नागरिकता, परिचय पत्र लगायतको सुविद्या पालिकाबाटै दिन सरकारलाई कम्युनिष्ट पार्टीको आग्रह
पूर्णपुष्टि, २१ पौष ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरले पालिकामा थप सेवा सुविधा थप्न सरकारलाई आह्वान गरेको छ । केहि सुविधाहरु पालिकाबाटै पाएको भएतापनि नागरिकता, परिचय पत्र र जग्गा किनबेच जस्ता काममा भने सदरमुकामनै धाउनु पर्ने अवस्था रहेको हुँदा यी सुविधा पनि पालिकाबाटै दिनु पर्ने पार्टीको माग छ ।
यदि यस्तो भएमा मात्रै जनताले सरकारको सुविधालाई प्रत्यक्ष महशुस गर्न सक्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई पत्र पठाएको छ । उदयपुरको जिल्ला प्रशासन कार्यालयका सिडियो मार्फत प्रधानमन्त्री दाहाललाई पत्र पठाएको हो । उदयपुर जिल्ला पार्टी इन्चार्ज अमृत सी र पार्टी सेक्रेटरी अनिता सी हस्ताक्षर पत्र शुक्रबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत सरकार समक्ष पठाईएको हो । हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ की जनतालाई नागरिकता, जग्गा किनबेच, परिचय पत्र जस्ता कामहरु आगामी बर्ष देखी पालि...









