न लागेको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५ मा व्यवस्था भए अनुसार जुम्लामा गत वर्षदेखि नै पूर्णरूपमा निःशुल्क हवाई उद्धार सेवा कार्यक्रम सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । लामो समयसम्म बेथा लागी बच्च जन्माउन नसक्ने भएमा तत्काल कर्णालीका पाँच जिल्लासहित ३४ जिल्लामा पूर्ण र आंशिकरूपमा निःशुल्क हवाई उद्धार सेवा सञ्चालनमा आएको छ । रक्तअल्पता भएका गर्भवती, स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसकेका सुत्केरी तथा गर्भवती महिलालाई अब सहजैरूपमा निःशुल्क हवाईसेवाबाटै उद्धार गर्न सक...
दिल्लीमा बेचिएकी महिलाको उद्दार

दिल्लीमा बेचिएकी महिलाको उद्दार

समाचार
साउन १२ गते । दिल्लीमा बेचिएकी एक महिलाको उद्दार गरिएको छ । भारतको दिल्लीमा १३ हजार रुपैयाँमा बेचिएकी महिलाको उद्दार गरी नेपाल ल्याईएको हो । विनय त्रिवेणी गाउँपालिका – १ नवलपरासी निबासी २४ वर्षीया महिलालाई मानव बेचबिखन विरुद्ध कार्यरत संस्था थ्री एन्जल्स नेपालले दिल्लीको गुण गाउँबाट उद्दार गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगारका लागि भारत हुँदै ओमन लैजाने क्रममा नेपाली १३ हजार रुपियाँमा दिल्लीको होटेलमा बेचेको महिलाको भनाई उद्धृत गर्दै थ्री एन्जल्स नेपालका प्रदेश पाँचका प्रमुख विपिन गौतमले जनकारी दिएको छ । ओमल लैजाने भन्दै भारत पु¥याएको महिलालाई दुई महिना अघि दिल्लीमा बेचकेको थियो । सानै उमेरमा विवाह गरेकी महलाको श्रीमान वितेको र दुइओटा छोरा राम्रोसँग हुर्काउनका लागि जेठ ९ गते विदेश लागेका महिलालाई भारत पु¥याएको थियो । पिडितको दिदीले बहिनी बेचबिखनमा परेकोले उद्दार गर्नका लागि...
पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरीमा डुबेर एक बालकको मृत्यु

समाचार
तेह्रथुम, साउन १२ गते । तेह्रथुमको छथरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । छथर गाउँपालिका –३ पन्चकन्या निबासी १० वर्षीय बादल विकको पोखरीमा डुबेर मृत्यु भएको हो । घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो सँबा ५ बजे डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबी बेपत्ता भएको बालकको शव राती पौने ९ बजे स्थानियले निकालेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थल पुगी कानुनी प्रक्रिया पुरा गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पौडी खेल्दा खोलाले बगाए एक जनाको मृत्यु

पौडी खेल्दा खोलाले बगाए एक जनाको मृत्यु

समाचार
मोरङ, साउन १२ गते ।  मोरङको सिंघिया खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । रामेछाप घर भई विराटनगर महानगरपालिका – ७ बस्दै आएका १५ वर्षीय रमेश गुरुङको खोलाले बगाउँदा मृत्यु भएको हो । साथीहरुसँग खोलामा पौडी खेल्ने क्रममा दिउँसो पौने २ बजे गुरुङलाई खोलो बगाए बेपत्ता बनाएको थियो । खोलाले बगाई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा आज विहान करिब ९ बजे जहदा भातीगञ्जमा खोला किनारमा गुरुङको शव फेला परेको प्रहरीले जनाएको छ ।...
नेपालको टी–२० विश्वकप सपना सपनामै सिमित

नेपालको टी–२० विश्वकप सपना सपनामै सिमित

खेलकुद, समाचार
साउन १२ गते । नेपालको टि–२० विश्वकप खेल्ने सपना अधुरो रहेको छ । आईतबार भएको खेलमा सिंगापुरले नेपाललाई ८२ रनले पछि पर्दै हित हात पारेपछि नेपालको विश्वकप खेल्ने समना अधुरो रहेको हो । सिंगापुरले नेपाललाई हराउदै एसिया फाइनलको उपाधि जितेनका छन् भने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । १९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाएको थियो ।  कप्तान पारस खड्का १२ रनमा आउट भए थिए भने ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाएको थियो । मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपालले विकेट गुमाइरहहेका थियो । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीका जोडीको आशा थियो । तर दुबै जोडीले सातौं विकेटका लागि ३१ रनको साझेदारी पुरा नभई कनै १३.२ ओभरमा सोमपाल रनआउट भएको थियो । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट...
गर्मी याममा विषालु किरादेखि कसरी सुरक्षित हुने

गर्मी याममा विषालु किरादेखि कसरी सुरक्षित हुने

समाचार, स्वास्थ्य
गर्मी याममा विभिन्न किराहरुको भय हुने भएकाले विषालु किराबाट बच्नको लागि सुरक्षा अपनाउनु पर्छ भने लामुखट्टे, झिँगा र साङ्ले विषालु किरा भन्दा सामान्य मानिन्छ । तराई तथा भित्रिमधेशमा बढि विषालु किरा सर्प र विच्छी खजुरोको टोकाईबाट मान्छेको मृत्यु हुने गर्दछ । यस्ता किराहरुसँग कसरी हामी सुरक्षीत हुन सक्छौँ त केहि उपायहरु यसरी अपनाउन सकिन्छ । सर्प घर वरपरको प्वालहरु नराखने । यदि सर्पले टोकेमा चुसेर विष निकाल्ने कोसिस गर्नु हुँदैन । त्यस्तो गर्दा सर्पको विषले चुस्ने मानिसलाई असर गर्न सक्छ भने बिरामीलाई पनि खासै फाइदा गर्दैन । सर्पले डसेपछि घरायसी उपचार गर्नु भन्दा पनि तुरुनत अस्पताल लैजानु पर्छ । कुन सर्प हो भनेर चिन्ने कोसिस गर्नु पर्छ । सम्भव भएसम्म सर्पलाई राम्रोसँग हेर्नु पर्छ, सर्पको जातका बारेमा थाहा हुँदा चिकित्सकलाई उपचार गर्न सजिलो हुन्छ । सर्पले डसेको बिरामीलाई हलचल गर्न...
तिब्ररुपमा गैँडाको प्राकतिक मृत्यु

तिब्ररुपमा गैँडाको प्राकतिक मृत्यु

समाचार
साउन १२ गते ।  चोरी सिकारी शुन्य भएपनि विश्वकै दुर्लभ मानिने एकसिंगे गैंडा प्राकृतिक मृत्यु तिब्ररुपमा भएको छ । गत आर्थिक वर्षमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरी अघिल्लो आर्थिक वर्षको तुलनामा ६५.४ प्रतिशत बढी गैँडा मगरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्याङकले देखाएको हो । आर्थिक वर्ष २०७४÷०७५ मा २६ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए भने आर्थिक वर्ष २०७५÷०७६ मा बढेर गैँडाको मृत्यु ४३ पुगेको तथ्याङ्कले देखाएको छ । वर्षेनी गैँडाको मृत्युदर बढ्नुको कारण प्राकृतिक देखिएपनि अस्वाभाविक रुपले मर्नुमा सवैलाई आश्चर्य लाग्दो र निकुञ्ज प्रति प्रश्न उठेको छ । गैंडाहरु जुधेर, बुढो भएर, करेन्ट लागेर, दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर, संक्रमण भएर, गोहीले आक्रमण गरेर मर्ने गरेका छन् । होटलको सेफ्टी ट्यांकीमा खसेरसमेत गैंडा मरेका छन् । तर, गत वर्ष मरेका ४३ गैंडामध्ये २३ वटाको मृत्युक...
फ्रान्समा भेटियो भीमकाय डाइनोसरको हड्डी

फ्रान्समा भेटियो भीमकाय डाइनोसरको हड्डी

समाचार, संसार
साउन १२ गते । फ्रान्सको एक उत्खन्न क्षेमा भिमकाय डाईनोसरको तिघ्राको हड्डिी फेला पारेको छ । दक्षिण–पश्चिमी फ्रान्समा रहेको उत्खनन क्षेत्रबाट बैज्ञानिकहरुले भीमकाय डाइनोसरको हड्डी फेला पारेको हो । औजेक क्षेत्रमा फेला परको तिघ्राको हड्डी दुई मिटर लामो  छ । त्यो हड्डी सोरापाड डाइनोसरको भएको वैज्ञानिकहरुले ठानिएका छन् । विशाल शरिर अनि लामो घाँटी र पुच्छर भएको ती भीमकाय डाइनोसरले बोटविरुवा खाने गर्दथ्यो । अहिलेका सवै भन्दा ठुला स्थलचर प्राणी जुरासिक युगको अन्त्यतिर पाइने सोरापाड डाइनोसर मानिन्छ । फेला पारिएको हड्डीको संरक्षित अवस्था हेरेर आफूहरू आश्चर्यचकित भएको वैज्ञानिकहरूले बताएका छन् । सोरापाड डाइनोसरहरू १४ करोड वर्ष पहिला अस्तित्वमा थियो । ४०/५० टनसम्मको तौलका भएको थियो । सन् २०१० मा एउटा सोरापाड डाइनोसरको तिघ्राको हड्डी फेला पारिएको थियो जसको लम्बाइ २ मिटर र तौल ५०० किलोग्रामका...
हेटौंटा सिमेन्ट उद्योग संकटमा

हेटौंटा सिमेन्ट उद्योग संकटमा

आर्थिक, समाचार
साउन १२ गते । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग यतिबेला आफ्नो पहिचान जोगाउन संघर्षमा छ । २०३३ सालमा एशियाली विकास बैंकको सहयोगमा हेटौंडाको लामसुरे हाइटमा स्थापना भएको उद्योगले शक्ति ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । पूर्ण सरकारी स्वामित्वमा संचालन हुदै आएको उद्योगले हरेक नयाँ आर्थिक वर्षमा नयाँ लक्ष्यको लिएर अघि बढेपनि विभिन्न कारणले नतिजा निराशाजनक आउँछ । आफ्नै उद्योग नभएकाले नेपाली बजारमा एकछत्र राज गर्दै आएका भारतीय सिमेन्ट विस्थापित गर्ने उद्देश्यले राजा वीरेन्द्रले सुनौलो परियोजनाको रुपमा यस उद्योग खोलेको थियो । जुन लक्ष्य र उद्देश्यका साथ उद्योग खोलिएको थियो तर त्यो नभई अहिले उद्योग सञ्चालन गर्नका लागि मात्रै सञ्चालित छ । आजभन्दा करिब ३४ वर्ष पहिले नेपालमा पहिलो पटक गुणस्तरीय सिमेन्ट उत्पादन गरी उद्योगले सिमेन्ट निर्यातको हब बनेर अगाडी बढेको भएपनि...