Monday, May 4News That Matters

समाचार

४४ जना नेपाली महिला कारदार चीनबाट फर्काइयो

४४ जना नेपाली महिला कारदार चीनबाट फर्काइयो

समाचार
साउन ११ गते । बैदेशीक रोजगारीमा चिन पुगेका ४४ जना नेपाली महिला कामदारलाई नेपाल फर्किएका छन् । चीनमा समस्यामा परेका ४४ जना नेपाली महिला कामदार स्वदेश फर्किएका हुन्् । ल्याओनिङ प्रान्तको दान्दोङ रिशिङ कारखानामा कार्यरत नेपाली महिलाहरुलाई नेपाल फर्काइको बेइजिङमा अवस्थित नेपाली दूताबासले जनाएको छ । नेपाल फर्किएका नेपाली महिला कामदार भोली काठमाण्डौँ आईपुग्ने छन् । नेपाली महिलाहरु श्रम स्वीकृती लिएर दान्दोङ रिशिङ कारखानामा काम गर्न गत मे महिनामा नेपालबाट आएको दूताबासले जनाएको छ । तर, जुन दोस्रो साता करार अनुसार पारिश्रमिक र सेवा सुविधा नपाएको गुनासो आएपछि दूताबासले उद्दार कार्य थालेको थियो । चीन सरकारसँगको सम्वयनमा म्यानपावर कम्पनीको खर्चले महिला कामदारहरुलाई स्वदेश फर्काइएको दूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...

२५ औं विश्व आदिवासी दिवश, कटारीमा धुमधामका साथ मनाईने

समाचार
कटारी, साउन ११ गते । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद कटारी उदयपुरले यस वर्ष पनि वृहत कार्यक्रमका साथ मनाउने भएको छ । महासंघको आज महासंघ हलमा बसेको भेलाले आगामी ९ अगष्ट तारिख २४ साउनका दिन कटारीमा विगतमा जस्तै धुमधामका साथ मनाउने निर्णय गरेको परिषदका अध्यक्ष केदार मगरले जानकारी दिनुभयो । त्यसैगरी यस वर्षको कार्यक्रममा नगर भित्रबाट एसईई परीक्षा उत्तीर्ण गर्न सामुदायिक विद्यालयबाट उत्कृष्ट श्रेणी ल्याएका प्रत्येक वडाका एक छात्र र एक छात्रालाई दिवशको अवसरमा सम्मान गरिने परिषदका सचिव पदम राईले जानकारी दिनुभयो । दिवशको अवसरमा कटारीमा विभिन्न जातजातिहरुको साँस्कृतिक झाँकी सहित नगर परिक्रमा गरी विविध कार्यक्रमका साथ दिवश मनाउने तयारी भईरहेको महासंघले जनाएको छ । लोकसेवा आयोगले निकालेको सुचनामा आरक्षण हटाईएको विरोधमा आन्दोलनरत आदिवासी जनजाति महासंघले दिवशसँगै विरोधका कार्यक्रमल...
ग्लोबल छनोटमा नेपालले कुवेतलाई हरायो

ग्लोबल छनोटमा नेपालले कुवेतलाई हरायो

खेलकुद, समाचार
साउन ११ गते । विश्वकपको ग्लोबल छनोटमा नेपालले कुवेतलाई हराउदै एक जित टाढा रहेको छ । टी–२० विश्वकप छनोटका एसियाका फाइनलमा नेपालले कुवेतलाई ७ विकेटले पछि पार्दै जित हात पारेको हो । आईतबारको खेलमा आयोजक टिम सिंगापुरलाई हराएपछि नेपाल एसिया फाइनलको शीर्ष स्थानमा पुग्नुका साथै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ । कुवेतले दिएको एक सय ४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो । पारस खड्काको कप्तानी खेलेमा खड्काले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाएका थिए । शरद भेषावकरले नटआउट ३८ रन जोडेका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिएको थियो भने करण केसीको नाममा एक विकेट रहृयो । कुवेतका कप्तान मोहम्मद शासिफले बलिङबाट तीन विकेट लिएका थिए । यो भन्दा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । मोहम्मद शासिफ...
८ सय ८० मेगावाटबाट २ सयमा झारिदै

८ सय ८० मेगावाटबाट २ सयमा झारिदै

आर्थिक, समाचार
साउन ११ गते । आयोजनाको सर्भेमा आठ सय ८० मेगावाट विद्युत उत्पादन गर्न सकिने तामाकोसी–३ जलविद्युत आयोजनाको क्षमता तेस्रो पटक घटाएर दुई सयमा झार्ने तयारी भएको छ । नर्वेको स्ट्याटक्राफ्ट कम्पनीको लगानीमा आयोजनाको काम सुरु गरीएको भए २ वर्ष पहिले नै दोलखामा विजुली उत्पादन हुन्थ्यो । एसएन पावरले गरेको योजनाको अध्ययनले आठ सय ८० मेगावाट क्षमताको विद्युत गृह निर्माण गर्न सकिने देखाएको थियो । २०१२ देखि निर्माण कार्य सुरु गरेर सन् २०१६ भित्र २ सय २० मेगावाट र अर्को एक बर्ष्भित्र पुरै विजुली उत्पादन गरिसक्ने योजना थियो । पछि फेरी नर्वेजियन कम्पनीले निर्माण सम्पन्न गराउन लगाउने भन्दै आयोजनालाई ६ सय ५० मेगावाटमा झार्न लगाईयो त्यसै अनुसार सर्भे पनि भएको थियो । तर बजार सुनिश्चित नभएको भन्दै आयोजना विकास सम्झौता गर्नेबेला  २०७२ पुसमा नर्बेली कम्पनी आयोजनाबाट हात निकालेका थिए । नर्वेली कम्पनी बाह...
बातानेस प्रान्तमा दुई पटक भुकम्प

बातानेस प्रान्तमा दुई पटक भुकम्प

समाचार, संसार
साउन ११ गते । फिलिपिन्सको बातानेस प्रान्तमा दुई पटक भुकम्प दाजा हजारौँ घाईते भएका छन् भने करिब आठ जनाको मृत्यु भएको छ । एकाविहानै आएको ५.४ र ५.९ म्याग्नेट्युडको भुकम्पले निन्द्रमै दर्जनौ मानिसको ज्यान लिएको थियो भने हजारौँ घाईते भएका हुन् । भूकम्प जाँदा मानिसहरू घरभित्रै रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । भूकम्प गएपछि आउन सक्ने सुनामीको भने चेतावनी जारी गरिएको छैन । विहानै भुकम्प गएकाले विहानी निन्द्रामा मानिसहरु भएकाले भाग्न नपाएको प्रहरी अधिकारीहरुले जनाएको छ । फिलिपन्सका रेडक्रसले सामाजिक सञ्जालमा राखेका फोटोहरुमा भुकम्पले भग्नावशेषमा परिणत गरेका घरहरु देखिन्छ ।...
जंगली च्याउ खाएर ४ जना विरामी

जंगली च्याउ खाएर ४ जना विरामी

समाचार
धनकुटा, साउन ११ गते ।  धनकुटाको गोठेगाउँमा जंगली च्याउ खाएर चार जना विरामी भएका छन् । चौविसे गाउँपालिका – ७ गोठेगाउँमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना विरामी भएका हुन् । चौगापा – ७ निबासी ६३ वर्षीय टेकबहादुर लिम्बु, ६२ वर्षीया अमृतकुमारी लिम्बु, ३३ वर्षीया लक्ष्मिमाया लिम्बु र ४४ वर्षीया सुकमाया लिम्बु जंगली च्याउ खाएर विरामी भएको प्रहरीले जनाएको छ । जंगलमा पलाएको च्याउ टिपेर ल्याई पकाएर खाएपछि विरामी परेको प्रहरीले जनाएको छ । विरामीहरुलाई स्थानिय स्वास्थ्य चौकी मौना बुधुकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
पौडी खेल्दा मृत्यु

पौडी खेल्दा मृत्यु

समाचार
पूर्णपुष्टि, श्रावण ११  गते । पाँचथरमा खोल्छामा पौडी खेल्ने हुँदा एक बालकको ज्यान भएको छ । जिल्लाको याङवरक गाउँपालिका १ र २ को सिमास्थल ठिङगेपुर खोल्छामा पौडि खेल्ने क्रममा बालकको ज्यान गएको हो । पाँचथकोर याङवरक गाउँपालिका १ का डम्वर मगरको ११ वर्षिय छोरा अर्बिन मगर पौडि खेल्ने हुँदा डुवेर ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । शुक्रबार साझ पौने ७ बजेको समयमा खोल्सामा डुबेको देखेपछी बहिनिले अभिभावकलाई खवर गरेकी थिईन् । उनलाई तत्काल पानीबाट निकाली उपचारको लागी जिल्ला अस्पताल फिदिम पाँचथर लगिए पनि डाक्टरले मृत घोषणा गरेको थियो ।...
बन्दुकसहित २ समातिए

बन्दुकसहित २ समातिए

समाचार
पूर्णपुष्टि, साउन ११ गते । मोरङको एक सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले समातेको छ ।  कानेपोखरी गाउँपालिका ७ स्थित जनजागृती सामुदायिक वनबाट समातेको हो । स्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधीहरुको संयुक्त टोलीले गस्तीको क्रममा शुक्रबार साँझ समातेको प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । समातिनेहरुमा कानेपोखरी गाउँपालिका ५ जहदाका २६ वर्षिय धनकेशर राई र उर्लाबारी नगरपालिका ४ का ४४ वर्षिय शम्भु गहतराज रहेका छन् । उनीहरुबाट बारुद भरिएको २ नाल भरुवा बन्दुक फेला परेको थियो । हतियार सहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय पथरीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
५० क्विन्टल खाद्यान्न लिम्चुङबुङ पुर्याएको हेलीले विरामीको पनि उद्धार

५० क्विन्टल खाद्यान्न लिम्चुङबुङ पुर्याएको हेलीले विरामीको पनि उद्धार

समाचार
उदयपुर, साउन १० गते । उदयपुरको कर्णाली भनेर चिनिने लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार ५० क्विन्टल खाद्यान्न हेलीबाट लगिएको छ । प्रदेश सरकारले  राहतस्वरुप उपलब्ध गराएको खाद्यान्न पालिका अध्यक्ष मेजरकुमार राईले हेलीबाट लगेका हुन् । दाल, नुन, तेलसहितको खाद्यान्न नेपाली सेनाको हेलीबाट विराटनगरदेखि लगिएको हो । हिजोदेखि दुर्गम पालिकाहरु ताप्ली र लिम्चुङबुङमा हेलीबाट खाद्यान्न लगिएको हो । भिषण वर्षातपछि सडक सञ्जाल सबै तहसनहस भएपछि खाद्यान्न संकटलाई सम्बोधन गर्न पालिकाको मागमा प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको हो । यसैबीच खाद्यान्न बोकी लगेको हेलीले एक विरामीको उद्धार पनि गरेको छ । लिम्चुङबुङ गाउँपालिका खाद्यान्न बोकी लगेको हेलिले सो पालिकाको वडा नं. २ की विरामी यसोदा राईको उद्धार गरेको हो । अध्यक्ष राई आफैले विरामीलाई काठमाडौं लिएर गएका छन् । सडक भत्किएकाले उपचार गराउन अस्पताल जान...
प्रदेश अध्यक्षद्वारा पूर्णपुष्टिको नयाँ कार्यालय र अनलाईन उद्घाटन

प्रदेश अध्यक्षद्वारा पूर्णपुष्टिको नयाँ कार्यालय र अनलाईन उद्घाटन

समाचार
उदयपुर, साउन १० गते । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन गाईघाटमा शुक्रबार गरेका छन् । एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गर्नुभयो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गरे । जिल्ला समन्वय समितिका उपप्रमुख गंगा राईको विशेष आतिथ्यमा भएको कार्यक्रममा पूर्णपुष्टि मिडियाले खबर तथा सूचना, सन्देश प्रवाह गरेर समाजका लागि गरेको योगदानको चर्चा गरिएको थियो । १४ वर्षे यात्रामा रहेको पूर्णपुष्टिले कार्यालय व्यवस्थित पार्नुका साथै संस्थागत विकासमा जोड दिएकोले आगामी दिनमा अझ बढि समाजमा योगदान दिनसक्ने भन्दै साथ, सहयोग दिने प्रतिबद्धता वक्ताहरुले राखेका थ...